• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा ओली प्रचण्ड सहमत, पार्टीभित्रको भागबन्डाबारे यस्तो छ तयारी

    17.9K
    SHARES

    काठमाडौं । भागबन्डा नमिलेका कारण अझै टुंगिन नसकेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकप) का अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण’बीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा करिबकरिब सहमति जुटेको छ ।  लामो समयदेखि आन्तरिक छलफलमा रहेका दुई अध्यक्षले मन्त्रिपरिषद् पुनर्गठन र पार्टीका नेताहरूको कार्यविभाजन एकै पटक सक्नेगरी तयारी गरिरहेको नेकपा स्रोतलेबतायो।

    मन्त्रिपरिषद् स्रोतका अनुसार असार २६ र २७ गते बसेको सरकारको समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको स्पष्ट संकेत दिइसकेका छन् जसकारण प्रचण्ड ओलीप्रति सकारात्मक बनेका छन्। तर कुन-कुन मन्त्रालयमा नयाँ मन्त्री ल्याउन लागिएको हो भन्नेचाहिँ प्रष्ट भइसकेको छैन। यस्तै पार्टीमा पनि विभिन्न विभाग प्रमुख, जिल्लाका इन्चार्ज सहइन्चार्ज र जनवर्गीय संगठनको इन्चार्ज सहइन्चार्जलगायत जिम्मेवारी पनि प्याकेजमै टुंग्याउने तयारी दुई अध्यक्षले गरेका छन्।

    नेकपा सचिवालयभित्र भएको मोटामोटी सहमतिअनुसार पार्टीका मुख्य विभाग सचिवालयका सदस्यहरूले नै राख्नेछन्। विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल र प्रचार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठको नाममा मौखिक सहमति जुटेको भए पनि संगठन, स्कुल र आर्थिक विभागमा कसलाई राख्ने भन्नेमा सहमति भइसकेको छैन। संगठन विभागमा वामदेव गौतम र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मध्ये कसलाई जिम्मेवारी दिने भन्नेमा दुई अध्यक्षबीच रस्साकस्सी छ।

    यसअघि प्रधानमन्त्रीले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगतिका आधारमा सबैभन्दा कमजोर बिना मगरले सम्हालेको खानेपानी तथा सरसफाई मन्त्रालय भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सफ्टबेयरमार्फत सबै मन्त्रीलाई उनीहरुको कार्यसम्पादनका आधारमा नम्बर समेत दिएको छ । पहिला मन्त्रालयहरुसँगै योजना माग गरेर त्यसैका आधारमा सम्पन्न भएका, काम सुरु भएका तर सम्पन्न हुन बाँकी रहेका र सुरु नै नभएका योजनाको प्रतिशतका आधारमा नम्बर दिइएको हो । खानेपानी मन्त्रालयले जम्मा ३९ नम्बर पाएको छ । मन्त्रालयले प्रधानमन्त्री केपी ओलीसमक्ष प्रतिबद्धता गरेको १ सय २२ योजनामध्ये जम्मा ४७ वटा मात्रै काम सम्पन्न भएको छ । बाँकी ४७ वटा काम भइरहेका छन् । २८ वटाको कामै सुरु भएका छैनन् । ती सबैको कूल मिलाउँदा खानेपानीले जम्मा २९ प्रतशित अर्थात २९ नम्बर पाएको हो ।

    खानेपानी मन्त्रालयले गत वर्षको दसैंमा नै उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउने भनेको थियो । तर, उल्टै कमिसनमा कुरा नमिल्दा इटालियन ठेकेदार कम्पनीसीएमसीलाई भगाइएको छ । सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले कमसिन नपाएको झोकमा भुक्तानी रोकेर ठेकेदार कम्पनी भगाएका हुन् । मन्त्रालयले बुझाएको वार्षिक प्रगति विवरण रिपोर्टमा मेलम्ची आयोजनाको यांग्रीदेखि लार्केसम्म पहुँच सडक निर्माण सुरु, दोस्रो चरणको मुआब्जा तथा क्षतिपूर्ति वितरण सुरु भएकोलाई प्रमुख उपलब्धीका रुपमा उल्लेख गरिएको छ । उपत्यकाका चक्रपथभित्र ७५ किलोमिटर थोक वितरण प्रणाली पाइपलाइन सम्पन्न गरेको, नौवटा पानीपोखरी निर्माण गरेको, दुई सयवटा खानेपानी आयोजनाको मर्मत सुधार गरेको र ६४ हजार ६ सय ६२ घरधुरीमा शौचालय निर्माण गर्नुलाई आफ्नो ठूलो उपलब्धी मानेको छ ।

    मन्त्रालयगत वार्षिक प्रगतिका आधारमा सबैभन्दा धेरै नम्बर परराष्ट्र मन्त्रलयले पाएको छ । नेकपा नेता प्रदीपकुमार ज्ञवाली परराष्ट्रमन्त्री छन् । परराष्ट्रलु कूल लक्षित ८९ योजनामध्ये ६१ वटा सम्पन्न गरेको छ । चालु योजनाको संख्या २७ छ भने सुरु नै नभएको एउटा मात्र छ । प्रधानमन्त्री केपी ओलीले कार्यसम्पादनमा कमजोर मन्त्रीलाई हटाउने चर्चा चल्दै आएको छ । यद्यपि धेरैपटक मन्त्री हेरफेरको चर्चा चले पनि नेकपाभित्रको आन्तरिक समीकरण खल्बलिने डरले प्रधानमन्त्री ओलीले आँट गर्न सकेका छैनन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ