• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    एक्कासी वर्षासहित आएको भीषण बाढीले जनजीवन प्रभावित, बीच बाटोमै कारहरु यसरि डुबे

    14.1K
    SHARES

    काठमाडौं । एक्कासी आएको भारि वर्षासंगैको बाढीले ठुलो क्षति गरेको छ। अमेरिकाको वासिङ्टन डिसीमा अचानक आएको बाढीले जनजीवन प्रभावित पारेको छ । एक्कासी आएको बाढीले सहर डुवानमा परेपछि आवतजावत गरिरहेकाहरु जोखिममा परेका थिए । ठूलो वर्षासहित आएको बाढीले कतिपय ठाउँमा सडक अबरुद्ध भएको थियो भने चालक बीच बाटोमै फसेका थिए । कतिपय भूमिगत रेलमार्गमा खतरनाक डुवानको स्थिति देखिएको थियो । अन्डरपास गर्ने मार्गहरुमा २ मिटरसम्म पानी जमेपछि केही चालकलाई उद्धार गरेर बाहिर निकालिएको अधिकारीहरुले जनाएका छन् । बाढीका कारण राष्ट्रपति कार्यालय ह्वाइट हाउससमेत प्रभावित बनेको थियो । नेसनल आर्काइभ्स भवनमा पानी परेपछि बिजुली आपूर्ति अवरुद्ध भएको थियो । र त्यहाँ राखिएका ऐतिहासिक अभिलेखहरु भने सुरक्षित रहेको बताइएको छ । मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ । प्रहरीले मानिसलाई बाढी पसेका सडकमा नआउन सचेत गराएको छ ।

    त्यस्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वासिङ्टनस्थित वेलायती राजदूत सर किम डोरोचसँग आफूहरुले व्यवहार नगर्ने बताएका छन् । बेलायती राजदूत किमले ट्रम्प प्रशासनको आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले अब उहाँमाथि आफूले कुनै व्यवहार नगर्ने बताएका हुन । आफ्ना केही इमेल लिक भएपछि राजदूत किमले अमेरिकी ट्रम्प प्रशासनलाई अकुशल र अयोग्य भन्दै आलोचना गरेका थिए । बेलायती राजदूतको भनाइलाई लिएर आक्रोसित बनेका ट्रम्पले ट्वीट गर्दै बेलायती प्रधानमन्त्री टेरिजा मेको पनि आलोचना गरेका छन् । उनले बेलायतले नयाँ प्रधानमन्त्री पाउने कुरा ‘सुखद समाचार’ भएको टिप्पणीसमेत गरेका छन् । बेलायती प्रधानमन्त्री मे ले राजदूत किममाथि पूरै भरोसा रहेको प्रतिक्रिया दिएका थिए । यसैबीच बेलायती प्रधानमन्त्रीका प्रवक्ताले ईमेल लिक प्रकरणलाई अस्वीकार्य भएको बताएका छन् ।

    उनले यस बारेमा प्रधानमन्त्री कार्यालयले ह्वाइट हाउससँग सम्पर्क गरेको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पले लिक भएका ईमेलबारे आफ्नो प्रतिक्रिया यसअघि नै दिइसकेका छन् । उनले आफू बेलायती राजदूत किमको ठूलो प्रसंशक नरहेको र उनले बेलायतको राम्रो सेवा नगरेको बताएका थिए । उनले राजदूत किमप्रति अमेरिकामा कोही पनि खुसी नभएको बताएका थिए । तर बेलायती प्रधानमन्त्री मे ले भने राजदूत किमको बचाउ गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेलायती प्रधानमन्त्रीको आलोचना गरेका हुन । राजदूतलाई समर्थन गरेकोमा मेप्रति आक्रोस पोख्दै ट्रम्पले ब्रेक्जिट मामिलामा भद्रगोल निम्त्याइएको बताएका छन्

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ