• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    Breaking काठमाडौंमा भूकम्पको शक्तिशाली धक्का, स्थानीयको भागाभाग

    18K
    SHARES

    काठमाडौं । काठमाडौंमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । शनिबार दिउँसो ४ बजेर १५ मिनेटको आसपासका भूकम्पको कडा धक्का महसुस गरिएको हो । भूकम्पले हल्लाएपछि राजधानीवासीहरु सडकमा गएका छन् । स्थानीयवासीको एकछिन भागाभाग भएको थियो । भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले सन्चारकेन्द्रलाई जानकारी दिए । भूकम्प गएलगत्तै उपत्यकामा बर्षा भइराखेको छ।  बिस्तृत बिबरण आउन बाँकी छ । ०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पहरु आइराखेका छन्। उक्त शक्तिशाली भूकम्पको धक्कापछि उपत्यकाबासी त्रसित बनेका छन ।

    अझै किन सक्रिय भएन मनसुन ?, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
    असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन। न्यूनचापीय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ। मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाकी मौसमविद् विभूति पोखरेलले बताइन्।

    ‘मनसुन ट्रस्ट भारतको मध्य भू–भागमै रहेको छ। उक्त ट्रस्ट विस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने छ’, मौसविद् पोखरेलले भनिन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

    आइतबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।सोमबार देशैभरि आंशिकदेखि सामान्य बद्ली रही एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबै भन्दा धेरै नेपालगञ्जको अधिकमत तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ