• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    माइला लामाको गिरफ्तारीपछि जनसांस्कृतिक महासङ्घ आक्रोशित, तत्काल रिहा गर्न माग, विज्ञप्तिसहित

    4.7K
    SHARES


    काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आफ्ना अध्यक्ष माइला लामाको गैरन्यायिक गिरफ्तारीप्रति आपत्ति जनाएको छ । लामालाई तत्काल बिनाशर्त रिहा गर्न महासङ्घले विशेष अपिल पनि गरेकाे छ । महासङ्घका महासचिव खेम थपलियाले आइतबार एक विज्ञप्ति जारी गर्दै लामालाई मध्यरातको समयमा ठूलो सङ्ख्यामा रहेका प्रहरीको सशस्त्र फौजले घेरा हाली काँडाघारीबाट गिरफ्तार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै राष्ट्रका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार एवम् सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा यसरी अपमानपूर्ण र आपत्तिजनक हिसाबले पक्राउ गरिनु खेदपूर्ण रहेको उनले बताएका छन् ।

    जनयुद्धको दौरानमा सांस्कृतिक क्षेत्रबाट मात्र नभएर सङ्गठनात्मक क्षेत्रबाट समेत महत्वपूर्ण योगदान पु¥याएका लामालाई अपहरण शैलीमा गिरफ्तार गरिनुले सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कार्य भएको विज्ञप्तिमा उल्लेख छ । सरकारको फासिवादी कदमले यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै असुरक्षित हुँदै गएको पनि महासचिव थपलियाले बताएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार एवम् सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा यसरी अपमानपूर्ण र आपत्तिजनक हिसाबले पक्राउ गरिनु खेदपूर्ण छ । सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ । यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै असुरक्षित हुँदै गएका छन् । यसर्थ, हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामालाई तत्काल बिनाशर्त रिहा गर्न विशेष अपिल गर्दछ ।’

    प्रचण्डहरूले आफ्नो दिशा बदलेपछि उनै प्रचण्डले देखाएका सपना पूरा गर्न अहिले विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति भइरहेको अवस्थामामा तिनै हिजोका सहयात्रीहरू आज विभिन्न शक्तिकेन्द्रको निर्देशनमा अमानवीय, क्रूर र फासिवादी बन्दै गएको विज्ञप्तिमा उल्लेख छ । जनकलाकार माइला लामाका गिरफ्तारी ओली–प्रचण्ड सरकारको त्यही फासिवादी हर्कत हो ।  विज्ञप्तिमा भनिएको छ- ‘हिजो प्रचण्डको नेतृत्वमा जुन सपनाका साथ योद्धाहरू लडेका थिए, प्रचण्डहरूले आफ्नो दिशा बदलेपछि उनै प्रचण्डले देखाएका सपना पूरा गर्न अहिले कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति भइरहेको छ । तर दुःखका कुरा, हिजोका सहयात्रीहरू आज विभिन्न शक्तिकेन्द्रको निर्देशनमा अमानवीय, क्रूर र फासिवादी बन्दै गएका छन् । जनकलाकार माइला लामाका गिरफ्तारी ओली–प्रचण्ड सरकारको त्यही फासिवादी हर्कत हो ।’

    आजका सत्ताधारी  प्रचण्ड–बादलहरूलाई कमसेकम नेताको पगरी गुथाउन पनि माइला लामाजस्ता जनकलाकारहरुको असामान्य  योगदान रहेको भन्दै थपलियाले यस्तो क्रियाशील र ऐतिहासिक भूमिका पूरा गर्दै हालसम्म क्रियाशील रहेका क्रान्तिकारीहरूलाई अपराधीलाई जस्तै मध्यरातमा ओछ्यानबाट छोप्नु सामान्य नैतिकता एवम् मानवअधिकारको दृष्टिले पनि उदेकलाग्दो कुरा भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ- ‘आजका प्रचण्ड–बादलहरूलाई कमसेकम नेताको पगरी गुथाउन पनि यो क्षेत्रको योगदान सामान्य छैन । यस्तो विशिष्ट क्षेत्रमा क्रियाशील र ऐतिहासिक भूमिका पूरा गर्दै हालसम्म क्रियाशील रहेका क्रान्तिकारीहरूलाई अपराधीलाई जस्तै मध्यरातमा ओछ्यानबाट छोप्नु सामान्य नैतिकता एवम् मानवअधिकारको दृष्टिले पनि उदेकलाग्दो कुरा हो । कुनै बेला प्रचण्ड–बादलहरूलाई गीतकार, सङ्गीतकार एवम् युवानेता माइला लामा जतिखेर पनि आवश्यक भइरहन्थ्यो । केही प¥यो भने यी नेताहरूको मुखमा सबैभन्दा पहिला ‘माइला’ नै आउँथ्यो तर विडम्बना, आज इतिहास उल्टो धारमा दौडिरहेछ ।’

    थपलियाले माइला लामाको गिरफ्तारीको विरोध तथा रिहाइका लागि मानवअधिकारीवादी, कानुनविद्, बौद्धिक–प्राज्ञिकवर्ग, पत्रकार, चलचित्रकर्मी एवम् कलाक्षेत्रका सम्पूर्ण महानुभावहरूलाई यसै वक्तव्यमार्फत हार्दिक आह्वान पनि गरेका छन् । हेर्नुहोस् विज्ञप्ति

    ०५ साउन, २०७६
    विषय – प्रेस वक्तव्य ।
    अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष एवम् चर्चित जनकलाकार माइला लामालाई प्रहरीले मध्यरातको समयमा ठूलो सङ्ख्यामा रहेका सशस्त्र फौजले घेरा हाली काँडाघारीबाट गिरफ्तार गरिएकोप्रति हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महाङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालको महान् जनयुद्धको दौरानमा सांस्कृतिक क्षेत्रबाट मात्र नभएर सङ्गठनात्मक क्षेत्रबाट समेत महत्वपूर्ण योगदान पु¥याउनुभएका लामा महान् जनयुद्धका घाइते योद्धा पनि हुनुहुन्छ । हामीलाई थाहा छ, देश अहिले अत्यन्त चुनौतीपूर्र्ण मोडबाट गुज्रिरहेको छ । जनयुद्धका एकाथरी सहयात्रीहरू अहिले सरकारमा छन् ।

    हिजो जनयुद्धमा सँगै लडेका, सँगै मुक्ति या मृत्युको कसम खाएहरूका बीचमा अहिले नेपालको क्रान्तिकारी कम्युनिस्ट राजनीतिमा आश्चर्यजनक रूपमा बदलाव आएको छ । हिजो प्रचण्डको नेतृत्वमा जुन सपनाका साथ योद्धाहरू लडेका थिए, प्रचण्डहरूले आफ्नो दिशा बदलेपछि उनै प्रचण्डले देखाएका सपना पूरा गर्न अहिले कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति भइरहेको छ । तर दुःखका कुरा, हिजोका सहयात्रीहरू आज विभिन्न शक्तिकेन्द्रको निर्देशनमा अमानवीय, क्रूर र फासिवादी बन्दै गएका छन् । जनकलाकार माइला लामाका गिरफ्तारी ओली–प्रचण्ड सरकारको त्यही फासिवादी हर्कत हो ।

    हिजो जनयुद्धकालमा विचारलाई जनताबीचमा पु¥याउन, जनतालाई एकताबट पार्न तथा बेला–बेलामा आन्दोलनमा आउने र आउन सक्ने निराशा तथा भड्काउका विरुद्ध लड्दै विचार, नेतृत्व, सङ्गठन र आन्दोलनलाई सही मार्गमा निर्देशित गर्ने विचारधारात्मक काम जनसांस्कृतिक क्षेत्रबाट हुँदै आएको कुरा सर्वविदितै छ । जनताको महान् अभियानमा हाम्रो सङ्गठनका तत्कालीन अध्यक्ष कृष्ण सेन ‘इच्छुक’ सहित १७० भन्दा बढीले सहादत प्राप्त गरिसकेका छन् । आजका प्रचण्ड–बादलहरूलाई कमसेकम नेताको पगरी गुथाउन पनि यो क्षेत्रको योगदान सामान्य छैन । यस्तो विशिष्ट क्षेत्रमा क्रियाशील र ऐतिहासिक भूमिका पूरा गर्दै हालसम्म क्रियाशील रहेका क्रान्तिकारीहरूलाई अपराधीलाई जस्तै मध्यरातमा ओछ्यानबाट छोप्नु सामान्य नैतिकता एवम् मानवअधिकारको दृष्टिले पनि उदेकलाग्दो कुरा हो ।

    कुनै बेला प्रचण्ड–बादलहरूलाई गीतकार, सङ्गीतकार एवम् युवानेता माइला लामा जतिखेर पनि आवश्यक भइरहन्थ्यो । केही प¥यो भने यी नेताहरूको मुखमा सबैभन्दा पहिला ‘माइला’ नै आउँथ्यो तर विडम्बना, आज इतिहास उल्टो धारमा दौडिरहेछ । यसले नेपालको राजनीतिक जीवन कष्टकर, धोकाधडीपूर्ण र नरसंहारतिर नै तीव्र रूपमा उन्मुख हुँदै गएको देखाउँछ । राष्ट्रका प्रतिष्ठित सर्जक, प्रतिभाशाली, चर्चित कलाकार एवम् सङ्गीतकार माइला लामालाई केवल वैचारिक आस्थाकै आधारमा यसरी अपमानपूर्ण र आपत्तिजनक हिसाबले पक्राउ गरिनु खेदपूर्ण छ । सरकारी भाषामै पनि यो लोकतान्त्रिक मूल्य–मान्यताविपरीत छ ।

    यतिबेला देशमा लेखक, कवि, कलाकार, साहित्यकार सबै असुरक्षित हुँदै गएका छन् । यसर्थ, हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामालाई तत्काल बिनाशर्त रिहा गर्न विशेष अपिल गर्दछ । साथै, माइला लामाको गिरफ्तारीको विरोध तथा रिहाइका लागि मानवअधिकारीवादी, कानुनविद्, बौद्धिक–प्राज्ञिकवर्ग, पत्रकार, चलचित्रकर्मी एवम् कलाक्षेत्रका सम्पूर्ण महानुभावहरूलाई यसै वक्तव्यमार्फत हार्दिक आह्वान पनि गर्दछौँ ।
    खेम थपलिया
    महासचिव

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ