• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    के साचिक्कै विप्लव नेतृत्वको नेकपा र ओली सरकारबीच बार्ता हुदैछ ? यसो भन्छन् नेता ओम पुन

    13.6K
    SHARES

    दिया चन्द, काठमाडौं ३० असार । केपी ओली सरकारको दमन र बिद्रोही नेकपाको प्रतिरोधपूर्ण गतिविधिकाबीच यतिबेला नेपाली राजनीतिक वृतमा एउटा नयाँ बहसले सनसनी मच्चाईरहेको छ, त्यो बिषय हो यी दुई पक्षबीचको बार्ता ! विद्रोही नेपाल कम्युनिष्ट पार्टी बार्तामा आउन तयार रहेको र स्थायी समितिले नै यस्तो निर्णय गरिसकेको भनेर केहि मिडियाले यो बिषयलाई सनसनीपूर्ण बनाइरहेका छन् ।

    ओली सरकारले यसअघि पनि नेकपासँग बार्ता गर्न भरपुर प्रयास गरेकै हो तर सफल भने हुन सकेन । एकातिर आफ्ना नेता कार्यकर्तालाई सार्वजनिक कार्यक्रमहरुबाटै गिरफ्तार गरेर झुट्ठा मुद्दा लगाउदै जेल कोच्ने र अर्कोतिर आधिकारिकरुपमा बार्ताको पत्र पठाउन नसक्ने तर बिभिन्न मन्चबाट बार्ता आव्हान गरेको दावीसहित ‘नआए ठिक पार्छु’ भन्ने भाषा सरकारले बोल्न थालेपछि नेकपाले सरकारको उक्त बार्ता प्रस्ताव ठाडै अस्वीकार गरिदिएको थियो ।

    पछि सरकारले नेकपालाई दवाव दिन प्रतिबन्ध लगायो । फागुन २७ गते ओली सरकारको मन्त्रिपरिषद्तिले नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै दमनको सिलसिला ह्वात्तै बढ्यो र अहिले त्यो दमनको रुप नेता कार्यकर्ताको ज्यानै लिने तहसम्म आइपुगेको छ । मुठभेडको नाटक गर्दै सरकारले प्रतिबन्धको यो चार महिनामा नेकपाका ३ जना नेता कार्यकर्ताको ज्यान लिइसकेको छ । अहिले पनि सरकारले देशभर नेकपाविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन जारी राखेको छ ।

    ‘दमन गरेरै विप्लवलाई तह लगाउन सकिन्छ’ भन्ने मनसायले सुरु भएको प्रतिबन्धपचात देखिएको सरकारको चरित्र निक्कै उत्ताउलो शैलीमा अघि बढिरहेको छ भने एकातिर बार्ताको नाटक गर्ने, अर्कोतिर आफ्ना निहत्था नेता कार्यकर्ताको हत्या गर्दै देशलाई युद्धमा धकेल्न खोजेको भन्दै नेकपा आक्रोशित बनेको छ । यसको ताजा उदाहरण हो, यहि २५ गते भोजपुरमा घटेको गोली काण्ड । भोजपुरमा प्रहरीले नेकपा ओखलढुंगा सेक्रेटरी नीरकुमार राईमाथि गोली हानेपछि प्रतिरोध गर्न उनले पनि गोली चलाएको नेकपाको दावी छ । जसकारण नीरकुमारसँगै प्रहरी जवान सञ्जीव राई पनि मारिए ।

    नेकपमाथिको गिरफ्तारी र धरपकड जारी राखेकै अवस्थामा फेरी बार्ताको विषयले चर्चा पाएको छ ।  त्यसकारण पनि के विप्लव नेतृत्वको नेकपा र ओली सरकारबीच साचिक्कै बार्ता हुन लागेकै हो त ? भन्ने प्रश्न सर्बत्र चासोको बिषय बनेको छ । २ पक्षबीच बार्ताको तयारी भइरहेको समाचार बाहिरिएका बेला नेकपा पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले भने अहिलेको अवस्थामा वार्ता पार्टीको कार्यसूचीमै नभएको बताएका छन् । सोमबार संचारकेन्द्रसँग कुरा गर्दै नेता पुनले सरकारले आन्तरिकरुपमा बार्ता नचाहेको भन्दै बार्ताप्रति सरकार इमान्दार पनि नरहेकाे ठोकुवा गरे ।

    उनले बाहिर बार्ताको हल्ला फिजाउने र जनताबाट सहानुभूति बटुल्ने तर भित्रबाट दमन गर्ने र युद्ध भड्काउने खेलमा सरकार लागिपरेको तर्क गरेका छन् । आफ्नो असफलता र चौतर्फीरुपमा भइरहेको आलोचनालाई सरकारले युद्धमार्फत बिषयान्तर गर्न चाहेको उनको दावी छ । ‘सरकारले इमानदारीपूर्वक वार्ताको कुरा गरेको छैन र आन्तरिक रुपले उसले वार्ता चाहेकोजस्तो पनि देखिदैन ।’ नेता पुनले संचारकेन्द्रसंग भने- ‘बाहिर वार्ताको हल्ला फिजाउने र जनताबाट सहानुभूति बटुल्ने तर भित्रभित्रै दमन गर्ने र युद्ध भड्काउने खेलमा सरकार छ । आफ्नो असफलता र चौतर्फीरुपमा भइरहेको लाेचनालाई सरकारले युद्धमार्फत बिषयान्तर गर्न चाहिरहेको छ ।’

    तर आफ्नो पार्टी सैद्धान्तिक रुपमा वार्ताको निरपेक्ष बिराेधी भने नभएको उनले प्रष्ट पारेका छन् । सरकारले साच्चै इमान्दारितापूर्वक बार्ता चाहेकै भए त्यो बातावरण पनि सरकारले नै निर्माण गर्नुपर्ने नेता पुनको भनाइ छ । त्यसका लागि नेकपामाथि लागेको प्रतिबन्ध बिनासर्त खारेज, राजबन्दीको रिहाइ र दमन तथा धरपकड बन्द अनिवार्य रहेको उनले बताए । ‘यदि राज्यले बिनासर्त प्रतिबन्ध खारेज गरे, राजबन्दी रिहाइ गरे र दमन धरपकड बन्द गरे वार्ताको वातावरण बन्न सक्छ । त्यसमा पनि मुलकुरा राजनीतिक सवाल हाे । बैज्ञानिक समाजवादका बिषयमा सरकार छलफल गर्न राजि भए वार्ता हुन्छ, तर प्राबिधिक सवाल वा यही सत्ता वरिपरिका सवालमा वार्ता सम्भव छैन ।’ उनले भने ।

    सरकारले एकातिर बार्ताको कार्ड फालेर अर्कोतिर बन्दुकको नाल साेझ्याएको भन्दै नेता पुनले कथित वार्ताको भ्रममा नपर्न र सक्रिय रक्षाकाे नीतिमा रहेर पार्टीको काम कार्वाहीलाई अगाडि बढाउन सबै कार्यकर्तालाई अनुरोध पनि गरेका छन् । यसअघि गत वर्ष भदौमा सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा गठन गरेको बार्ता समितिले नेकपा नेताहरु सम्पर्कमै नआएको भन्दै पत्रकार सम्मेलन गरेर दुखेसो पोखेको थियाे । उक्त बार्ता समिति गत पुस ११ गते नै भंग भइसकेको छ ।

    सत्तारुढ पार्टीका नेता पाण्डे संयोजक रहेको उक्त बार्ता टोलीमा सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी र गृह मन्त्रालयका एक सहसचिव सदस्य थिए । त्यसयता बार्ताको चर्चा चले पनि ओली सरकारसँग अहिले बार्ता टोली नै छैन । नेकपासँग बार्ता गर्न सरकारले सौहार्दपूर्ण बातावरण निर्माण गरेर छुट्टै बार्ता टोली गठन गर्नुपर्ने र बार्ताकै लागि सार्वजनिक आव्हान गर्दै औपचारिक पत्र समेत पठाउनुपर्ने राजनीतिक विश्लेषकहरुको बिषलेशण छ ।

    प्रतिक्रिया