• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    राजधानीको दक्षिण भागमा शक्तिशाली बम बिस्फोट, ५ जनाको मृत्यु, यस्तो छ थप बिबरण

    11.2K
    SHARES

    काठमाडौँ । पछिल्लो समय देश भित्र होस वा बाहिर शक्तिशाली बम तथा गोली हानाहान जस्ता ठुला घट्नाहरु बढ्दै गईरहेका छन। यस्ता भयानक घटना बढ्दै गईरहेका बेला सुरक्षा निकायलाइ पनि चुनौती बढेको देखिन्छ । यस्ता – यस्तै समाचार बाहिर आईरहेका बेला किर्कुकको किनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी संघीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स आइएस आतंककारी समूहले राखेको बम विस्फोटमा परी पाँचजना संघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र आक्रमणकारीको खोजीकार्यमा लागेको बताइएको छ ।

    इराकी सुरक्षा बलले सन् २०१७ को अन्त्यबाट अतिवादी आइएस आतंककारी समूहलाई देशभरि नै परास्त गरेपछि इराकको सुरक्षा अवस्थामा नाटकीयरुपमा नै सुधार आएको बताइन्छ । यद्यपि, ग्रामीण इलाकामा अझैपनि आइएस आतंककारीहरुले बारम्बार आक्रमण गर्दै आएको पाइन्छ । विश्वका शक्तिशाली देशहरुको चपेटमा परेर होस् वा आफ्नै आन्तरिक युद्धका कारण मानिसहरु शरणर्थी बन्न बाध्य भएका छन् । सन् २०१५ मा सिरियाली बालक एलन कुर्दीको तस्वीर सायद तपाईले बिर्सनु भएको छैन होला । समुन्द्रको किनारामा घोप्टो अवस्थामा तैरिरहेको बच्चाको शव देखेर पूरा संसार रोएको त्यो क्षण हाम्रो दिमागमा अहिले पनि छ ।

    अहिले चार वर्षपछि अमेरिकाबाट यस्तै तस्वीर सार्वजनिक भएको छ । यो तस्वीरमा एक शरणार्थी पिता र उनको टिसर्टमा बेरिएकी उनकी छोरीको शव छ जसले एकपटक फेरि विश्वलाई रुवाएको छ । सेन्ट्रल अमेरिका नजिकै एउटा देश एल साल्भेडरमा बस्ने अस्कर एलबेर्तो मारटिनेज र्यामिरेज र उनकी छोरी वलेरियाको यो तस्वीर एक मेक्सिकेली पत्रिका ला जोर्नडाले छापेको हो । पहिलो पृष्ठमा छापिएको यो तस्वीर मंगलबारको संस्करणमा छापिएको हो जुन केही घण्टामा नै विश्वभर फैलिएको छ । करोडौले सेयर गरिसकेका छन् । घाँसै घाँस भएको एक नदी किनारामा अस्करसँग उनकी छोरी टाँस्सिएकी छिन् ।

    यो अमेरिकी–मेक्सिकन बोर्डर नजिकैको रियो ग्रान्डको दृश्य हो । पत्रिकाको खबर अनुसार र्यामिरेज पछिल्लो लामो समयदेखि आफ्नो परिवारसँग अमेरिका प्रवेश गर्ने कोसिस गरिरहेका थिए । तर उनी असफल रहे । यसै कारण उनी तनावमा थिए । उनी अमेरिकामा बस्न चाहन्थे त्यसकारण त्यहाँ शरण मागिरहेका थिए । आइतबार जब उनी नदी पार गरिरहेका थिए तब केही बेरका लागि किनारामा बसेर आफ्नी श्रीमती पत्नी तानिया वैनेसा ओवलोसलाई प्रतिक्षा गरे । पत्नी नआएपछि उनी लिन भनेर हिडेका बेला उनकी छोरी वेलेरिया पानीमा खसिन् । उनलाई बचाउनका लागि उनी पनि हाम फाले । छोरीलाई बचाउनका लागि उनी बगिरहे । जब छोरीलाई समात्न सफल भए तब उनी यस्तो स्थानमा पुगिसकेका थिए जहाँबाट बाहिर निस्कन मुश्किल थियो ।

    यसैकारण उनी छोरी र आफूलाई बचाउन सकेनन् । तस्वीरमा हेर्दा यस्तो देखिएको छ कि उनले छोरीलाई अन्तिमसम्म अगालो हालेका थिए । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मैनुअल लोपेज़ ओबराडोरले यो घटना एकदमै दुर्भाग्यपूर्ण भएको प्रतिकृया दिएका छन् । अमेरिकाको टेक्ससस्थित सिमाना नजिकको एउटा बन्दी केन्द्रबाट झन्डै २५० आप्रवासी बालबालिकाहरू अन्यत्र सारिएका छन्। त्यहाँ पुगेका कानुन व्यवसायीहरूले बन्दीगृहमा खाना र औषधी अभाव लगायत त्यहाँको कमजोर एवम् भद्रगोलको अवस्थाबारे बोलेका थिए।

    न्यायाधीशहरूले कानुन व्यवसायीहरूलाई अनुगमनको पहुँच दिएपछि बालबालिकाहरूलाई निकै कम ध्यान दिइएको उजागर भएको हो। त्यस्तो नाजुक अवस्थामा बालबालिकाहरूलाई त्यहाँ थुप्रै साता राखिएको थियो। त्यस्ता बन्दीगृहमा गत वर्ष यता छजना बालबालिकाले ज्यान गुमाएका छन्। अनुगमनमा गएका एक कानुन व्यवसायीले बीबीसीलाई बताए अनुसार बालबालिकाहरू यसरी थुनिएका थिए, जहाँ कोठाको बिचमा खुला शौचालय थियो। उनीहरू त्यहीं खाने-सुत्ने गर्थे।

    अनुगमन टोलीमा रहेका विलिमेट युनिभर्सिटीका प्राध्यापक वारेन विनफोर्ड भन्छन्, “त्यहाँ ती बालबालिकाको ख्याल गर्ने कोही थिएनन्। पहिले भण्डारण गृह रहेको ठाउँमा सयौं बालबालिकाहरू राखिएका थिए। ति भिडभाडयुक्त मात्र थिएनन्, त्यहाँ जुम्राको प्रकोप पनि थियो।” अमेरिकी सीमा काट्ने धेरैजसो मध्य अमेरिकी अभिभावकहरूलाई सन् २०१८ मा उनीहरूका बालबालिकाबाट छुट्ट्याइएको थियो। आप्रवासी सम्बन्धी राष्ट्रपति डोनल्ड ट्रम्पको शून्य सहनशीलता नीतिका कारण त्यतिखेर झन्डै तीन हजार बालबालिकाहरू अभिभावकबाट अलग्याइएका थिए।

    आलोचना
    ती क्षेत्र आसपास बस्ने मानिसहरूले समेत बालबालिकाको त्यस्तो दयनीय अवस्था देख्दादेख्दै सहयोग गर्न नपाउनुलाई ‘हृदयविदारक अवस्था’ भनेका छन्। सीमा अधिकारीहरूले एक वक्तव्यमार्फत् ती गृहहरू तोकिएको कामका लागि उपयुक्त नभएको स्वीकार गरेका छन्। तर उनीहरूले आर्थिक स्रोत कमजोर भएकाले त्यस्तो अवस्था आएको तर्क गरेका छन्।

    टेक्ससमा सीमा सुरक्षाकर्मीहरूले यसै साता समेत अध्यागमन प्रणाली छल्दै अमेरिका प्रवेश गर्न खोज्दा सातजना आप्रवासीहरूले ज्यान गुमाएको बताएका छन्। जसमा दुई बालबालिका र एक शिशु छन्। डेमोक्रयाटहरूले संसद्को तल्लो सदनमा ४.५ अर्ब डलर बराबरको एउटा आपतकालीन सीमा सहायता ल्याउन प्रयास गरिरहेका छन्। तर ह्वाइटहाउसले यसअघि नै त्यसविरूद्ध विशेषाधिकार भिटो प्रयोग गर्नसक्ने चेतावनी दिएको छ।

    राजीनामा
    आप्रवासी बालबालिकाहरू राखिने केही बन्दी गृहहरूको अवस्थाका कारण खडा भएको आलोचनात्मक अवस्थाबीच अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका प्रमुखले पदबाट राजीनामा दिएका छन्। कार्यवाहक आयुक्तका रूपमा जन स्यान्डर्सले दुई महिनाअघि मात्र उक्त जिम्मेवारी संहालेका थिए। बिबिसीकी एकजना सम्वाददाता भन्छिन्, “स्यान्डर्सले अर्को साता पद छाड्ने बताएका छन्। उनले कारण खुलाएका छैनन्। तर समाचारहरूका अनुसार मेक्सिकोको सीमामा उत्पन्न भइरहेका सङ्कटको अवस्थाबाट स्यान्डर्स र उक्त निकायका नेतृत्वकर्ताहरू रनभुल्लमा छन्।”

    स्यान्डर्सले त्यस्तो अवस्थाका लागि पैसाको अभाव जिम्मेवार रहेको बताएका छन्। यसैबीच अधिकारीहरूले मङ्गलवार पसल र अनलाइनबाट विक्री गर्न प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका छन्। . अमेरिकाको सबैभन्दा लोकप्रिय इ-चुरोट ब्रान्ड जूल ल्याब्सको उत्पादन क्यालिफोर्नियामै हुन्छ। कम्पनीले प्रतिबन्धमाथि प्रतिक्रिया दिँदै यो निर्णयले मानिसहरूलाई परम्परागत चुरोटमै फर्किन बाध्य पार्ने र “कालो बजारको बिगबिगी बढाउने” बताएको छ। स्यान फ्रान्सिस्कोका मेयर लण्डन ब्रीडलाई कानुनमा हस्ताक्षर गर्न दश दिनको समय छ तर उनले त्यसमा हस्ताक्षर गर्ने सङ्केत गरिसकेकी छन्।

    हस्ताक्षर भएको दिनको सात महिनापछि कानुन कार्यान्वयनमा आउनेछ। तर त्यसविरुद्ध कानूनी लडाइ सुरु हुने विवरणहरू प्रकाशित भएका छन्। भापिङ भनिने इ-चुरोट विरुद्धका अभियानले उत्पादकहरूले सुगन्धित वस्तुहरू उपलब्ध गराएर युवाहरूलाई जानीजानी निशाना बनाएको बताउँछन्। आलोचकहरूले इ-चुरोटको स्वास्थ्यमा पर्ने प्रभावबारे वैज्ञानिक अनुसन्धान गरिनुपर्ने माग गर्दै आएका छन्। भापिङले युवाहरूलाई अन्तत: परम्परागत चुरोटमा जान प्रोत्साहन गर्ने पनि आलोचकको धारणा रहँदै आएको छ।

    यो वर्षको सुरुतिर अमेरिकी खाद्य तथा औषधि नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले एउटा प्रस्तावित दिशानिर्देश जारी गर्दै कम्पनीहरूलाई सन् २०२१ सम्ममा इ- चुरोट उत्पादनहरूको मूल्याङ्कन गराउने समयावधि दिएको थियो। पहिलो समयसीमा सन् २०१८ को अगष्ट महिनाका लागि निश्चित गरिएको थियो। तर पछि तयारीका लागि थप समय चाहिएको एफडीएले बताएको थियो। अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार निकोटिन प्रयोग गर्ने अमेरिकी किशोरहरूको सङ्ख्या गत वर्ष ३६ % ले बढेको थियो र त्यसो हुनुमा उसले इ-चुरोट प्रयोगकर्ता बढ्नुलाई कारक मानेको थियो।

    सङ्घीय कानून अनुसार सुर्तीजन्य उत्पादन किन्ने न्यूनतम उमेर १८ वर्ष हो। क्यालिफोर्निया र केही अन्य राज्यहरूमा त्यो उमेर २१ वर्ष रहेको छ। जूलका प्रवक्ता टेड क्वङले भने, “यस्तो पूर्ण प्रतिबन्धले इ-चुरोटतिर लागेका वयस्क अम्मलीहरूलाई खतरनाक चुरोटमै फर्किन बाध्य पार्नेछ। त्यसले गर्दा कालो बजार फस्टाउने छ।” “हामीले हाम्रा उत्पादनहरू उमेर नपुगेका व्यक्तिका हातमा नपुगुन् भनेर कडा कदम चालेका छौँ।” उनले भने, “परम्परागत सूर्तीजन्य उत्पादनलाई यो कानुनले छोएको छैन जबकि त्यसले क्यालिफोर्नियामा मात्रै बर्सेनि ४० हजार मानिसको ज्यान लिने गरेको छ।” जूल कम्पनीमा मार्लबोरो चुरोट बनाउने कम्पनी एलट्रिया ग्रुपको ३५ प्रतिशत स्वामित्त्व छ। उसले सामाजिक सञ्जालहरू इन्ष्टाग्राम र फेसबुकका अकाउन्टहरू बन्द गरेको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ