• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    गृहमन्त्री बादललाई हटाउनेबारे ओलीलाई नै थाहा नदिई प्रचण्डले गरे यस्तो घोषणा, सबै तनावमा

    22.7K
    SHARES

    काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलाएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिवालयले नै गृहमन्त्री रामबहादुर थापालाई हटाउने तयारी भएको चर्चाको खण्डन गरेको छ । प्रचण्डपुत्री तथा उनकी प्रमुख स्वकीयसचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत नै चर्चामा आएको विषयमा सत्यता नभएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्,‘राष्ट्रको चौथों अंग जिम्मेबार नबनेसम्म जनताले पाउने सूचनाको हकमाथि अन्याय हुन जान्छ । हाम्रो पार्टीका सचिवालय सदस्य तथा नेपाल सरकारका गृहमन्त्रीलाई मन्त्री पदबाट हटाउने हल्ला निराधार र भ्रमपूर्ण रहेकाले यसको पछि नलाग्न अनुरोध छ ।’

    यद्यपि, मन्त्रिमण्डल पुनर्गठनको विषयमा विहीबार राती प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच परामर्श भएको दाबी गरिएको थियो । थापा हटाउने विषयमा नै कुरा अड्किएको विवरणहरू बाहिर आएका थिए । मन्त्रिमण्डल पुनर्गठनका सम्बन्धमा भने प्रधानमन्त्री ओलीले मुख खोलेका छैनन् । उनले केही दिन अघिमात्र मन्त्रिपरिषद्का सदस्य हेरफेरको कुरा तत्काल हुने या नहुने भन्ने सन्दर्भमा कुनै चर्चा नगरिएको बताएका थिए ।

    बालुवाटार जग्गा प्रकरण –  अख्तियारकै पूर्वकर्मचारी फरार
    बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन्। लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएको नयाँ पत्रिकामा खबर छ । मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए। पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

    अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीसहित तीनजनालाई सात दिनभित्र उपस्थित हुन भनेको छ। अन्य दुईजना डा. शोभाकान्त ढकाल र अधिवक्ता रामप्रसाद सुवेदी हुन्। उनीहरू बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने मुख्य बिचौलिया हुन्। सो जग्गामा मोही खडा गरेर उनीहरूले आफ्नो नाममा ल्याई पछि अरूलाई बिक्री गरेका थिए। यसअघि बुधबार अख्तियारले ८६ जनालाई पनि उपस्थित हुन सूचना प्रकाशन गरेको थियो। यीमध्ये धेरै मोही छन्।

    सरकारले अधिग्रहण गरेको सो जग्गा ढकाल, सुवेदी, केसीलगायत मिलेर जफत गरेको व्याख्या गरी कांग्रेस नेता सुवर्णशमशेर राणाका सन्तानलाई फिर्ता दिलाएका थिए। जब कि सरकारले हाल प्रधानमन्त्री, सभामुख तथा प्रधानन्यायाधीश निवास रहेको जग्गासहित दुई सय ९९ रोपनी जग्गा अधिग्रहण गरेको थियो। सरकारी निवासबाहिर बेवारिसे रहेको जग्गालाई चलखेलका आधारमा फिर्ता गरिएको थियो। सो प्रकरणमा अख्तियारले धेरैसँग बयान लिइसकेको छ। उसले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ।

    त्यस्तै असार ३ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पहिला बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता भन्ने विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न पाएनन् । रोस्ट्रममा पुगेका उनी विपक्षी दलको विरोध र अवरोधका कारण केही नबोली फर्किए । संसद्मा बोल्न नपाएका प्रधानमन्त्री ओलीले तत्कालै आफ्नै कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरे । अघिल्लो दिन आफूले बोलेपछि मात्र प्रधानमन्त्रीले बोल्नुपर्ने माग राखेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले भोलिपल्ट ९४ गते आफ्नो धारणा सदनमा राखे ।

    अघिल्लो दिन बोल्न समय मागेका प्रधानमन्त्री ओली भोलिपल्ट भने संसद् बैठकमै गएनन् ।  प्रधानमन्त्रीसहित राजनीतिक दलका यस्ता गतिविधि र गलत अभ्यासले संसद्को गरिमा घट्दै गएको छ । सामान्य विषयमा पनि सांसदले नाराबाजी तथा रोष्ट्रम घेराउन गर्ने जस्ता क्रियाकलापले संसद्ले गति लिन सकेको छैन । बजेट अधिवेशन सुरु भएपछि मात्रै दुईपटक संसद्मा नाराबाजी र रोष्ट्रम घेराउ भयो । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री ओलीले असंसदीय शब्द बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले नाराबाजी गर्याे । त्यस्तै उसले प्रतिपक्षी दलका नेतालाई बोल्न नदिएर प्रधानमन्त्री बोल्न खोजेको भन्दै रोष्ट्रम घेराउ गर्याे ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ