• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बुवा नेकपा आस्थावान, प्रहरीले गाउँमै व्यापार गरिरहेका छोरालाई गर्‍यो गिरफ्तार

    5.8K
    SHARES

    मंगलसेन ।  नेपाल कम्युनिष्ट पार्टी अछामका एक जिल्लास्तरीय नेताका छोरालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको छ । मंगलसेन नगरपालिका १३ का स्थानीय रहेका नेकपा जिल्ला कमिटी सदस्य कर्ण थापाका छोरा सिद्धार्थ थापालाई प्रहरीले सोमबार गिरफ्तार गरेको हो । बुवा नेकपा आस्थावान भएकै कारण कर्णलाई समात्न नसकेको झोकमा प्रहरीले उनका १९ बर्षीय छोरा सिद्धार्थ थापालाई गिरफ्तार गरेको उनको परिवारले जनाएको छ । गाउँमै पसल चलाएर बसेका सिद्धार्थलाई बुवाको बारेमा सोधपुछ गरेको प्रहरीले ‘तलाई भित्र हाले तेरो बाउ आफै आउछ’ भन्दै गिरफ्तार गरेको लगेको उनका आफन्तले संचारकेन्द्रलाई बताए । यसैबीच बाबु पार्टीमा क्रियाशिल भएकै कारण छोरालाई गिरफ्तार गरिएको भन्दै नेकपा अछामले आपत्ति जनाएको छ । साथै नेकपाको बढ्दो लोकप्रियतादेखि ओली सरकार अत्तालिएर यस्ता अमानवीय दमनमा उत्रिएको बताएको छ ।

    नेकपा अछामका सेक्रेटरी जमानसिंहले एक विज्ञप्ति जारी गर्दै यसरी आस्था राखेकै आधारमा गैरन्यायिक ढंगले गरिएको दमनप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘मिति २०७६ असार २३ गते मंगलसेन नगरपालिका वडा नम्बर १३ वस्तीबाट हाम्रो पार्टी नेकपाका जिल्ला समिति सदस्य क. कर्ण थापाका छोरा बर्ष १९ को सिद्धार्थ थापालाई गाउँमा ब्यापार गरिराखेको अवस्थामा र सोहि गाउँका मिस्त्री काम गर्ने तेज बहादुर थापालाई सामाजिक दलाल फासिवादी सरकारको गृहप्रशासनले बिना कारण गैरन्यायिक ढंगले गिरफ्तार गरेको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएकाे छ ।

    उनले बिनाकारण पक्राउ गरिएका सिद्धार्थको तत्काल रिहाईको माग समेत गरेका छन् । अन्यथा दमको प्रतिकार जिल्ला पार्टीले गर्ने र त्यसबाटट उत्पन्न हुने परिस्थितिको जिम्मेवार ओली सरकार नै नै हुने उनको चेतावनी छ। ‘यसरी फासिवादी कार्य कायम राखे यसको प्रतिरोध नेकपा अछामले गर्नेछ ।’ विज्ञप्तिमा अगाडि भनिएकाे छ- यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार बलिरजमा विराजमान सामाजिक फासिवादी सरकार नै हुनेछ ।’

    प्रतिक्रिया