• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    उडेको केही क्षणमै १२ यात्रु सवार हेलिकोप्टर फेरी सम्पर्कविहीन, के छ अवस्था

    16.1K
    SHARES

    काठमाडौँ । पछिल्लो समय देश भित्र देश बाहिर हेलिकोप्टर तथा विमानका दुर्घट्नाका बढ्दै गईरहेका छन । यस्ता ठूला डरलाग्दा घटना बढीरहेका बेला फेरी एउटा सैनिक हेलिकोप्टर सम्पर्कविहीन भएको छ । उडेको केही बेरमै १२ यात्रु बोकेको हेलिकोप्टर एयर ट्राफिक कन्ट्रोल रुमबाट सम्पर्कविहीन भएको अधिकारीहरूले जानकारी दिएका छन् । सम्पर्कविहीन भएको हेलिकोप्टर पपुवाको ओक्सिबिलबाट सुदुरपश्चिम प्रान्त सेन्तानीतर्फ उठेको थियो । हेलिकोप्टरमा भएका सबै जना सैन्य दलका सदस्य रहेको पपुवाका सैनिक प्रवक्ता मोहम्मद एैडीले जानकारी दिए ।

    उनका अनुसार हेलिकोप्टरमा बन्दोबस्तीका सामग्रीहरु पनि थिए ।  हेलिकोप्टर उडेको थियो भने साढे एक घण्टामा सेन्तानीमा अवतरण गर्ने अपेक्षा गरिएको थियो । हेलिकोप्टर उडेको समयमा त्यस क्षेत्रमा मौसममा पनि कुनै खराबी नदेखिएको अधिकारीहरूले बताएका छन् । घटनास्थलतर्फ खोजी तथा उद्धारका लागि टोली खटाइएको र घटनास्थल कठिन पहाडी क्षेत्र भएकाले खोजी तथा उद्धारका लागि पनि गाह्रो भएको जनाइएको छ ।

    आमाको विवाहमा छोराको भावुक सन्देश
    भारतको केरलका एक युवकले आफ्नी आमाको विवाहमा दिएको भावुक सन्देश निकै भाइरल भएको छ । गोकुल श्रीधर नाम गरेका ती युवकले आफ्नी आमाको दोस्रो विवाहका अवसरमा शुभकामना सन्देश फेसबुकमा पोस्ट गरेका हुन् । मंगलबार उनले पोस्ट गरेको सन्देशमा तीन हजार तीन सयभन्दा बढीले प्रतिक्रिया जनाएका छन् भने उक्त पोस्टलाई ४ हजार दुईसय भन्दा बढीले शेयर गरेका छन् ।

    मलयालम भाषामा लेखिएको सन्देशमा गोकुलले आफ्नी आमालाई भनेका छन्, ‘एक महिला, जसले आफ्नो सम्पूर्ण जीवन मेरोलागि समर्पण गर्नुभयो, उहाँले आफ्नै वैवाहिक जीवनमा धेरै कुरा सहनु भयो र देख्नु भयो । कयौं पटक म शारीरिक हिंसाको साक्षी भएको छु, मैले उहाँको टाउकोबाट रगत बगेको देखेको छु, मलाई याद छ, उहाँले प्रत्येक पटक म तेरैलागि बाँचिरहेकी छु भन्नु हुन्थ्यो, उहाँले आफ्नो पूरा जीवन मेरैलागि समर्पण गर्नुभयो ।

    अब मेरो पालो ।’ उनले सन्देशमा अगाडि लेखेका छन्, ‘उहाँको धेरै सपना छन्, जसलाई मैले पूरा गर्नुछ । मसँग भन्नका लागि केही छैन, तर मलाई लाग्छ, यो मौका वा उहाँको विवाह मैले कसैसँग लुकाउन जरुरी छैन । आमा ! ह्याप्पी म्यारिड लाइफ ।’ गोकुलका अनुसार उक्त सन्देश पोस्ट गर्नुअघि उनी हिच्किचाइरहेका थिए । उनी भन्छन्, ‘समाजको एउटा वर्गले मेरो यो विचारलाई पचाउन सक्दैन, तर मलाई लाग्छ, कसैबाट लुकाइरहन जरुरी छैन ।’ उनले आफ्नो पिताका बारेमा भने उल्लेख गरेका छैनन् ।

    प्रतिक्रिया