• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    एकाबिहानै मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी, यस्तो छ ओलीले एकाएक वैठक बोलाउनुको कारण

    10.3K
    SHARES

    काठमाडौं । सिंहदरबारमा एकाबिहानै मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको छ । आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षण फिर्ताको निर्णयले आलोचित बनेपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।  प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भने बैठक नियमित भएको बताएका छन् । यसअघि सोमबार साँझ पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । सो बैठकमा मन्त्रीहरूको रिपोर्टिङ सुनेका प्रधानमन्त्रीले मंगलबार बिहानको बैठकबाट यसबारे ठोस निर्णय लिने अनुमान गरिएको छ । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्दै आएको छ । बैठकका निर्णय एक सातापछि सार्वजनिक गर्ने गरिएको छ ।

    राजपत्रमा सूचना प्रकाशित गरी सरकारले आयातीत तरकारीको तथा फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्र्याउन निर्णय गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ गर्‍यो । तर, वाणिज्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विषादी परीक्षण स्थगित गर्‍यो । प्रयोगशाला अभावमा विषादी परीक्षण स्थगित गरिएको भनिए कृषि मन्त्री चक्रपाणि खनालले संसद्मै प्रयोगशाला अभाव नरहेको जवाफ दिएका थिए । पछि भारतीय दबावमा रोकिएको सार्वजनिक भएपछि सरकार आलोचित बनिरहेको छ ।

    नियमति बैठक भनिए पनि बैठकके के निर्णय गर्छ भन्ने चासोको बिषय बनेको छ । सोमबार साझ नै प्रधानमन्त्रीले मंगलबार बिहानै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको समाचार बाहिरिएपछि अन्य राजनीतिक दलहरुले पनि विभिन्न अड्कल लगाएका छन् । यसैबच भारतबाट आउने तरकारी तथा फलफूलमा विषादीको मात्रा चेकजाँच गर्नबाट ओली सरकार पछि हटेपछि विद्रोही नेपाल कम्युनिष्ट पार्टीले कडा आपत्ति जनाएको छ । उक्त पार्टीका झापा जिल्लासेक्रेटरी मनिसले सोमबार विज्ञप्ति जारी गर्दै  कुनै पनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारीजन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह गरेको छन् ।

    सेक्रेटरी मनिसले देश यतिबेला राजनीतिक हिसाबले सर्वाधिक संकटमा फसिरहेको भन्दै सरकारमा विदेशी शक्ति केन्द्रहरुले आफ्ना प्रतिनिधिहरु खडा गरेर आफ्नो हितमा काम गर्न लगाइरहेको दावी गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘देश यतिबेला राजनीतिक हिसाबले सर्वाधिक संकटमा फसिरहेको छ । सरकारमा विदेशी शक्ति केन्द्रहरुले आफ्ना प्रतिनिधिहरु खडा गरेर आफ्नो हितमा काम गर्न लगाइरहेका छन् भने यता जनताको माँझमा रहेर क्रान्ति गरिरहेको हाम्रो पार्टीलाई प्रतिबन्धित गरेको छ ।’ कथित दुई तिहाईको हवाला दिँदै केपी–पिके–बादल मण्डली प्रत्यक्ष अप्रत्यक्ष रुपमा विदेशी शक्ति केन्द्रहरुकै अनुकुलतामा एकपछि अर्को निर्णय गर्दै असली दलालमा परिणत भएको स्वयं आफैंले प्रमाणित गरेको विज्ञप्तिमा उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ -‘कथित दुई तिहाईको हवाला दिँदै केपी–पिके–बादल मण्डली प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनिहरुकै अनुकुलतामा एकपछि अर्को निर्णय गर्दै असली दलालमा परिणत भएको स्वयं आफैंले प्रमाणित गरेका छन् । यसको पछिल्लो उदाहरण नेपाली किसान दाजुभाई दिदीबहिनीहरुलाई निरास पार्दै र आम नेपाली जनताको स्वास्थ्यमाथि प्रत्यक्ष गम्भीर खेलबाड गर्ने गरी खाद्य तथा गुण नियन्त्रण विभागले भारत तथा तेस्रो मुलुकबाट आउने फलफूल, तरकारी तथा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने क्याफिनयुक्त पेय पदार्थ ‘फ्लेवर सिन्थेटिक ड्रिंक्स जुस’ भित्रिएको र त्यसको उपयोग हानिकारक भएको प्रमाणसहित बताइरहँदा केही दिनअघि विदेशी दलालहरुको दबाब थेग्न नसकेर कथित दुई तिहाईको मन्त्री परिषदको बैठक र प्रधानमन्त्री ओलीको ठाडो आदेशमा बिना चेकजाँच विषादीयुक्त तरकारी, फलफुल लगायतका खाद्य पदार्थ भित्र्याउन आदेश दिएको छ ।’

    नेकपाले उक्त जनविरोधी निर्णयको कडा शब्दमा घोर निन्दा तथा भत्र्सना गर्दै आम झापाली जनसमुदाय, किसान, मजदुर, बुद्धिजीवी, पत्रकार लगायतलाई दलाल सरकारको आपत्तिजनक निर्णयका बिरुद्ध संघर्षमा उत्रिनसमेत अपिल गरेको छ । साथै सम्पूर्ण व्यवसायीमा कुनै पनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारीजन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न नेकपाले आग्रह गरेको छ । आफूहरुको आग्रहलाई अटेर गरी जबर्जस्ती विषादीयुक्त फलफुल, तरकारी लगायतका कुनै पनि खाद्य सामग्री भित्त्राउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाहीका साथै प्रतिवाद गर्ने नेकपाको चेतावनी छ । र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित पक्ष आफैं हुने पनि विज्ञप्तिमा उल्लेख छ ।

    मनिसले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो जिल्ला पार्टी उक्त जनविरोधी निर्णयको कडा शब्दमा घोर निन्दा तथा भत्र्सना गर्दै आम झापाली जनसमुदाय, किसान, मजदुर, बुद्धिजीवी, पत्रकार लगायतलाई दलाल सरकारको यो आपत्तिजनक निर्णयका बिरुद्ध संघर्षमा उत्रिनसमेत अपिल गर्दछ । साथै सम्पूर्ण व्यवसायी मित्रहरूमा कुनै पनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह गरिन्छ । अन्यथा यस सुचनालाई अटेर गरी जबर्जस्ती विषादीयुक्त फलफुल, तरकारी लगायतका कुनै पनि खाद्य सामग्री भित्त्राउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाही साथै प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित पक्ष आफैं हुने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

    हेर्नुहोस् विज्ञप्ति
    देश यतिबेला राजनीतिक हिसाबले सर्वाधिक संकटमा फसिरहेको छ । सरकारमा विदेशी शक्ति केन्द्रहरुले आफ्ना प्रतिनिधिहरु खडा गरेर आफ्नो हितमा काम गर्न लगाइरहेका छन् भने यता जनताको माँझमा रहेर क्रान्ति गरिरहेको हाम्रो पार्टीलाई प्रतिबन्धित गरेको छ । कथित दुई तिहाईको हवाला दिँदै केपी–पिके–बादल मण्डली प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनिहरुकै अनुकुलतामा एकपछि अर्को निर्णय गर्दै असली दलालमा परिणत भएको स्वयं आफैंले प्रमाणित गरेका छन् ।

    यसको पछिल्लो उदाहरण नेपाली किसान दाजुभाई दिदीबहिनीहरुलाई निरास पार्दै र आम नेपाली जनताको स्वास्थ्यमाथि प्रत्यक्ष गम्भीर खेलबाड गर्ने गरी खाद्य तथा गुण नियन्त्रण विभागले भारत तथा तेस्रो मुलुकबाट आउने फलफूल, तरकारी तथा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्याउने क्याफिनयुक्त पेय पदार्थ ‘फ्लेवर सिन्थेटिक ड्रिंक्स जुस’ भित्रिएको र त्यसको उपयोग हानिकारक भएको प्रमाणसहित बताइरहँदा केही दिनअघि विदेशी दलालहरुको दबाब थेग्न नसकेर कथित दुई तिहाईको मन्त्री परिषदको बैठक र प्रधानमन्त्री ओलीको ठाडो आदेशमा बिना चेकजाँच विषादीयुक्त तरकारी, फलफुल लगायतका खाद्य पदार्थ भित्र्याउन आदेश दिएको छ ।’

    मनिसले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो जिल्ला पार्टी उक्त जनविरोधी निर्णयको कडा शब्दमा घोर निन्दा तथा भत्र्सना गर्दै आम झापाली जनसमुदाय, किसान, मजदुर, बुद्धिजीवी, पत्रकार लगायतलाई दलाल सरकारको यो आपत्तिजनक निर्णयका बिरुद्ध संघर्षमा उत्रिनसमेत अपिल गर्दछ । साथै सम्पूर्ण व्यवसायी मित्रहरूमा कुनै पनि बहानामा जनताको स्वास्थ्यमा गम्भीर खेलबाड हुनेगरी विषादीयुक्त फलफुल तथा तरकारी जन्य खाद्य सामग्रीहरु नभित्र्याउन र बिक्रीवितरण नगर्न आग्रह गरिन्छ । अन्यथा यस सुचनालाई अटेर गरी जबर्जस्ती विषादीयुक्त फलफुल, तरकारी लगायतका कुनै पनि खाद्य सामग्री भित्त्राउने तथा बिक्रीवितरण गरेको पाइएमा कडा भन्दा कडा कारबाही साथै प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न परिणामको जिम्मेवार सम्बन्धित पक्ष आफैं हुने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।

    प्रतिक्रिया