• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    नेकपाले किन गर्यो भोलि १५ जिल्ला बन्द आव्हान, कुन-कुन जिल्ला हुँदैछन बन्द ? विज्ञप्तिसहित

    63.2K
    SHARES

    काठमाडौं । सरकारले एकातिर वार्ताको हल्ला फिजाएर अर्को तिर आफ्ना नेता कार्यकर्ता गिरफ्तार गर्ने र ब्यापक धरपकड गर्न कार्य गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टीले बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै पार्टी उपत्यका व्युरो इन्चार्ज तथा जनसास्कृतिक मोर्चाका केन्द्रिय अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई सरकारले गिरफ्तार गरेकोप्रति निन्दा र घोर भत्र्सना गरी तुरुन्त रिहाइको माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । संघर्षका कार्यक्रम अनुसार साउन १५ गते बुधबार बागमती, नारायणी अन्चलका सबै र जनकपुर (रामेछाप र दोलखा) जिल्ला बन्द घोषणा गरेका हुन् । जसअन्तर्गत बुधबार रामेछाप र दोलखासहित काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन र मकवानपुर बन्द हुनेछन् ।

    प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभीचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ । यसले आफ्नै काठमाडौं अदालत समक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो । ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’

    पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपले नाङ्गिएको र संकटमा परेको विज्ञप्तिमा उल्लेख छ । त्यही संकटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको र सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही नभएको विज्ञप्तिमा उल्लेख छ । । त्यसकारण दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित संघर्षका कार्यक्रम घोषणा गरिएको बताइएको छ ।

    ‘२०६२/०६३ सालमा भएको शान्ति वार्ताको नाममा प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसदवादीहरुको यथास्थितिवादी चिन्तन र विदेशी शक्ति केन्द्रको हस्तक्षेपमा देश र जनतामाथि प्रतिक्रान्ति लादियो । त्यसको विरुद्ध हाम्रो पार्टीले लगातार संघर्ष गर्दै आएको छ । देश राजनीतिक संकटतिर झन्झन् फस्दै गएको छ । हाम्रो पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपले नाङ्गिएको र संकटमा परेको छ । त्यही संकटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको छ । सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही छैन । त्यसकारण दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछ ।’ प्रकाण्डले बिज्ञप्तिमा भनेका छन् ।

    बन्दको पूर्वसन्ध्यामा आज मंगलबार नेकपाले १५ वटै जिल्लामा मसाल जुलुस आयोजना गर्दैछ । यसअघि सोमबार देशभर जनप्रतिरोध र जनकारवाही, आइतबार कोणसभा र ११ गते शनिबार प्रचारप्रसार गरेको थियो ।

    प्रतिक्रिया