• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपानिकट युवा सङ्गठनका जाजरकोट अध्यक्ष सिंह गिरफ्तार

    2.5K
    SHARES

    राजु श्रेष्ठ, काठमाडौं ११ साउन। सरकारले नेकपामाथिको धरपकड व्यापक बनाएको छ । शुक्रबार मात्रै पनि नेकपानिकट युवा सङ्गठनका २ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । युवा संगठन जाजरकोटका अध्यक्ष खड्क बहादुर सिंह र सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको उक्त पार्टीले जनाएको छ ।  दुवै जनालाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि २ जना कार्यकर्ता गिरफ्तार गरेको पुष्टि गरेको छ। सांगठनिक कामको सिलसिलामा वीरेन्द्रनगरमा रहेक ३२ वर्षीय जिल्लाअध्यक्ष सिंहलाई गोप्य सूचनाको आधारमा पिपिराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। यस्तै नेकपाका सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई पनि प्रहरीले गिरफ्तार गएको छ । उनलाई सुर्खेतको लेकवेशीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। लेकवेशी–५ नेटा निवासी शाहीलाई घरबाट दशरथपूर जाने क्रममा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन्।

    यस्तै नेकपाका धनकुटा-मोरङ सेक्रेटरी ४५ वर्षीय दिपक राईलाई प्रहरीले गिरफ्तार गरेको छ । मोरङको केराबारी गाउँपालिका-३ घर भएका राईलाई बिहीबार बिहान गिरफ्तार गरिएको मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । केराबारीकै एउटा घरमाबसीरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको उपरीक्षक अधिकारीले जानकारी दिए ।

    यता नेपाल कम्युनिस्ट पार्टीले ‘संगठन सुदृढीकरण तथा बिस्तार अभियान’ सरकारको दमन तथा धरपकडका बाबजुत बैठक, छलफल, भित्तेलेखन, जनश्रमदान, शहर तथा गाउँगाउँमा भेला तथा प्रशिक्षण लगायत नेता तथा कार्यकर्ताहरु अभियानमा होमिएका छन् । प्रहरी प्रशासनले नेकपाका नेता कार्यकर्ताको खोजी र गिरफ्तारी बढाइरहेका बेला उनीहरु भने अभियान लिएर नागरिकको घरदैलोमा पुगेका छन् । केहिदिन अघिमात्र काठमाडौंको काँडाघारीबाट नेकपाका केन्द्रीय नेता तथा जनप्रिय कलाकार माइला लामालाई प्रहरीले गिरफ्तार गरी जेल चलान गरिसकेको छ । देशभरबाट नेकपाका नेता कार्यकर्ता पक्राउ गर्ने क्रम जारी छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ