• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्थानीय निकायमा नेकपाको तालाबन्दी जारी, कहाँ-कहाँ किन लगाइयो ताला ?

    5K
    SHARES


    महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टीले सोमबार पनि सुदुर तथा मध्यपश्चिमका विभिन्न स्थानीय निकायमा तालाबन्दी गरेको छ । देशमा ब्याप्त भ्रष्ट्राचार, महँगी, कालोबजारी र आफ्नो पार्टीमाथि लागेको प्रतिबन्धको बिरुद्धमा उत्रिएको उक्त पार्टीले सोमबार पनि सुदूरपश्चिमका ५६ स्थानीय निकायमा तालाबन्दी गरेको छ । आइतबार मात्रै सुदूरपश्चिमका ९८ स्थानीय निकायमा तालाबन्दी गरेको नेकपाले सोमबार पनि आफ्नो तालाबन्दी अभियान जारी राखेको हो । नेकपा सेतिमहाकाली ब्युरोले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार सोमबार वैतडीमा ३५, बझाङ १७, बाजुरा २ र डोटीमा २ गरी ५६ स्थानीय तहमा तालाबन्दी भएको छ ।

    देशमा सामाजिक भ्रटाचार बढदै गएको, बर्तमान सरकार जनताको सरकार नभई दलाल र पुजिबाद्को सरकार भएको, आफ्ना निदोर्ष कार्यकर्तालाई पक्राउ गरी बिनाकारण मुद्धा लगाएको र जताको पक्षमा वकालत गरीरहेको आफ्नो पार्टिलाई प्रतिबन्ध लगाएको भन्दै त्यसको बिरुद्धमा सुदूरपश्चिमका सबै स्थानीयतहमा तालाबन्दी गरिएको नेकपा केन्द्रीय सदस्य केन्द्रीय मुकेशले संचारकेन्द्रलाई बताए ।

    ‘दलाल सत्ताले स्थानीय स्तरमा एकातिर जनतालाइ अचाकली करको भारी बोकाएको छ भने अर्कोतिर बिदेशी रीननको बजेटमा आफै जनप्रतिनिधि आफै ठेकादार बनी भ्रष्टाचारलाई नीतिगत रुपमै संस्थागत गरेको छ।’ उनले भने – ‘देशमा प्रतिबन्धको सुरुङ्गबाट युद्ध लाद्ने खेलमा सत्ताधारीहरु अगाडी बढिरहेका छन्। त्यसकै काउन्टरमा चेतावनीस्वरुप संघर्षको यो रुप अपनाइएको हो । आज हामीले सबै स्थानीय निकायमा तालाबन्दी गरेका छाै‌ ।’

    यस्तै यता नेकपा भेरीकर्णाली ब्यूरोको आयोजनामा कर्णाली प्रदेश अन्तरगत रहेका कालिकोट जिल्लामा आइतबार राति नेकपाका कार्यकर्ताहरुले एकैरात सबै स्थानीय तहमा तालाबन्दी गरेको छ । तालाबन्दी गरिएका कार्यालयहरुमा ‘दलाल पुँजीवादी संसदीय व्यवस्था अन्त्य गरौं ! सामाजिक दलाल पुँजीवादी सरकार खारेज गरौं !!’ भन्ने नारा लेखिएको उक्त पार्टीको अपिल पर्चा समेत भेटिएको छ ।

    अपिलमा भनिएको छ, ‘कम्युनिस्टको खोल ओढेको समाजिक दलाल पुँजीवादी सरकारले प्रतिक्रियावादी, पतनउन्मुख र मरणासन्न संसदीय व्यवस्थालाई संस्थागत गर्न नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धमात्र लगाएन, देशमा हत्या र आतंकसमेत सृजना गरेको छ । पछिल्लो समयमा यो सरकारले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको यहि ०७६ साल असार ५ गते गोली हानी हत्या गरेको छ । गत जेठमा भोपुर जिल्लामा तिर्थ घिमिरेको गोलीहानी हत्या गरेको थियो । केपी ओलीको नेतृत्वमा सरकार बनेदेनि अहिलेसम्म करिव पाँच सय बढी नेता र कार्यकर्ताहरु गिरफ्तार गरिएका छन् ।’

    विगतको निरन्तरतामा कथित कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमा बनेको सरकारले ठुलठुला राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचारी कामहरु गर्दै आएको र देशमा औद्योगिकरण गरी समृद्धिको बाटोमा लैजानुपर्ने माथिल्लो कर्णाली, अरुण ३, माथिल्लो मस्र्याङ्दी लगायत तमाम परियोजनाहरु विदेशी एकाधिकारवादी माफियाहरुलाई दिर्ईएको पनि उक्त अपिलमा उल्लेख छ । विदेशी एकाधिकारवादी माफिया कम्पनी एनसेलले राज्यलाई तिर्नु पर्ने ७२ अर्व रुपैया तिर्न नपर्ने भन्दै संसदवादी पार्टीका नेताहरु हिडिरहेको भन्दै यसको पछाडि रहेको मुख्य कारण अहिलेको संसदवादी सत्ताले राष्ट्रघाती सहमति गरेर माफियाहरुबाट खाएको कमिसन रहेको दावी अपिलमा छ ।

    यस्तो छ अपिल
    कम्युनिस्टको खोल ओढेको समाजिक दलाल पुँजीवादी सरकारले प्रतिक्रियावादी, पतनउन्मुख र मरणासन्न संसदीय व्यवस्थालाई संस्थागत गर्न नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धमात्र लगाएन, देशमा हत्या र आतंकसमेत सृजना गरेको छ । पछिल्लो समयमा यो सरकारले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको यहि ०७६ साल असार ५ गते गोली हानी हत्या गरेको छ । गत जेठमा भोपुर जिल्लामा तिर्थ घिमिरेको गोलीहानी हत्या गरेको थियो । केपी ओलीको नेतृत्वमा सरकार बनेदेनि अहिलेसम्म करिव पाँच सय बढी नेता र कार्यकर्ताहरु गिरफ्तार गरिएका छन् ।

    विगतको निरन्तरतामा कथित कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमा बनेको सरकारले ठुलठुला राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचारी कामहरु गर्दै आएको छ । देशमा औद्योगिकरण गरी समृद्धिको बाटोमा लैजानुपर्ने माथिल्लो कर्णाली, अरुण३, माथिल्लो मस्र्याङ्दीलगायत तमाम परियोजनाहरु विदेशी एकाधिकारवादी माफियाहरुलाई दिर्ईएको छ । विदेशी एकाधिकारवादी माफिया कम्पनी एनसेलले राज्यलाई तिर्नु पर्ने ७२ अर्व रुपैया तिर्न नपर्ने भन्दै संसदवादी पार्टीका नेताहरु हिडिरहेका छन् ।

    यसको पछाडि रहेको मुख्य कारण के हो भने अहिलेको संसदवादी सत्ताले राष्ट्रघाती सहमति गरेको र माफियाहरुबाट कमिसन खाएको छ, भ्रष्टाचार गरेको छ । हाम्रो पार्टीले राज्यलाई कर तिर्न दवाव दिंदै यो कम्पनीमाथि कार्यवाही गरेपछि सरकारले गरेको राष्ट्रघातको पर्दाफास गर्दै यो कम्पनीले कर तिर्न नपर्ने भनि नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरिसकेको छ ।

    देशमा अहिले व्यापक रुपमा भ्रष्टाचार, महंगी, चर्को कर असुली व्याप्त छ । जनताकोलागि सार्वजनिक विकाश गर्नुपर्ने रकम व्यक्तिगत मुनाफाकालागि दुरुपयोग गरिएको छ, लघुवित्त तथा वित्तिय संस्थाहरु खडागरी ती संस्थामार्फत पुँजीपतिको पैसा लगानी गरिएको छ र जनताको घरखेत निलालमात्र गरिएको छैन, तमाम नागरिकले आत्महत्या गरिसकेका छन् र केही वेपत्ता पारिएका छन् । बजेटको विनीयोजन, विकाशका कामहरु र रोजगारीको अवसरमा नातावाद हावी छ, कथित जनप्रतिनिधिहरुको एकाधिकार रहेको छ र समाजमा बैंक, वित्तिय संस्था र स्वघोषित महंगो भाडाका डोजरहरुको आतंक चलेको छ । जमिनमाथि भुमाफियाको पकड बन्दै गइरहेको छ, जनता दिनप्रतिदिन सुकुम्बासी बन्दै गइरहेका छन् ।

    शिक्षा तथा स्वास्थ्यमा हुने व्यापारिकण सरकारको कर असुली र कमिशनखोरीको साथसाथै तिव्रताकासाथ बढिरहेको छ र जनताको हाडमासु गल्ने गरी महंगीएको छ । कथित वैज्ञानिक बनका नाममा देशको हरियो वन फँडानी गरी काठ तस्करहरु, सरकारी अखडाहरु मोटाउने काम भएको छ तर जनताले आधारभूत उपयोग गर्नसमेत पाएका छैनन् । राज्यको मिलोमतोमा देशको पर्यावरण विथोल्ने गरी गिट्टी, बालुवा, ढुंगाको दोहन गरिएको छ । त्यसले केवल माफिया मोटाउने गरेका छन् । सर्वसाधारण जनताको कुनै पनि हित हुने गरेको छैन ।

    यसप्रकारका वेथितिको मुहान भनेको नेपालको संसदीय दलाल पुँजीवादी व्यवस्था हो । यो व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न, वर्तमान विकृतिको अन्त्य गरी जनतामा राहत दिन संघर्ष गर्ने हाम्रो पार्टीका विरुद्ध कथित प्रतिबन्ध थोपरिएको छ, र राज्य आतंक मात्र होइन हत्याका श्रृखलासमेत थोपरिएको छ । यसप्रकारको राज्य आतंक, हत्या, दमन र वेथिपतको कडा प्रतिवाद गर्न सम्पूर्ण जनतामा हाम्रो पार्टी अपिल गर्दछ । जवसम्म संसदीय दलाल पुँजीवादी व्यवस्था देशमा रहन्छ, तवसम्म त्यसले बहुसंख्यक नेपाली जनताको हित गर्न सक्दैन । राष्ट्रिय पुँजीको विकाश गर्न सक्दैन र देशको उन्नति पनि हुन सक्दैन ।

    जवसम्म दलाल संसदीय व्यवस्था समाजमा रिहरहन्छ तवसम्म जनताबाट निर्वाचित प्रतिनिधिहरु वास्तविक रुपमा जनताका प्रतिनिधि नभएर दलाल पुँजीवादी वर्गका प्रतिनिधि हुन पुग्छन् । तसर्थ दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाकालागि सम्पुर्ण जनता संघर्षमा जुटौं । दलाल पुँजीवादी सत्ताका आधारहरु तथा समाजिक दलाल पुँजीवादी सरकारका अखाडाहरुमा तालाबन्दी गरौं । देशबाट प्रतिक्रियावादी सत्ता खारेज गरौं, गाउँ नगरबाट पुरानो सत्ता खाली गराऔं ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ