• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    नेकपा जिल्ला सेक्रेटरीमाथि प्रहरीले गोली चलायो, २ जनाको मृत्यु, १ घाइते

    8.1K
    SHARES

    काठमाडौं । भोजपुरको सदरमुकाको हटिया लाइनमानेपाल कम्युनिष्ट पार्टी र प्रहरीबीच तनाव उत्पन्न भएको । प्रहरीले चलाएको गोली लागेर एक नेकपा नेताको ज्यान गएको छ । भने घटनामा १ प्रहरीको पनि नाको मृत्यु भएको छ अर्का एक १ जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान करिब ९ बजेतिर सदरमुकामस्थित शनिबारे हटियामा रहेको पान्धारे होटल नजिकै घुमुवा प्रहरीले नेकपा ओखलढुंगा सेक्रेटरी नुरकुमार राईमाथि गोली चलाएको थियो । प्रहरीतर्फ ज्यान गुमाउने जवान सञ्जीव राई रहेको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिएका छन्। प्रहरीले घटनालाई दोहोरो भीडन्त भनेको छ ।

    भोजपुर अस्पतालमा उपचार हुँदै गर्दा प्रहरी जवान सन्जीव र  निरकुमारको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । प्रहरीले प्रशान्तको साथबाट एक थान चाइनिज पेस्तोल, र पाँच राउन्ड गोली बरामद गरिएको दावी गरेको छ। प्रहरी स्रोतले सञ्जीवको मृत्यु भएको बताए पनि  प्रहरीले आधिकारिक रुपमा घोषणा गरेको छैन। भोजपुरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रदेश एकको केन्द्रबाटसमेत प्रहरी घटनास्थलतर्फ गइरहेको छ। घटनाबारे थप विवरण आउँन बाकी छ । फायरिङ कसले खोलेको हो भन्ने विषयमा केहि जानकारी प्राप्त हुन सकेका छैन ।

    पछिल्लो समय प्रहरीले नेकपा नेता कार्यकर्तामाथि दोहोरो भीडन्तको नाममा हत्या गर्ने सिलसिला जारी राखेका बेला भोजपुरमा अभ्ने नेकपा कार्यकर्ताले समेत फायर खोलेको बुझिएको छ । यद्धपि यस विषयमा नेकपा आधिकारिक धारणा सार्वजनिक भएको छैन । यसअघि प्रहरीले भोजपुरमै नेकपा स्थानीय कार्यकर्ता तिर्थराज घिमिरे को गोली हानी हत्या गरेको थियो । त्यसपछि उता सर्लाहीमा नेकपा जिल्ला इन्चार्ज कुमार पौडेलको समेत प्रहरीले गिरफ्तार गरी यातना दिएर हत्या गरेको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ