• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    आफ्ना नेताबिरुद्ध पक्राउ पूर्जी जारी भएपछि अखिल क्रान्तिकारी आक्रोशित, दियो यस्तो चेतावनी

    7.1K
    SHARES

    काठमाडौं । प्रहरीले आफ्ना केन्द्रिय सदस्य शंकर महराको घरमा पक्राउ पूर्जी टाँस गरेपछि अखिल क्रान्तिकारी आक्रोशित बनेको छ । क्रान्तिकारी महाकाली ब्यूरो संयोजक बिरेन्द्र शाहले मंगलबार एक विज्ञप्ति जारी गर्दै झुठो मुद्दा बनाएर पक्राउ पूर्जी टाँसिएको भन्दै आपत्ति जनाएका छन् । साथै सरकारको उक्त कदमको निन्दा एवं भत्सर्ना गरेका छन् । केन्द्रिय सदस्य महराको भिनपा १५ गोबरियास्थित घरमा पक्राउ पूर्जी टाँस गरिएको भन्दै उनले सरकारको यस्तो कदम असाध्यै निन्दनीय र घृणा गर्न लायक भएको र त्यसको जति निन्दा गरेपनी कम हुने बताएका छन । ३५ दिनभित्र आफै उपस्थित हुन भन्दै जिल्ला अदालत कंचनपुरले जारी गरेको पक्राउ पूर्जी प्रहरीले मंगलबार साँझतिर महराको घरमा टाँसिएको संयोजक शाहलेले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    ओली-बादल कम्पनीले देशमा आतंक मच्चाइरहेको उल्लेख गर्दै उनले बिज्ञप्तीमा अगाडि भनेका छन्- ‘भ्रष्टाचारिहरु, बलात्कारीहरु, करछ्ल्नेहरु ,राष्ट्र विरोधी अपराधीहरुलाई संरक्षण गर्ने र देश र जनताका हकहितका लागि लडने क्रान्तिकारीहरुमाथि दमन, धरपकड, झुठा मुद्दा, गिरफ्तार गरी हत्या गर्ने कुर्कममा कथित कम्युनिष्ट सरकार लागिपरेको छ ।’ सरकारले आफैले बनाएको कानुनको समेत धज्जी उडाएर षड्यन्त्र पुर्वक तरिकाले विद्यार्थी नेतामाथि धरपकडको कुचेष्टा राखेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    साथै उनले यस्ता मानवअधिकार विरोधी , मानिसको अभिव्यक्ति स्वतन्त्रता विरोधी , मानिसको बाच्ने पाउने , लेख्न ,बोल्न र पढ्न पाउने आधिकारका विरुद्धमा गरिएका षड्यन्त्रपूर्ण हर्कत रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यलय , जिल्ला प्रहरी कार्यलय र सम्बन्धित सबैको विशेष ध्यानाकर्षण पनि गराएका छन् । संयोजक शाहले जनविरोधी क्रियाकलापका विरुद्धमा उभिन सम्पुर्ण मानवअधिकारकर्मी, पत्रकार, बुद्धिजीवी र देशभक्त नागरिकलगायत सबै पक्षमा आव्हान समेत गरेका छन् । सम्बन्धित निकायले उक्त झुठो र षड्यन्त्रपूर्ण कदम नरोकिए निर्मम संघर्ष गर्ने चेतावनी समेत विज्ञप्तिमार्फत दिइएको छ ।

    ‘जनविरोधी विरोधी क्रियाकलापका विरुद्धमा उभिन सम्पुर्ण मानवअधिकारकर्मी, पत्रकार, बुद्धिजीवी, देशभक्त नागरिकहरु लगायत सबै आमजनसमुदायमा हार्दिक अपिल गर्दछौं । साथै सम्बन्धित निकायले उक्त झुठो र षड्यन्त्रपूर्ण कदम नरोके निर्मम संघर्ष गर्ने जानकारी यसै प्रेस विज्ञप्तिमार्फत सम्प्रेषण गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया