• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सहीदगेट नजिकै फेरी शक्तिशाली बिस्फोट, २ जना गम्भीर, यस्तो छ थप बिबरण

    11.5K
    SHARES

    काठमाडौँ । सहीदगेट नजिक फेरी शक्तिशाली बम बिस्फोट भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भिर छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे छन् । स्थानीय निलम होटल अगाडि विस्फोट भएको हो । घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् । प्रहरीलाई सिलिण्डर विष्फोटको सूचना आएको थियो । तर, शक्तिशाली बम वस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसपी रमेश थापाले जानकारी दिए ।

    अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक (एसपी) सुदिप गिरी नेतृत्वको टोली पुगेको छ । गिरीका अनुसार टिफिन बक्समा राखिएको वस्तु पड्किएको प्रारम्भिक छानबिनबाट देखिएको छ । घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै विस्फोटमा परी घाईते भएका पाँचै जनाको परिचय खुलेको छ। धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा परी घाईते हुने होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिह रहेका छन्। यस्तै अन्य घाईतेमा जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए।

    उनीहरुको ठेगना भने खुल्न सकेको छैन्। सबैको अवस्था गम्भीर रहेको उनले बताए। घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले घटना स्थलमा शंकास्पद वस्तु फेला परेको जानकारी दिए। उनले पेस्तोल फेला परेको कुरा पुष्टि गर्दै सक्कली वा नक्कली के हो भन्ने नखुलेको बताए। सुरुमा सिलिण्डर विस्फोट भएको आशंका गरिएपनि घटना स्थलको प्रकृति हेर्दा सिलिण्डर विस्फोट नभएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। घटनाको अनुसन्धान भइरहेको उनले बताए। फाइल फोटो

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ