• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    तुलसीपुरमा दुई समुहबीच लफडा, एकको ज्यान गयो

    15.7K
    SHARES

    लमही । दाङमा युवाहरुको २ समुहबीच ग्याङ फाइट भएको छ । उक्त ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ । शनिबार युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–१२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो । खुकुरी प्रहारबाट दुवै हात र बायाँ खुट्टामा गम्भीर चोट लागेका ओलीको नेपालगञ्जमा उपचारपछि थप उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । ओलीको शनिबार राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए ।

    यस विषयमा अनुसन्धानलाई तीव्र पारिएको समेत प्रहरीले बताएको छ । घटनामा संलग्न रहेको आरोपमा दुईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए । उनका अनुसार शनिबार नै मोतीपुरको जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । साथै शङ्कास्पद रहेका तीन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले बताए । शनिबार दिउँसो सवा दुई बजेतिर केही युवाको समूहले तुलसीपुर–११ स्थित जनबहारचोकमा खुकुरी प्रहार गर्दा ओली गम्भीर घाइते भएका थिए । घटना हुनुको कारण, घटनामा संलग्न व्यक्तिको पहिचानलगायतका विषयमा विस्तृत विवरणका लागि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    त्यस्तै दुई दिनदेखिको वर्षासँगै आएको बाढी-पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ४८ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै प्रदेश १ मा १७ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा १२ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । काठमाडौं उपत्यकामा मात्रै ८ जनाको मृत्यु भएको छ । ललितपुर र भोजपुरमा पाँच-पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ५ अन्तर्गत पाल्पा र दाङमा एक-एक गरी जम्मा दुई जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशको डोल्पामा पनि २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । देशभर ३५ जना वेपत्ता रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया