• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    नेकपा मोरङद्वारा विषादीयुक्त भारतीय गाडी प्रवेशमा रोक, जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न चेतावनी

    2.8K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी मोरङले विषादीयुक्त फलफूल, तरकारी र दैनिक उपभोग्य समान बोकेर आउने भारतीय गाडिहरुमाथि जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा चेकजाँच गर्नबाट पछि हटेर ओली-प्रचण्ड सरकारले जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको नेकपाको ठहर छ ।

    बुधबार नेकपा मोरङका सेक्रेटरी आभाषले एक विज्ञप्ति जारी गर्दै नेपाल बिश्वव्यापार सङ्गठनको सदस्य भएकोले आफुले पाउनुपर्ने अन्तर्राष्ट्रिय ब्यापारिक अधिकार र मापदण्डको बिरुद्धमा भारतीय शासकहरुको निर्देशन र एउटा पत्रको भरमा ओली प्रचण्ड मण्डलीले भन्सारमा बिना बिषादी चेकजाँच तरकारी तथा फलफूल निर्वाधरुपमा नेपाल भित्र्याएर नेपाली जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरिरहेको बताएका छन् ।

    ‘नेपाल बिश्वव्यापार सङ्गठनको सदस्य भएकोले आफुले पाउनुपर्ने अन्तर्राष्ट्रिय ब्यापारिक अधिकार र मापदण्डको बिरुद्धमा भारतीय शासकहरुको निर्देशन र एउटा पत्रको भरमा ओली प्रचण्ड मण्डलीले नेपाली जनताको स्वास्थ्यमा खेलवाड गर्नेगरी भारतबाट नेपाल भित्रिने बिषादीयुक्त तरकारी, फलफूललाई भन्सार र चेकपोष्ट (क्वारेन्टाइन)मा शुद्धता परिक्षणबिना नै नेपाली बजारमा बिषादीयुक्त तरकारीलगायत दैनिक उपभोग्य सामग्री निर्वाध बिक्रि वितरण गर्ने बर्तमान मन्त्रिपरिषद्को निर्णयले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

    नेपाली जनताको स्वास्थ्यमाथि नै जोखिम हुनेगरी बर्तमान सरकारले गरेको उक्त निर्णय बिश्वव्यापार सङ्गठनको मान्यताबिपरित भएकोले तत्काल सच्याएर बिषादी शुद्धता भएको तरकारी फलफूल मात्रै नेपाल भित्र्याउन सरकार र सम्बन्धित पक्षलाई नेकपाले आग्रह समेत गरेको छ । नेकपा मोरङले जिल्लाका बिभिन्न भन्सार र छेकपोस्टमा बिना परिक्षणका तरकारी र अन्य सामाग्री नेपाल भित्रिन नदिन र नभित्र्याउन सबै पक्षलाई अनुरोध गरेको छ । साथै अनाधिकृत तरकारी तथा अन्य सामाग्री लिएर नेपाल भित्रिने सम्पूर्ण भारतीय मालबाहक लगायतका गाडिहरुलाई मोरङ जिल्लाभर प्रवेश रोक लगाइएको नेकपाले जनाएको छ ।

    अहिलेको राज्यले बाहिर अनेकौ भ्रम चर्ने र भित्रभित्रै देश बेच्ने, नागरिक स्वतन्त्रतामाथि बन्देज लगाउनेजस्ता घृणित कार्य गरिरहेका नेकपाको आरोप छ । आफूहरुको आग्रहलाई बेवास्था गरेर जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने कार्य नरोकिए त्यसबाट उत्पन्न परिणामको जिम्मा पनि सम्बन्धित पक्षले नै लिनुपर्ने नेकपाको चेतावनी छ । भारतको दवावमा बिषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि चौतर्फी विरोध र आलोचना भइरहेको छ । हेर्नुहोस् विज्ञप्ति

    प्रतिक्रिया


    आजको ट्रेन्डिङ