• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मन्त्रिपरिषद् बैठकमा लफडा, आपूर्ति मन्त्री मातृका यादव बैठक नै छोडेर हिडे

    13.2K
    SHARES

    काठमाडौं । बिहान ७ बजेबाट सिंहदरवारमा जारी मन्त्रिपरिषद् बैठकमा लफडा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव मन्त्रिपरिषदको बैठकको बीचमै बाहिरिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको बेला मन्त्री यादव बैठक नसकिँदै बाहिरिएका हुन् । सुरुमा आफु बैठकमा जाँदै नगएको बताएका मन्त्री यादवले आफु अर्कै काम परेर निस्किएँको प्रतिक्रिया दिएका छन् ।आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

    बिषादी परिक्षणको बिषयलाई लिएर मन्त्रिपरिषद् बैठकमै लफडा भएको सिंहदरवार स्रोतले बतायो । यसअघि सोमबार तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्नेबारे सरकारले गरेको निर्णयमा आपूर्तिमन्त्री मात्रिका यादवले माफी मागेका थिए । उनले यस सम्बन्धमा सबै कुराको जिम्मेवारी आफूले लिने बताउँदै यदि कसैलाई सन्तोष नै लिन पर्ने भए आफूलाई थप्पड हान्न पनि आग्रह गरेका थिए । उनले आफूलाई प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवहरुले डुबाएको पनि खुलासा गरेका थिए। आफूलाई गुमराहमा राखेर पूर्वाधार भए नभएको नहेरी भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको दावी उनको छ । पछि पूर्वाधार नभएको थाहा पाएपछि यो निर्णय फिर्ता गर्नुपरेको उनको भनाई थियो ।

    उनले प्रधानमन्त्री वा अरु कसैको पत्र वा दबावमा निर्णय फिर्ता नलिएको पनि बताएका थिए । मंगलबार भने मन्त्रिपरिषद्को बैठको बीचबाटै उठेर हिडेपछि त्यहि बिषयलाई लिएर लफडा भएको बुझिन्छ । मन्त्री यादवले नेपालमा तरकारी तथा फलफूलको विषादी परिक्षण गर्ने पूर्वाधार नभएका कारण नै यो निर्णय गरेको दावी गर्दै माफी मागे पनि अर्का कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले भने नेपालमा प्रयाप्त पूर्वाधार रहेको दावी गरेका छन् । यसैबीच मन्त्री यादवका छोरा रविकिरण यादवले भने संसदमा जवाफ दिनुपर्ने भएकाले त्यसको तयारीका लागि उनी बाहिरिएको बताएका छन् ।सुरुमा मन्त्री यादवले आफू मन्त्रिपरिषद बैठकमा जाँदै नगएको बताएका थिए । तर, तपाईं गएर बीचमै बाहिरिनु भएको होइन र ? भन्ने प्रश्न गरेपछि मात्रै उनले आफू बैठकमा गएको तर धेरैबेर नबसेको स्वीकारेका थिए ।

    प्रतिक्रिया