• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    सिंगापुरसँगको ठुलो हारेपछि पारस र सन्दीपले दिए यस्तो अनौठो प्रतिक्रिया

    12.4K
    SHARES

    काठमाडौं । सिंगापुरसँग फराकिलो हारसँगै टी-२० विश्वकप खेल्ने सपना बीचमा नै टुटेपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भनेका छन्, ‘आज हाम्रो दिन थिएन ।’ टी-२० विश्वकपको एसिया फाइनलमा नेपाल सिंगापुरसँग ८२ रनले हारेको छ । खेलपछि कप्तान पारसले सिंगापुरले राम्रो ब्याटिङ गरेको बताए । यद्यपि टी-२० विश्वकप वा ग्लोबल छनोट खेल्ने सपना खेख्ने टिमले १९२ रनको लक्ष्य भेट्टाउनुपर्ने भन्दै उनले भने, ‘हामीले राम्रो खेलेनौं । उनीहरुले राम्रो गरे ।’ उनले अघि भने, ‘आज हाम्रो दिन थिएन ।’ सिंगापुरलाई के सुझाव दिनुहुन्छ भन्ने प्रश्नमा उनले एशोसिएट टिमका लागि एक दिन निराशा र अर्को दिन खुसी आउने भन्दै निरन्तरता राम्रो क्रिकेट खेल्नुपर्ने बताए । त्यस्तै ग्लोबल छनोटमा पुग्न असफल भएपछि स्पीनर सन्दीप लामिछानले निराशा व्यक्त गरेका छन् । एसिया फाइनलको अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपाल अघिल्लो चरणमा पुग्न सकेन । खेलपछि संक्षिप्त प्रतिक्रिया दिएका सन्दीपले रिजल्ट निकै निराशाजनक भएको बताए । सिंगापुरले निकै राम्रो क्रिकेट खेलेको भन्दै उनले भने, ‘बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा हामीले भेट्टाउन सकेनौं ।’

    नेपालको कमजोर ब्याटिंग, तासको पत्ता झैँ ढल्यो नेपालीको इनिंग
    लक्ष्य पछ्याउने क्रममा नेपालले आक्रामक सुरुवात गर्यो। तर चौथो ओभरमा पारस खड्का १२ रन बनाएर आउट भए पछि भने नेपालले लगातार विकेट गुमाउन पुग्यो। पारसले १० बलमा १ चौका र १ छक्का प्रहार गरे। त्यसपछि ज्ञानेन्द्र मल्ल २१ बलमा ४ चौका र ३ छक्का मदतले सातौँ ओभरमा ३९ रन बनाएर आउट भए। त्यसपछि शरद ७, रोहित पौडेल, ५, बिनोद भण्डारी ९ तथा करन केसी खाता नखोली आउट भए। त्यसपछि सोमपाल कामि र दिपेन्द्र ऐरीले साझेदारी बनाउने संकेत देखाए पनि सोमपाल १३ औं ओभरमा १० रन बनाएर रन आउट हुन पुगे। लगत्तै सन्दिप पनि खाता नखोल्दै आउट भए। एक किनार सम्हालीरहेका दिपेन्द्र ऐरी २२ बलमा १ चौका र १ छक्का बनाएर नवौं विकेटको रुपमा १५ औं ओभरमा आउट भए। सोहि ओभरमा अविनाश बोहरा पनि खाता नखोली आउट हुँदा नेपाल अल-आउट हुन् पुग्यो। सिंगापुर बलर भिजयकुमारले सर्वाधिक ४ विकेट लिए। यस्तै बस्करनले २ तथा जनक प्रकास, अमजद महबुब र ए कृष्णले १/१ विकेट लिए।

    त्यस्तै खेलमा टस जितेर सिंगापुरले पहिले ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९१ रनको योगफल तयार गर्दै नेपाललाई १९२ रनको लक्ष्य दिएको छ। टि-२० अन्तर्राष्ट्रियमा कुनै पनि टिमले नेपाल बिरुद्ध बनाएको यो सबैभन्दा ठुलो योगफल हो। यस अघि नेदरल्याण्डले गत वर्ष १७४ रन बनाएको थियो। त्यो खेल वर्षाले पुरा हुन पाएको थिएन जुन क्रममा १६.४ ओभरमा नेदरल्याण्डले उक्त योगफल तयार गरेको थियो। ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई दोश्रो ओभरमा करन केसीले आउट गरेपछि दोश्रो विकेटको लागि सिंगापुर ब्याट्सम्यान रोहन रंगराजन र टिम डेभिडले दोश्रो विकेटको लागि ८९ रनको ठुलो साझेदारी गरे। ११ औं ओभरमा अविनाश बोहराले रंगराजनलाई क्क्याच आउट गर्दै दोश्रो विकेट दिलाए। उनले ४९ रन बनाउन ३३ बलमा ४ छक्का र ३ चौका प्रहार गरे। त्यस पछि पनि डेभिडले एक किनार सम्हालीरहे जसलाई मनप्रित सिंहले साथ दिए। दुवैले तेश्रो विकेटको लागि ६६ रनको साझेदारी गरे।

    अविनाश बोहराले ७७ रन बनाएका डेभिडलाई अठारौं ओभरमा क्याच आउट गर्दै नेपाललाई राहत दिलाए। उनले ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। त्यसै ओभरमा बोहराले खाता नखोल्दै चेतन सूर्यवंशीलिई पनि आफ्नै बलमा आफैले क्याच आउट गरे। त्यस पछि ४२ रन बनाएका मनप्रितलाई करन केसीले क्याच आउट गरे। २७ बलमा उनले ३ चौका र २ छक्का प्रहार गरे। इनिंगको अन्तिम ओभरमा अविनाश बोहराले मात्र ६ रन खर्चेर १ विकेट लिए। नेपालको बलिंगमा अविनाश बोहराले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३५ रन खर्चिए। नेपालको लागि टि-२० अन्तर्राष्ट्रियमा यो दोश्रो उत्कृस्ट बलिंग फिगर हो। बसन्त रेग्मीले टि-२० विश्वकप २०१४ मा हंगकंग बिरुद्ध ४ विकेट लिंदा ४ ओभरमा १६ रन मात्र खर्चिएका थिए जुन उत्कृस्ट बलिंग फिगर हो।

    प्रतिक्रिया