• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    इटहरीका मेयर द्वारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएपछि स्थानीय चकित, यस्तो छ कारण

    16.9K
    SHARES

    काठमाडौं । पत्रकारको नाकको डाँडी भाँच्ने अभिव्यक्ति दिएर तथा विभिन्न प्रकरणमा मुछिएर चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको दाँतमा लागेको ढुंगो थियो, आफ्नै घरको संरचना सडक मिचिएर बनाइएको । पत्रकारको नाकको डाँडी भाँच्ने, माफी माग्ने, ‘र.डी जिन्दावाद’ भन्नेलगायतका विभिन्न प्रकरणका कारण समर्थन र विरोधको विवादमा परेका उनले भनेका थिए– इटहरीमा सडक मिचेका भौतिक संरचना भत्काउने । तर, उनकै घरको संरचनाले सडक मिचेको समाचार आएपछि विवादमा तानिएका थिए । चौधरीले उक्त विवाद निरुपण गरी आफ्नो घोषणा कार्यान्वयन गर्न आफ्नै संरचनामा डोजर चलाएका छन् । सडक मिचिएको कम्पाउन्ड वाल भत्काएर उनले अभियानलाई सुरु गरेका हुन् ।

    उनको उक्त कामकोकहिले प्रशंशा गरेका छन् भने कहिले  बिभिन्न विवादमा परेर साख जोगाउन गाह्रो भएपछि असल बन्ने ‘नाटक’ गरेको भन्दै टिप्पणी समेत गरेका छन् । चौधरीले पत्रकारसँगको विवादमा नाकको डाँडी भाँच्न १ करोड छुट्याइएको अभिव्यक्ति दिएपछि  उनकाे चौतर्फी आलोचना भएक थियो । पछि उनले भ्रष्ट्राचारसंग विषय जोडिएको हुनाले आफु आक्रोशित बनेको र त्यहि आक्रोशकै बेला यस्तो शब्द प्रयोग हुन पुगेको भन्दै आफ्नै बचाउ गरेका थिए । तर नाकको डाँडी भाँच्ने अभिव्यक्तिले चर्चा पाएपछि उनले आम महिलाहरुलाई नै अपमानित हुने र..डी शब्दको प्रगोग गरेपछि उनको चौतर्फी आलोचना र बिरोध भएको थियो ।

     

    आफ्ना विवादित अभिव्यक्तिका कारण केहीदिनदेखि चर्चामा रहेको चौधरीले पछि आफ्नो अभिव्यक्ति फिर्ता लिएका थिए । प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले ‘आफ्नो अभिव्यक्तिले सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाइ आघात पर्न गएकोमा आफुद्वारा व्यक्त विचार र भनाई फिर्ता लिएको बताएका थिए । विज्ञप्तिनमा उनले आफु उदण्ड स्वभावकोे नभएको समेत उल्लेख गरेका थिए ।

    गत जेठ २१ गते इटहरीका एक जना पत्रकार फेसबुक र फोनमा आक्रोशपूर्ण ढंगले प्रस्तुत भएपछि आफू पनि आवेगमा आउँदा व्यक्त भएका भनाइहरुले पत्रकार र सिंगो सञ्चार जगतमा पर्न गएको आघात प्रति चौधरीले विज्ञप्तिमार्फत दुःख प्रकट गरेका थिए। सञ्चारक्षेत्रमा चोट पुर्याउने कुनै मनसाय नरहेको र प्रेस स्वतन्त्रता प्रति आफू प्रतिबद्ध रहेको पनि चौधरीको भनाइ थियो ।

    प्रतिक्रिया