• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्डले अमेरिकालाई दिए यस्तो दनक, नेकपामा लफडा सुरु

    14.1K
    SHARES

    काठमाडौं । पूर्वप्रधामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले फेरी अमेरिकाको विरोध गरेका छन् । अमेरिकाले क्युबा माथि लगाएको प्रतिबन्धको विषयलाई लिएर उनले विरोध जनाएका हुन् । शुक्रबारदेखि आयोजना भएको, नवौँ एशिया प्यासिफिक रिजनल कन्फरेन्स अफ सोलीड्यारिटि विद क्युबा नामक सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले अमेरिकाले क्युबामाथि लगाएको प्रतिबन्ध मानवअधिकारका विश्वव्यापी मान्यता विपरित भएको बताएका हुन् । अमेरिकाले क्युबा विरुद्ध ६ दशक देखि विभिन्न किसिमका प्रतिबन्धहरु लगाउँदै आएको भन्दै उनले नेपालले भने त्यस्तो प्रतिबन्धका विरूद्ध क्युबालाई साथ दिँदै आएको बताए ।

    क्युबाको पक्षमा र प्रतिबन्धका विरूद्धमा नेपालले राष्ट्रसंघमा समेत आवाज उठाएको दाहालको भनाई छ । नेपालले आफ्नो राजनितिक परिवर्तनमा समेत क्युबाका कम्युनिष्ट नेताहरुबाट प्रेरणा लिएको दाहालको तर्क छ । क्यूबाका नेता फिडेल क्यास्ट्रो र चे ग्वेभाराले त्यहाँको भ्रष्टाचारी शासक बाटिस्ता विरुद्धको लडाइँ लडेर देशलाई राम्रो स्थितिमा पुर्‍याएको भन्दै दाहालले प्रशंसा गरे। ‘उनीहरूको लडाइँबाट प्रेरित भएर नेपाली कम्युनिष्ट आन्दोलनले पनि यहाँको राजनीतिमा परिवर्तन ल्याएको हो,’ उनले भने। नेपालका दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता अन्तिम चरणमा पुगेको पनि सम्मेलनमा उनले जानकारी दिए। दुवै पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको महाअधिवेशन छिट्टै हुने उनको भनाई छ। यसैवीच, प्रचण्डको यस किसिमको अभिब्यक्तिले नेकपाभित्र खैलावैला मच्चिएको छ । पूर्व एमाले पक्षधर नेताहरु भने साना साना कुरामा विश्वशक्ति राष्ट्र अमेरिकालाई चिढ्याउन नहुने तर्क राख्दै आएका छन् ।

    त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्र स्कूल विभागको प्रमुख टुग्याउन सकस परिरहेका बेला पूर्व एमालेहरुको वालुवाटारमा दोस्रो पटक छुट्टै बैठक बसेको छ । पूर्व माओवादी केन्द्रले स्कूल विभाग दावी गरेपछि वालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुसँग छुट्टै बैठक बोलाएका हुन । पटक पटक स्थगित हुदै आएको सचिवालय बैठक बिहीबार समेत बस्न नसकेपछि ओलीले विहिबार साँझ नै पूर्व एमालेका नेताहरुसँग छलफल गरेका थिए ।

    सचिवालय बैठक अनिश्चित भएको अवस्थामा समाधान धारणा बनाउन पूर्व एमाले नेताहरूको बैठक डाकिएको वालुवाटार स्रोतले भन्यो । सचिवालयमा पूर्व एमालेको तर्फबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल रहेका थिए । ६ जनै सचिवालय सदस्यहरूबीच एकमत भने छैनन।
    अध्यक्ष ओलीलाई पोखरेल र पौडेलको साथ रहेको छ। नेपाल, खनाल र गौतम अर्को पक्षमा छन्। स्कूल विभागकै कारण पार्टी एकिकरणलाई बन्धक बनाउन नहुने पक्षमा नेपाल लगायतका नेताहरु रहेका छन् । हिजो छलफल पनि विना निष्कर्ष सकिएको वालुवाटार स्रोतले जनाएको छ । नेताहरु वेलुका चिया खाजा खाएर निस्केका थिए । स्कूल विभागको प्रमुखमा स्थायी कमिटि सदस्यहरुबाट पनि ल्याउन सकिने बारेमा छलफल भएको थियो । पार्टी अध्यक्ष ओलीले भीम रावल वा अन्य कुनै नेतालाई ल्याउने संकेत पनि गरेका छन् । र उनले वामदेव गौतम र झलनाथ खनालमध्ये कोही एक जना पनि हुनसक्ने संकेत गरेका छन् ।

    प्रतिक्रिया