• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एसईई परीक्षाको परीक्षाफल प्रकाशित, यसरी सजिलै हेर्नुहोस आफ्नो रिजल्ट

    13.1K
    SHARES

    काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

    त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् । परीक्षाफलमा चित्त नबुझी पुनर्याेग गर्नुवरेमा प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै दुई विषयसम्म सी वा सी भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने उनले बताए । अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन भएको छ ।

    प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आएको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । आफ्नो नतिजा हेर्न यो लिंकमा जानुहोला http://see.ntc.net.np/

    एसएलसीको ‘फलामे ढोका’देखि एसईईसम्म, यस्तो छ इतिहास
    लुक संघीय संरचनामा गएपछि पहिलोपटक प्रदेश सरकारको समन्वयमा माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ । गत चैतमा भएको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए । २०७३ सालदेखि लागू भएको अक्षराकंन प्रणालीका कारण अहिले पास र फेल हुने व्यवस्था छैन । तर ग्रेड प्रणाली लागू भएपनि विज्ञान, व्यव्थापन, मानविकी शंकाय अध्ययन गर्नका लागि पुन परीक्षा दिनुपर्ने व्यवस्था छ ।

    छात्रभन्दा छात्रा बढी
    परीक्षा वोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीका अनुसार कुल परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षामा सहभागी भएका थिए । परीक्षामा सबैभन्दा बढी प्रदेश नम्बर ३ बाट एक लाख ६ सय २ परीक्षार्थी सहभागी भएका थिए भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी थिए । प्रदेश नम्बर १ बाट ८३ हजार ८१८, प्रदेश नम्बर २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नम्बर ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल थिए ।

    पहिलोपटक प्रदेश संरचनाअनुसार परीक्षा
    राष्ट्रिय परीक्षा वोर्डका अनुसार यसपालीको एसईई परीक्षाका लागि प्रदेशगत रुपमा समानान्तर प्रश्नपत्रहरुको सेट तयार गरिएको थियो । वोर्डका अनुसार परीक्षाको तयारीको सबै व्यवस्थापन प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका थिए । प्रश्नपत्र तयार, उत्तर पुस्तिका परीक्षण र नतिजा निकाल्ने काम भने राष्ट्रिय परीक्षा वोर्डले गर्नेछ जसका लागि ५९ वटा जाँच केन्द्र तोकिएको थियो । परीक्षा सञ्चालनको सबै खर्च, उत्तरपूस्तिका व्यवस्थापनको जिम्मेवारी सम्बन्धित प्रदेश सरकारले गरेका छन् ।

    पहिलाको एसएलसी, अहिले एसईई
    नेपालको शैक्षिक इतिहासमै पहिलोपटक १९९० सालको पुष अन्तिम साता पहिलोपटक प्रवेशिका परीक्षा (एसएलसी) को शुरुवात भएको थियो । जुन परीक्षा बीचमै रोकिएको थियो । परीक्षा चलिरहेका बेला माघ २ गते विनाशकारी महाभुकम्प गएपछि परीक्षा केही दिनका लागि रोकिएको थियो । १९९० सालको कार्तिक २६ गते नेपालमा एसएलसी परीक्षा वोर्डको स्थापना भएको थियो । त्यसभन्दा अघि नेपाली विद्यार्थीहरु प्रवेशिका परीक्षा दिन भारतको कोलकत्ता र पटना जाने गर्थे ।

    नेपाली विद्यार्थीको एसएलसी परीक्षाको सबै व्यवस्थापन तत्कालीन समयमा पटना विश्वविद्यालयले नै हेर्ने गरेको इतिहास छ । नेपालको शैक्षिक इतिहासमा पहिलोपटक भएको एसएलसी परीक्षामा १ जना छात्रसहित ३४ जना परीक्षार्थी सहभागी थिए । जुन परीक्षामा कोही पनि विद्यार्थी प्रथम श्रेणीमा पास हुन सकेका थिएनन् । तर, पहिलो एसएललसी परीक्षामा एक जना छात्राले फारम भरे पनि उनी परीक्षामा सहभागी भइनन् । पहिलो पटक भएको एसएलसी परीक्षामा दोस्रो श्रेणीमा भएपनि सर्वोत्कृष्ट अंक प्राप्त गर्ने परीक्षार्थी पुष्पभक्त मल्ल थिए ।

    एसएलसी शुरु भएको करिब ४९ वर्षपछि पहिलो महिला वोर्ड प्रथमका रुपमा लुना भट्टले २०३९ सालको एसएलसी परीक्षामा सफलता हात पारेको इतिहास छ । कक्षा १ देखि ५ सम्म प्राथमिक, ६ देखि १० सम्म माध्यमिक र ११ र १२ कक्षालाई उच्च माध्यमिक शिक्षामा रुपमा रहेको शिक्षा प्रणालीलाई २०७३ सालमा सरकारले संसोधन गर्दै १ देखि ८ सम्म आधारभुत र ९ देखि १२ सम्म विद्यालय शिक्षाका रुपमा निर्धारण गरेपछि २ वर्षदेखि एसइइका रुपमा परीक्षा लिन थालिएको हो ।

    ८३ वर्षसम्म एसएलसीका रुपमा चलिरहेको परीक्षालाई आइरन गेट (फलामे ढोका)का रुपमा लिने गरिन्थ्यो । तर पछिल्लो समय एसइइका रुपमा लिइने परीक्षाको नतिजा समेत ग्रेडिङ प्रणालीअनुसार प्रकाशन हुने गरेको छ । अहिले भने विस्तारै आइरन गेटबाट गोल्डेनगेट (सुनौलोढोका)का रुपमा लिन थालिएको छ । अर्थात् विद्यार्थीमा देखिँदै आएको परीक्षाप्रतिको ‘त्रास’ विस्तारै कम हुन थालेको शिक्षाविद्‍हरु बताउँछन् ।

    झण्डै ५ लाख विद्यार्थी गायब
    शिक्षा मन्त्रालयको तथ्याङ्अनुसार अहिलेको एसईई परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या ४ साख ७५ हजार ३ सय छ । जबकी १० वर्षअघि प्रारम्भिक बालविकास कक्षा अर्थात् पहिलाको शिशु कक्षामा भर्ना भएको विद्यार्थीको संख्या ९ लाख ४७ हजार २ सय ७८ जना रहेको थियो । मन्त्रालयकै तथ्याङ्कअनुसार १० वर्षअघि विद्यालय शिक्षामा प्रवेश गरेका गरेका ४ लाख ७१ हजार ९ सय ७८ जना विद्यार्थी बीचमै हराएका छन् । सरकारले ‘ड्रपआउट’ हुने विद्यार्थीको संख्या कम गर्न भन्दै विद्यालय खाजा कार्यक्रमदेखि अन्य सुविधा समेत प्रदान गर्दै आएको छ । तर बीचमै विद्यालय छाड्ने विद्यार्थीको संख्यामा कमी आउन सकेको छैन ।

    प्रतिक्रिया