• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विशेष

    कास्कीका सिडियो र जनप्रतिनिधिलाई कारवाही गर्ने नेकपाको चेतावनी, कारण विज्ञप्तिसहित हेर्नुहोस

    15.8K
    SHARES

    कास्की । नेपाल कम्युनिष्ट पार्टीले कास्कीका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिलाई कारबाही गर्ने गर्ने चेतावनी दिएको छ । उनीहरुको मिलोमतोमा तिव्वतियन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको समाचार बाहिएपछि नेकपाले त्यस्तो चेतावनी दिएको हो । त्यसरी तिव्वती नागरिकलाई नेपाली नागरिकता बनाउने कार्यमा संलग्न जिल्ला प्रसाशन कार्यालयका कर्मचारीहरुलाई तत्काल कारबाही नगरे प्रमुख जिल्ला अधिकारी र लेखनाथ पोखरा महानगरपालिका १८ का वडा अध्यक्ष राना बहादुर थापालाई कडा कारवाही गर्ने नेकपाले चेतावनी दिएको छ । जिल्ला प्रसाशन कार्यालय कास्की र वडा नम्बर १८ का अध्यक्षको मिलोमतोमा २ जना तिव्वती नागरिकलाई नेपाली नाममा नागरिकता बनाइएको घटना बाहिर आएको थियो ।

    सरु थापा मगर, ४६०१०७६-२०३९ र टासी आङ्गवो थापा मगर ४६०१०७६-०१६३३ नागरिकता नम्बर भएका व्यक्तिलाई गत जेठ १६ र असार ६ गते नागरिकता बनाइदिएको घटना बाहिरिएपछि नेकपा आक्रोशित भएको हो । उनीहरु दुवै जनालाई पोखरा लेखनाथ महानगरका लेख बहादुर थापालाई बाबु बनाएर नागरिकता बनाइदिएका थिए । यसरी बिदेशी नागरिकलाई गैरकानुनी तरिकाले नेपाली नागरिकता दिलाउने कर्मचारी र जनप्रतिनिधिलाई तत्काल कारवाही गर्नुको साटो झन् जोगाउने योजनामा जिल्ला प्रसाशन कार्यालय लागि परेको भन्दै नेकपाले आफुहरुले कारबाही गर्नुपर्ने परिस्थिति आउनसक्ने बताउदै एक प्रेस बिज्ञप्ति जारी गरेको छ ।

    नेकपा कास्कीका सेक्रेटरी इमामले एक प्रेस बिज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यमले घटनाको पुष्टी गर्दै समाचार प्रकशित गरिसकेको अबस्थामा पनि संलग्न कर्मचारीहरुलाई कारबाही नगरेर देशद्रोही र राष्ट्रघटी काम गर्ने काम गरेको बताउदै नेकपाले आफुहरु जुनसुकै तहको कारबाही गर्न बाध्य हुने बताएको छ । यसैबीच सरकारले नेकपामाथिको धरपकड व्यापक बनाएको छ । शुक्रबार मात्रै पनि नेकपानिकट युवा सङ्गठनका २ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

    युवा संगठन जाजरकोटका अध्यक्ष खड्क बहादुर सिंह र सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको उक्त पार्टीले जनाएको छ ।  दुवै जनालाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि २ जना कार्यकर्ता गिरफ्तार गरेको पुष्टि गरेको छ। सांगठनिक कामको सिलसिलामा वीरेन्द्रनगरमा रहेक ३२ वर्षीय जिल्लाअध्यक्ष सिंहलाई गोप्य सूचनाको आधारमा पिपिराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। यस्तै नेकपाका सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई पनि प्रहरीले गिरफ्तार गएको छ । उनलाई सुर्खेतको लेकवेशीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। लेकवेशी–५ नेटा निवासी शाहीलाई घरबाट दशरथपूर जाने क्रममा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन्।

    यस्तै नेकपाका धनकुटा-मोरङ सेक्रेटरी ४५ वर्षीय दिपक राईलाई प्रहरीले गिरफ्तार गरेको छ । मोरङको केराबारी गाउँपालिका-३ घर भएका राईलाई बिहीबार बिहान गिरफ्तार गरिएको मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । केराबारीकै एउटा घरमाबसीरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको उपरीक्षक अधिकारीले जानकारी दिए ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ