• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    रंगमतीले संसद बैठकमै प्रधानमन्त्रीलाई गरिन यस्तो अफर, भन्छिन- ‘मेरो स्कुटरमा बसेर सगै जाँउ’

    17K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न अफर गरेकी छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अवस्था आइसकेको भन्ने अभिव्यक्ति दिएकापछि त्यसको जवाफमा कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् । बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म जाऊँ । मास्क लगाउन पर्छ कि पर्दैन हेरौं ।’ प्रधानमन्त्रीले मास्क लगाउन पर्दैन भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको विरोधमा उनले यस्तो आग्रह गरेकी हुन् । मास्क लगाउनु नपर्ने प्रधानमन्त्रीको अभिव्यक्तिको सामाजिक सन्जालहरुमा पनि तीव्र विरोध भइरहेको छ ।

    प्रधानमन्त्री ओलीले यस वर्षदेखि काठमाडौंमा मानिसहरु माक्स नलगाई हिँड्न थालेको बताएका थिए। गत साल माक्स लगाएर हिँडे पनि यस वर्षदेखि नलगाई हिँड्न थालेको प्रधानमन्त्रीको दाबी छ । मंगलबार प्रतिनिधिसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने–‘माक्स खोलेर हिँड्ने कुरो साथीहरुले गर्नुभो । पोहोर साल माक्स लाएर हिँड्नुहुन्थ्यो, अहिले त आफैं नलाई हिँड्नुभएको छ । अरु केही प्रमाणै चाहिँदैन ।’ सरकारले काठमाडौंलाई धूलोमुक्त बनाउने र उपत्यका बाहिरबाट आउने सवारी साधनहरुलाई सफा गरेरमात्रै भित्र छिर्न दिने सरकारको नीति रहेको प्रधानमन्त्री ओलीले बताए ।

    प्रधानमन्त्री ओलीले काठमाडौं शहरको सफाइ योजनाबारे जानकारी दिँदै भने, ‘हामीले अब सफा कसरी–कसरी गर्छौं पनि भनेका छौं । बाहिरबाट धुलोसहित आउने गाडीहरुलाई अटोमेटिक सफाइ केन्द्रहरु बनाएर, त्यसबाट सफा बनाएर मात्रै भित्र ल्याउने जस्ता प्रवन्धहरुसमेतका विधिहरु अपनाएर सफा गर्छौं भनेका छौं । यी काल्पनिक कुराहरु होइनन् ।’ सरकारले काठमाडौंलाई सफा शहरका रुपमा विकास गर्न चाहहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिले नै सफा गरिसक्यौं भन्न नखोजेको स्पष्ट पारे । प्रधानमन्त्रीले संसदमा भने, ‘हाम्रो प्रयास त्यसमा केन्द्रित छ । अहिले हामीले विल्कुल सफा गरिसक्यौं, शहर एकदम धुलोरहित भैसक्यो भन्ने होइन, अहिले केही निर्माण कार्यको पनि छ, केही पुराना अब्लिकेसन्सहरु पनि छन् ।’

    यसैबीच कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा संलग्नलाई प्रहरीले अझै पत्ता लगाउन नसकेको अवस्थामा सत्तारुढ दलकै सांसदले उक्त घटना एउटा ‘अपवाद’ रहेको बताएका छन् । राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मुख्य सचेतक एवं सांसद खिमलाल भट्टराईले निर्मला पन्तको नाम नलिइकन ‘कञ्चनपुर घटना’का रुपमा उक्त घटनालाई ‘अपवाद’का रुपमा प्रस्तुत गरे । उनले देशमा शान्ति सुरक्षाको अवस्था सरकारले मजबुत तुल्याएको दावी गर्दै कञ्चनपुर घटना ‘अपवाद’का रुपमा रहेको बताएका हुन् ।

    उनले भने, ‘शान्ति सुरक्षाको क्षेत्रमा एउटा अपवाद घटना, हामी सबैलाई मन रुवाउने एउटा घटना, कञ्चनपुरको घटना, हामी सबैलाई दुःख लागेको छ, तर कारण छ, त्यसमा पनि । त्यसमा पनि कारण छ ।’ उनले त्यस्तो कारण के हो भन्नेबारे केही खुलाएनन् । सरकार भ्रष्टाचार अन्त्य गर्न केन्द्रीत रहेको दावी गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी, विशिष्ट व्यक्तिहरु राजीनामा बोकेर भाग्नु परेको अवस्था आएको बताए । विवादित फैसलामा मुछिएका न्यायाधीशहरु बर्खास्त भएका उदाहरण पनि उनले दिए ।

    यस्तै नेपाली कांग्रेसका अर्का सांसद जीतेन्द्र देवले बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य गर्नुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभामा बजेट छलफलमा भाग लिँदै उनले बजेट निर्माणमा अर्थ मन्त्रालयको एकाधिकार अन्त्य नगरेसम्म बजेट प्रभावकारी नहुने दावी गरे । ‘बजेट निर्माणमा अर्थ मन्त्रालयको जुन दादागिरी र एकाधिकारलाई अन्त्य गर्नुपर्छ’ उनले भने ‘यो पोलिसी सिफ्ट प्राप्त गर्नुपर्छ, बजेट निर्माणको सन्दर्भमा प्रधानमन्त्री कार्यालय सक्रिय हुनुपर्छ ।’ पूर्वमन्त्रीसमेत रहेका नेता देवले बजेट निर्माणमा अर्थ मन्त्रालयबाहेकका मन्त्रालयलाई पनि भूमिका दिनुपर्ने बताए ।

    ‘अर्थ मन्त्रालय राजा मन्त्रालय भइरहेको छ । अरु मन्त्रालयलाई जे दाम दिन्छ, जे दक्षिणा दिन्छ, अरु मन्त्रालय बाँच्नुपर्ने अवस्था छ’ उनले भने । अर्थ मन्त्रालयको एकाधिकार तोड्ने र मुख्य मुख्य योजनामा प्रदेश सरकारको धारणा लिने दुई वटा नीतिगत परिवर्तन (पोलिसी सिफ्ट) नभएसम्म बजेटको अर्थ नहुने नेता देवले बताए । ‘प्रदेश सरकारलाई केन्द्र सरकारले बजेट निर्माणको सन्दर्भमा कमसे कम मेगा प्रोजेक्टमा धारणा लिनुपर्छ’ उनले भने ‘यो दुई पोलिसी सिफ्टमा नजाने हो भने हामी कहिँ पुग्दैनौं, हामी प्रतिपक्षी पक्षका आउछौैं, विरोध गर्छौं, सत्तापक्षले समर्थन गर्छ, तर देशको जहाँको तहीँ रहन्छ ।’

    नेता देवले बजेट विनियोजनमा अहिलेको मनलाग्दी प्रवृत्ति अन्त्य गर्नुपर्ने पनि उनले बताए । ‘प्रधानमन्त्रीलाई जहाँ मन लाग्यो बजेट लैजाने, गृहमन्त्रीलाई जहाँ मन लाग्यो बजेट लैजाने, अर्थमन्त्रीलाई जहाँ मन लाग्यो बजेट लैजाने ? र यी पावर सेन्टरहरुसँग जो माननीयको अप्रोच छ, जुन तलका मान्छेको अप्रोच छ, उनीहरुले अलि अलि लिएर जाने, यही हो के बजेट विनियोजनको सैद्धान्तिक अवधारणा ?’ उनले प्रश्न गरे ‘कुन मुलुकमा यस्तो भइरहेको छ ? जुन मुलुकमा यस्तो भइरहेको छ, त्यो ब्याकवार्ड कन्ट्री हो ।’ बजेट निर्माणमा क्रमभंगता ल्याउनुपर्ने उनले बताए । ‘यी विषयमा क्रमभंगता नल्याउने हो भने चल्ते चलाते हिसाबमा समाजवादमा पुगिदैन’ नेता देवले भने ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ