• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पार्टी र समर्थक, शुभचिन्तक बिरुद्ध सुराकी नगर्न नेकपाको कडा चेतावनी, विज्ञप्तिसहित

    8.2K
    SHARES


    बझाङ । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी र पार्टीका समर्थक, शुभचिन्तकहरु बिरुद्ध सुराकी नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ । नेकपा बझाङले आफ्ना नेता–कार्यकर्ता, शुभचिन्तक र समर्थकविरुद्ध सुराकी गर्ने कार्य तत्काल नरोके कडा जनकारवाही गर्ने जनाएको छ । पछिल्लो समय देशभर जस्तै बझाङ जिल्लामा पनि सुराकमार्फत प्रहरी–प्रशासनले विना कारण धरपकड झुटा मुद्दा लागाउने कार्यलाई तिब्रता दिएकोप्रति आक्रोशित नेकपा बझाङले शनिबार एक विज्ञप्तिमार्फत राजनीतिक नेता कार्यकर्तालाई पनि अपराधीलाई जस्तै दुःख दुने कार्य बन्द गर्न चेतावनी दिएको छ ।

    जिल्ला इन्चार्ज बिराट र सेक्रेटरी हरिलालको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘समर्थक र स्थानीय जनताका घरमा खानतलासी गर्ने, प्रहरी अप्रेसन सञ्चालन गरी सर्वसाधारण जनतालाई आतंकित पार्ने, नेकपा विरुद्ध गलत प्रचार गर्ने र पार्टीमा संलग्न नभएका जनताहरुलाई प्रशासनसम्म पुर्याई आत्मसमर्पण गराउने गरेकोप्रति नेकपा बझाङले खेद प्रकट गर्दछ ।’ साथै भ्रष्ट जनप्रतिनिधिले उक्त हर्कत दोर्होयाउने प्रयास गरे जिल्ला समितिले जुनसुकै वेला पनि जनकारबाही गर्नेसमेत चेतावनी दिएको छ ।

    यस्तै उता नेपाल कम्युनिष्ट पार्टीले कास्कीका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिलाई कारबाही गर्ने गर्ने चेतावनी दिएको छ । उनीहरुको मिलोमतोमा तिव्वतियन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको समाचार बाहिएपछि नेकपाले त्यस्तो चेतावनी दिएको हो । त्यसरी तिव्वती नागरिकलाई नेपाली नागरिकता बनाउने कार्यमा संलग्न जिल्ला प्रसाशन कार्यालयका कर्मचारीहरुलाई तत्काल कारबाही नगरे प्रमुख जिल्ला अधिकारी र लेखनाथ पोखरा महानगरपालिका १८ का वडा अध्यक्ष राना बहादुर थापालाई कडा कारवाही गर्ने नेकपाले चेतावनी दिएको छ । जिल्ला प्रसाशन कार्यालय कास्की र वडा नम्बर १८ का अध्यक्षको मिलोमतोमा २ जना तिव्वती नागरिकलाई नेपाली नाममा नागरिकता बनाइएको घटना बाहिर आएको थियो ।

    सरु थापा मगर, ४६०१०७६-२०३९ र टासी आङ्गवो थापा मगर ४६०१०७६-०१६३३ नागरिकता नम्बर भएका व्यक्तिलाई गत जेठ १६ र असार ६ गते नागरिकता बनाइदिएको घटना बाहिरिएपछि नेकपा आक्रोशित भएको हो । उनीहरु दुवै जनालाई पोखरा लेखनाथ महानगरका लेख बहादुर थापालाई बाबु बनाएर नागरिकता बनाइदिएका थिए । यसरी बिदेशी नागरिकलाई गैरकानुनी तरिकाले नेपाली नागरिकता दिलाउने कर्मचारी र जनप्रतिनिधिलाई तत्काल कारवाही गर्नुको साटो झन् जोगाउने योजनामा जिल्ला प्रसाशन कार्यालय लागि परेको भन्दै नेकपाले आफुहरुले कारबाही गर्नुपर्ने परिस्थिति आउनसक्ने बताउदै एक प्रेस बिज्ञप्ति जारी गरेको छ ।

    नेकपा कास्कीका सेक्रेटरी इमामले एक प्रेस बिज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यमले घटनाको पुष्टी गर्दै समाचार प्रकशित गरिसकेको अबस्थामा पनि संलग्न कर्मचारीहरुलाई कारबाही नगरेर देशद्रोही र राष्ट्रघटी काम गर्ने काम गरेको बताउदै नेकपाले आफुहरु जुनसुकै तहको कारबाही गर्न बाध्य हुने बताएको छ ।

    त्यस्तै उक्त पार्टीले कैलालीमा जनतालाई ठग्दै आएका एक ब्यापारीको घरसम्पत्ति कब्जा गरेको छ । कैलालीको टीकापुर नगरपालिका १ बजार क्षेत्रमै रहेको एक व्यापारीको घरमा नेकपाको थारुवान् स्वायत्त प्रदेशले आफ्नो झन्डा गाडेर कब्जामा लिएको हो। थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घरलगायत सम्पत्ति कब्जामा लिएको जनाएको छ। जनपरिषद् प्रमुख विमर्शले सार्वजनिक गरेको विज्ञप्तिमा टीकापुरमा अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न संलग्न रहेको, सामान्य जनताले दही, दुध, घिउ, गाईं, भैंसी बेचेको पैसा लिएर ठगेको आरोप लगाइएको छ।

    कडायतले राज्यलाई कर छली गरेको र पैसा दिएवापत् ठूलो ब्याज दिने भन्दै प्रलोभनमा पारेर करोडौं रुपैयाँ खाएर भागेकाले कडायतको घर र सम्पत्ति कब्जामा लिएको उल्लेख छ। विज्ञप्तिमा सबै जनताको रकम फिर्ता नगरेसम्म कडायतको घर र सम्पत्ति कब्जामा लिइने उल्लेख छ। कडायत टीकापुरमा सञ्चालित रेखा ब्युटीपार्लरकी सञ्चालक हुन्। उनलाई ढुकुटी र मिटर ब्याजको नाममा करोडौं ठगी गरेर फरार रहेको आरोप लाग्दै आएको छ। उनी एक वर्ष यता टीकापुरभन्दा बाहिर रहेको स्थानीय बताउँछन्।

     

    प्रतिक्रिया