• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    सुदूरपश्चिममा भयानक दुर्घटना, २ सय २३ जनाको मृत्यु, ४ सय ३४ घाइते

    25.6K
    SHARES

    कैलाली ।  सुदूरपश्चिम प्रदेशमा वर्षेनी ठूलाठूला सवारी दुर्घटना हुने गरेका छन् । साँघुरा सडक, सवारी चालकको लापवाहीका कारणले वर्षेनी सयौँको सङ्ख्यामा सवारी दुर्घटना हुने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा सुदूरपश्चिममा सबैभन्दा बढी सवारी दुर्घटना भएको सो कार्यालयको तत्थ्याङ्कमा उल्लेख गरिएको छ । ट्राफिकका निमित्त प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउदका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिममा साना ठूला गरी कूल २३४ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी २२३ ले ज्यान गुमाएका छन् भने ४३४ घाइते भएका छन् ।

    उनका अनुसार सुदूरपश्चिमका नौ जिल्लामध्ये डडेल्धुरामा ३५, अछाममा १३, कञ्चनपुरमा ४५, बैतडीमा १०, दार्चुलामा १५, बझाङमा २४, बाजुरामा ६ र डोटीमा ९ जनाको दुर्घटनामा ज्यान गएको हो । ज्यान गुमाउनेमा पुरुष १५६, महिला ४४ र बालबालिका २३ छन् । ट्राफिकका अनुसार दुर्घटनामा सबै भन्दा बढी मोटरसाइकल चालक छन् । सवारी साधनको चाप बढ्दै जानु, यात्रु र चालक दुवैको लापरवाही र सडकको अवस्थाका कारण वर्षेनी सवारी दुर्घटना बढ्दै गएको निरीक्षक साउदले बताए । देशभर सवारीसाधन खरिदबिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनामा दुई हजार ७८९ जनाको मृत्यु भएको छ । सो अवधिमा १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा परेका थिए ।

    दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए । प्रहरी प्रवक्ता एवम प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । आव २०७४/७५ मा नौ हजार ९८९ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३१८ जनाको मृत्यु भएको थियो । आव २०७३/७४ मा भने आव २०७४/७५ को भन्दा बढी व्यक्तिको सवारी दुर्घटना परी मृत्यु भएको थियो ।

    आव २०७३/७४ मा १० हजार १७८ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३८४ जनाको ज्यान गएको थियो । चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहरुङगो सामानका कारण बढी दुर्घटना हुने गरेको पोखरेलको भनाइ छ । प्रहरी प्रधान कार्यालयका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, ट्र्याक्टर र टेम्पो बढी दुर्घटना हुने गरेको छ ।

    उपत्यकामा दुर्घटना बढ्यो
    काठमाडौँ उपत्यकामा पनि सवारीसाधन दुर्घटनाको सङ्ख्या वर्षेनी बढेर गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढेको छ । आव २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १९४ जनाको मृत्यु भएकामा आव २०७५/७६ मा उक्त सङ्ख्या बढेर २५४ पुगेको छ । आव २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १८२ जनाको ज्यान गएको थियो ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त फराकिलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारीसाधन दुर्घटनामा वृद्धि भएको बताए। ‘चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको हो’, उनले भने । महाशाखाले उपत्यकाको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर राख्नेलगायत काम गर्दै आएको छ ।

    किन हुन्छ दुर्घटना ?
    लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गर्नुभएका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताए । उनले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको बताए। श्रेष्ठ तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउन सक्ने बताउँछन् ।

    नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सडक सुरक्षित भएमात्र सवारीसाधन दुर्घटनामा कमी आउने भएकाले सडक सुरक्षित गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । ‘सडक दुर्घटनालाई कम गर्न गृहमन्त्रालयले सात प्रदेशको १४ स्थानमा चालक तथा यात्रुका लागि आरामस्थल निर्माण गरिरहेको छ’, उनले भने । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सानाठूला सवारीसाधन सञ्चालनमा छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ