• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    कैलालीमा शक्तिशाली बिस्फोट, ५ जना गम्भीर घाइते, घट्नास्थालमै भेटियो यस्तो बस्तु

    7.6K
    SHARES

    कैलाली । धनगढीको शहीद गेटमा नजिक सिलिन्डर ग्यास पड्किएको छ । शहिद गेट नजिकै रहेको निलम होटलमा केही बेर अघि विस्फोट हुँदा पाँच जना घाईते भएको कैलाली वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए। घाईते मध्ये दुईजनाको अवस्था रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी नीरिक्षक पन्तले जानकारी दिए। विस्फोट भएको वस्तु के हो र कसरी बिस्फोट भयो भन्ने कुरा  पनि पत्ता लागी नसकेको प्रहरीले जनाएको छ । तर कतिपय स्थानीयले सिलिण्डर बम विस्फोट भएको आशंका गरेका छन् भने कतिपयले बम नै विस्फोट भएको अनुमान गरेका छन् । घटनास्थलमा पुगेको प्रहरीले तीनको हताहती भएको बताएको छ । तर, यसको यकिन पुष्टि भने भएको छैन । उद्धार कार्य जारी रहेको र थप विवरण भने अझै आउन बाँकी रहेको कैलाली प्रहरीले जनाएको छ ।

    त्यस्तै साँझ धनगढीको शहिद गेटमा भएको विस्फोटमा परी घाईते भएका पाँचै जनाको परिचय खुलेको छ। धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा परी घाईते हुने होटल सञ्चालक केशवराज पाण्डे, बझाङ घर भएका राम सिह रहेका छन्। यस्तै अन्य घाईतेमा जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक पुष्कर पन्तले बताए।

    उनीहरुको ठेगना भने खुल्न सकेको छैन्। सबैको अवस्था गम्भीर रहेको उनले बताए। घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले घटना स्थलमा शंकास्पद वस्तु फेला परेको जानकारी दिए।

    उनले पेस्तोल फेला परेको कुरा पुष्टि गर्दै सक्कली वा नक्कली के हो भन्ने नखुलेको बताए। सुरुमा सिलिण्डर विस्फोट भएको आशंका गरिएपनि घटना स्थलको प्रकृति हेर्दा सिलिण्डर विस्फोट नभएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ