• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    नेकपाको टार्गेटमा करछलुवा एनसेल, सेती-महाकाली ब्युरोले जलाइयो रिचार्ज कार्ड र सीम

    2.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले अरबौ करछली गर्दै आएको एनसेलबिरुद्धको ‘नो ट्याक्स, नो एनसेल’ अभियानलाई शशक्तरुपमा अगाडि बढाएको छ । बुधबार मात्रै नेकपा सेती- महाकाली ब्युरोले सुदूरपश्चिमका ९ वटै जिल्लामा एनसेलका रिचार्ज कार्ड र सीम कार्ड जलाएको छ । साथै राज्यलाई अरबौं कर नतिर्ने र उपभाेक्तालाई ठग्ने एनसेल बहिस्कार गर्न र सीम प्रयोग नगर्न पनि नेकपाले आम जनतालाई अपिल पनि गरेको छ ।

    बुधबार नेकपाले सुदूरपश्चिमका कैलाली र कंचनपुरसहित डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ र बाजुरामा एक साथ सीमकार्ड र रिचार्ज कार्ड जलाएकाे छ । त्यस्तै एनसेल सीम र रिचार्ज कार्ड बिक्रेताहरुलाई पनि बिक्रि नगर्न आग्रह गरेको छ ।  कंचनपुरको भीमदत्त नगरपालिका सहित सबै नगर र गाउँपालिका, कैलाली धनगढीसहित अन्य नगर र गाउँपालिका, अछामको मंगलसेनसहित जिल्लाभर, त्यस्तै बझाङको चैनपुरमा एनसेलबिरुद्ध पर्चा पम्पलेट वितरण गर्ने, सीमकार्ड, रिचार्ज कार्ड जलाउने र एनसेल बहिस्कार अभियानमा सहभागी हुन नागरिकहरुलाई आव्हान समेत गरेर प्रदर्शन गरिएको नेकपा सेती-महाकाली ब्युरो कार्यालय सचिव डबल शाहले चारकेन्द्रलाई बताए ।

    नेकपाले यो अभियानलाई अझै शशक्त तरिकाले अगाडि बढाउने जनाएको छ । यसअघि पनि देशका बिभिन्न ठाउँमा एनसेलको करछलीबिरुद्ध प्रदर्शन, बिस्फोट र आगजनी समेत भइसकेको छ । गत असार २३ गते मात्रै नेकपा सेती-महाकाली ब्युरो इन्चार्ज निर्माणले अरबौ करछली गर्दै आएको एनसेलबिरुद्धको ‘नो ट्याक्स, नो एनसेल’ अभियानलाई शशक्तरुपमा अगाडि बढाउने र त्यस अभियानमा साथ दिन जनतालाई अपिल गर्नेनिर्णय गरेको बताएका थिए । कर तिर्न अटेरी गरेको भन्दै नेकपाले गत फागुनमा एनसेल मुख्यालयमै बम बिस्फोट गराएको थियो ।

    उक्त विस्फोटमा परी एक जनाको ज्यान समेत गएको थियो । उता सर्बोच्च अदालतले समेत गत चैत्रमै एनसेलको बिक्रीमा लाग्ने पूँजीगत लाभकर तीन महिनाभित्र उठाउन निर्देशन दिइसकेको छ। सर्बोच्चले लाभांस वितरण र शेयर बिक्रीको अनुमति दिन पनि रोक लगाएको थियो। एनसेल लाभकरण प्रकरणमा गत माघ २३ गते गरिएको फैसलाको पूर्णपाठमा सर्वोच्चले ३ महिनाभित्र एनसेलसँग सबै कर असुल गसिसक्नुपर्ने उल्लेख गरेको भए पनि ३ महिना बितिसक्दा पनि एनसेलले कर तिरेको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ