• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    माइला लामाको गिरफ्तारी बिरुद्ध नेकपाद्वारा बुधबार बन्द घोषणा, प्रकाण्डले निकाले यस्तो कडा विज्ञप्ति

    15.5K
    SHARES


    काठमाडौं । सरकारले एकातिर वार्ताको हल्ला फिजाएर अर्को तिर आफ्ना नेता कार्यकर्ता गिरफ्तार गर्ने र ब्यापक धरपकड गर्न कार्य गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टीले बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै पार्टी उपत्यका व्युरो इन्चार्ज तथा जनसास्कृतिक मोर्चाका केन्द्रिय अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई सरकारले गिरफ्तार गरेकोप्रति निन्दा र घोर भत्र्सना गरी तुरुन्त रिहाइको माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

    संघर्षका कार्यक्रम अनुसार साउन १५ गते बागमती, नारायणी, जनकपुर, रामेछाप र दोलखा जिल्ला बन्द घोषणा गरेका छन् । प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभीचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ । यसले आफ्नै काठमाडौं अदालत समक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो । ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’

    ‘२०६२/०६३ सालमा भएको शान्ति वार्ताको नाममा प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसदवादीहरुको यथास्थितिवादी चिन्तन र विदेशी शक्ति केन्द्रको हस्तक्षेपमा देश र जनतामाथि प्रतिक्रान्ति लादियो । त्यसको विरुद्ध हाम्रो पार्टीले लगातार संघर्ष गर्दै आएको छ । देश राजनीतिक संकटतिर झन्झन् फस्दै गएको छ । हाम्रो पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपले नाङ्गिएको र संकटमा परेको छ । त्यही संकटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको छ । सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही छैन । त्यसकारण दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछ ।’ प्रकाण्डले बिज्ञप्तिमा भनेका छन् ।

    यस्तै पार्टीका प्रबक्ता प्रकाण्डले नेता कार्यकर्ता गिरफ्तारीका बिरुद्ध बन्दसहिताका संघर्षका कार्यक्रम घोषणा गरेकै दिन प्रहरीले नेकपा कास्कीका सेक्रेटरी लोकेन्द्र बिकलाई पनि गिरफ्तार गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दिसो साढे ३ तिर पोखराको मालेपाटनवाट गिरफ्तार गरेको जनाइएको छ । पार्टी कामको शिलशिलामा रहेका सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको मालेपाटन वाट गिरफ्तार गरेर अबस्था अज्ञात राखेको नेकपा कास्कीले जनाएको छ । यस अघि तनहुँ जिल्लाको सेक्रेटरी रहेका सुजन कास्कीका सेक्रेटरी आक्रोश गिरफ्तार परेपछि भर्खरै मात्र सरुवा भएर कास्की आएका थिए ।

    यसअघिका सेक्रेटरी आक्रोशसंगै प्रहरी अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । शुक्रबार मात्रै पनि नेकपानिकट युवा सङ्गठनका २ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ। युवा संगठन जाजरकोटका अध्यक्ष खड्क बहादुर सिंह र सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको उक्त पार्टीले जनाएको छ । दुवै जनालाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको बुझिएको छ ।

    यस्तै उता नेकपाका धनकुटा-मोरङ सेक्रेटरी दिपक राईलाई प्रहरीले गिरफ्तार गरेको छ । मोरङको केराबारी गाउँपालिका-३ घर भएका राईलाई बिहीबार बिहान गिरफ्तार गरिएको मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । केराबारीकै एउटा घरमाबसीरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको उपरीक्षक अधिकारीले जानकारी दिए ।

     

    प्रतिक्रिया