• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    स्कुलमै भेटियो २ वटा बम, नेपाली सेनाको डिस्पाेजल टोली जाँदै, प्रहरी घटनास्थलमा

    12.8K
    SHARES

    काठमाडौं । हुम्लाको एउटा विद्यालयमा २ वटा बम भेटिएको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका-५ ताक्लामा रहेको बागेश्वरी आधारभूत विद्यालयमा दुईवटा सकेट बम भेटिएको दोजाम प्रहरी चौकीले पुष्टि गरेको छ । बुधबार बिहान बागेश्वरी विद्यालयको खेल मैदान निर्माण गर्ने क्रममा ढुंगाको आडमा राखिएको अवस्थामा सकेट बम भेटिएको सोही विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार बिहान विद्यालय अगाडिको खेलमैदान मर्मत गर्ने क्रममा अचानक शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि विद्यालयले ठेहे प्रहरी चौकीलाई खबर गरेर काम स्थगन गरिएको थियो । खबर पाएपछि दोजाम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सिन्तामोणी पोखरेलको टोलीले निरीक्षण गर्दा पुराना दुईवटा सकेट बम रहेको प्रहरीले पुष्टि गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार अहिले उक्त बम निस्क्रिय पार्न सिमकोटबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको बताए । सकेट बम भेटिएको क्षेत्रमा स्थानीयलाई आवतजावतमा रोक लगाइएको छ । बम कसले र किन राख्यो भन्नेबारे अहिलेसम्म केहि जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी बनेर ठगी गर्ने दुई युवकलाई पक्राउ गरेको छ।ताराखोला गाउँपालिका ३ का २४ वर्षीय अम्मर खत्री र बागलुङ नगरपालिका ३ का २१ वर्षीय रुपेश रुचालले नक्‍कली प्रहरी बनेर बागलुङ बजार नजिकै गाडी चालकबाट पैसा असुली गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    गत असार १६ र १७ गते बागलुङ नगरपालिका-६ धारापानी मसरामा यातायातका साधन रोकी चेकजाँच गर्ने र रकम असुल गरेकाले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झपिन्द्र प्रसाद भट्टराईले जानकारी दिए। खत्री र रुचाललाई सिभिल पोसाकमा बसी गाडी चेकजाँच गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। स्थानीयले दिएको जानकारीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग विवाद र हातपात समेत भएको भट्टराईले बताए। खत्री र रुचालविरुद्ध प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया