• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रतिबन्धलाई चूनौती दिदै सहिद प्रज्वलको स्मृतिमा क्रान्तिकारीको वृक्षारोपण

    5.1K
    SHARES

    पोखरा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी गण्डक क्षेत्रीय समन्वय समितिले कम्युनिष्ट विद्यार्थी अभियान–२ काे उद्घाटन तथा एकीकृत जनक्रान्तिका सहिद प्रज्वल शाहीको स्मृतिमा पृथ्वीनारायण क्याम्पस पोखरामा वृक्षारोपण कार्यक्रम मंगलबारदेखि शुरु भएको छ । व्यूरो संयोजक बद्री अधिकारीले वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । दईहजार वटा विरुवाहरु रोप्ने कार्यक्रम अनुसार पहिलो दिन विद्यार्थीहरुले १२० वटा विरुवाहरु रोपेका छन ।

    कार्यक्रममा अखिल क्रान्तिकारी कास्की जिल्ला कार्यवाहक अध्यक्ष आस्था नेपाली, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष प्रकाश बाँस्तोला, अखिल क्रान्तिकारी तनहुँका अध्यक्ष ममता रुचाल, अखिल क्रान्तिकारी स्याङ्जाका संयोजक सागर काफ्ले लगायत सम्पूर्ण विद्यार्थीहरुले वृक्षारोपण कार्यक्रममा भाग लिएका थिए । क्रान्तिकारीले देशभर कम्युनिष्ट बिद्यार्थी अभियान जारी राखेको छ ।

    उता अर्घाखाँचीेमा पनि अखिल (क्रान्तिकारी)ले आफ्नो संगठन विस्तार कार्यलाई तिव्रतापुर्वक अगाडि बढाइरहेको छ । यसका साथै ‘कम्युनिस्ट विद्यार्थी अभियान –२’ को जिल्लाको सितगंगा नगरपालिका वडा नं. ४ को दुम्केबासमा उद्घाटन गरेको छ । उद्घाटन शत्रलाई सम्बोधन गदै क्रान्तिकारीका जिल्ला अध्यक्ष विष्णु राउतले नेपालमा हुने खानेका लागि शिक्षा भएता पनि गरिब दुःखी जनताकोलागि नहुने बताउदै आफुहरु वैज्ञानिक शिक्षाको पक्षमा रहेको बताएका थिए ।

    यस्तै यसाघी क्रान्तिकारीले लुम्बिनी व्युरो अन्तरगत रुपन्देही जिल्लामा आफ्नो संगठन विस्तार कार्यलाई तिव्रतापुर्वक अगाडि बढाउनुका साथै रुपन्देहीले ‘कम्युनिस्ट बिद्यार्थी अभियान –२’ संयुक्त रुपमा सञ्चालन गरेको बताएको छ ।

    कालिका मानवज्ञान मावि बुटवलमा सोमबार अभियानको उद्घाटन अखिल (क्रान्तिकारी) लुम्बिनी संयोजक बिरेन्द्र विक र अखिल (क्रान्तिकारी) रूपन्देही जिल्ला अध्यक्ष रमेश गैरेले संयुक्त रुपमा गरेका थिए । अभियानकै क्रममा एकलको अध्यक्षतामा १९ सदस्यीय इकाइ कमिटीसमेत गठन गरेका छन् ।

    पछिल्लो समसामयिक राजनीतिक अवस्था, एकीकृत जनक्रान्ति र शैक्षिक आन्दोलन, वैज्ञानिक समाजवादी शिक्षा प्रणाली, नेकपामाथिको राजनीतिक प्रतिबन्ध, शिक्षा क्षेत्रमा देखिएको बेथितिहरू, अनियमितता, माफीयागिरी, दलालीकरण लगायत विविध बिषयमा बिद्यार्थीहरूसँग छलफलसमेत गरेका छन् । ‘कम्युनिस्ट बिद्यार्थी अभियान–२’ असारदेखि असोजसम्म जिल्ला भरी चलाइरहने अभियान टोलीले बताएको छ ।

    प्रतिक्रिया