• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेकपा नेता विश्वलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

    2.7K
    SHARES

    काठमाडाैं । सरकारले एकातिर नेकपाका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने अभियान नै चलाएको छ भने अर्को तिर अदालतले नेता कार्यकर्तालाई सफाय दिंदै रिहा गर्न आदेश जारी गर्ने गरेको छ ।

    त्यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका राप्ती व्युरो सदस्य लालबहादुर ओली ‘विश्व’लाई सर्वोच्च अदालतले रोल्पा जिल्ला अदालतका जिल्ला न्यायाधीशको रोहवरमा तत्काल रिहा गर्न आदेश दिएको छ । उनको पक्षमा परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै प्रहरीले लगाएको आरोप पुष्टि नभएकोले शुक्रबार रिहा गर्न आदेश दिएको हो ।

    रिट निवेदनमाथि शुक्रबार भएको बहसमा न्यायधिस इश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले लालबहादुर ओली राजनीतिक कार्यकर्ता भएको कारण अपराधिक कार्यमा संलग्न नरहेको ठहर गर्दै रिहा गर्न आदेश दिएको हो । उनलाई राजनीतिक आस्थाकै आधारमा पूर्वाग्रह राखी गैर कानुनी तवरले थुनामा राखेको भन्दै सर्बोच्चले थुनामुक्त गर्न आदेश दिएको छ ।

    गत बैशाख ६ गते पार्टी कामका खटिरहेका बेला तुलसीपुर उप–महानगरपालिका–३ स्थित राम्रीबाट गिरफ्तार ४८ वर्षीय लालबहादुरलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित लालबहादुर पुत्र विनोद ओलीले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए । सर्वोच्च अदालतमा शुक्रबार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि निवेदकका पक्षमा अधिवक्ता कान्तिराम ढुंगानाले बहस गरेका थिए ।

    यस्तै मंगलवार नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’लाई मंगलबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि मंगलबार भएको बहसपछि सर्वोच्च अदालतले नेता कार्कीलाई रिहा गर्न आदेश दिएको थियो । तर अदालतले रिहा गरे लगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ ।

    न्यायधिसद्धय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नेता कार्कीलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको देखिएको भन्दै रिहा गर्न आदेश दिएको हो ।

    यसअघि सुनसरी जिल्ला अदालतको आदेशमा रिहा भएका कार्कीलाई अदालत परिसरबाटै प्रहरीले पुन गिरफ्तार गरेपछि उनकी पत्नी मोहनमायाँ कार्कीले रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिट निवेदनमाथिको बहस पैरवी पछि मंगलबार सर्वोच्च अदालतले चैत १ बाट नै निरन्तर प्रहरी हिरासतमा रहेका नेता कार्कीलाई पटकपटक बन्दीप्रत्यक्षीकरणको आदेश जारी भइसकेको अवस्थामा समेत पुनः पक्राउ गर्नु र हिरासतमा राख्नु गैरकानुनी रहेको जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ