• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सागरनाथ बन परियोजनाको मुख्य कार्यालयमा शक्तिशाली विष्फोट, केछ क्षतिको अवस्था ?

    7.9K
    SHARES

    लालबन्दी ।सर्लाहीको ईश्वरपुर नपा ४ स्थित सागरनाथ वन विकास परियोजनाको मुख्य कार्यालयमा शक्तिशाली बम विष्फोट भएको छ । शनिबार राति भएको उक्त विष्फोटबाट परियोजनामा क्षति पुगेको बताइएको छ । विष्फोट कसले गरायो भन्ने अहिलेसम्म पुष्टी भएको छैन । तर विष्फोट स्थलमा पर्चा भेटिएको छ । पर्चामा सागरनाथ वन विकास परियोजनामाथि कारबाही किन ? शिर्षकमा सुकुम्बासीहरुको वैकल्पिक व्यवस्था बिना उनीहरुले लगाएको खेतिपातीमाथि डोजर लगाउने काम गरेको, सुकुम्बासीहरुलाई बिनाकारण झुट्टा मुद्दा लगाएर फसाउने र जेल चलान गर्ने काम गरेको, आगामी दिनमा थप सुकुम्बासीहरुलाई उठाउने योजना बनाएकोले कारवाही गरिएको उल्लेख छ ।

    त्यस्तै स्थानीय दलालहरुसँग मिलेर सुकुम्बासीहरुलाई उठाउने योजना बनाएको, सागरनाथ बन परियोजना अन्तर्गतका खयरलगाएतका काठहरु कौडिको मुल्यमा बेचेको, थोरै काठ बेचेर बाँकी काठ चोरी, निकासी र पैठारी गरेको र ठेकेदारहरुलाई अवैध ढंगले चलखेल गरेको भन्दै चेतावनीस्वरूप कारवाही गरिएको बताइएको छ ।  राति एक्कासी ठूलो आवाजमा बम बिष्फोट भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको छ ।बम बिष्फोट भएको स्थलमा प्रेसर कुकरका टुक्राहरु भेटिएको र परियोजनाको कार्यालयको झ्यालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।विस्फोटको जिम्मा यो समाचार तयार पार्दासम्म कसैले पनि लिएको छैन । यस्तै गए राति नै सुकुम्बासीहरुले सर्लाही हरिवन नपा ६ घुर्कौली स्थित सागरनाथ वन विकास परियोजनाको कुरुवा घर (टावर) माथि आगजनी भएको स्थानीयले बताएका छन् । घटनामा केकति क्षति भन्नेबारेमा एकिन विवरण भने आउन बाकि छ ।

     

    प्रतिक्रिया