• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    उडिरहेको विमानबाट एक्कासी इन्धनको ट्याङ्की खस्यो, स्थानीय नै त्रसित , के छ अवस्था

    12.3K
    SHARES

    काठमाडौं । भारतीय राज्य हरियाणाको अंबालास्थित एयरफोर्स स्टेशनमा बिहीबार विहान भारतीय वायु सेनाको लडाकू विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । उडान भरेको केही समयमै लडाकू विमानबाट इन्धन भरिएको ट्याङ्की २ ओटा खसेपछि चालकले आपतकालीन अवतरण गराएका छन् । विमानबाट खसेको इन्धन ट्यांकीका कारण अंबाला शहरको बलदेव नगरका स्थानीय आतंकित भएका थिए । आकाशमा उडिरहेको विमानबाट खसेको इन्धन ट्याङ्कीका कारण केही ठाउँमा आगलागी भएको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि वायु सेना र प्रहरीले मिलेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

    घटनाबाट कुनै क्षति भने नभएको जनाइएको छ । स्थानीय प्रहरीले घटना भएको केही समयमै स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ । स्थानीयहरुले आकाशबाट धुँवाको मुस्लो र आगोसहित खसेका इन्धन ट्याङ्की जमिनमा बजारिँदा भूकम्पको जस्तै धक्का महसूस भएको बताएका छन् । केही स्थानीय भने भूकम्प आएको भन्दै घरबाट निस्किएर खुला चौरतर्फ पनि भागेका थिए ।

    उता बढ्दो तापक्रमले युरोपका विभिन्न मुलुकको जनजीवन प्रभावित भएको छ । जर्मनी, पोल्यान्ड र चेक–रिपब्लिक देशमा जुन महिनामा अहिले सम्मकै सबैभन्दा धेरै तापमान रेकर्ड भएको छ । जर्मनीमा ३८ दशमलब ६, पोल्यान्डमा ३८ दशमलब २ र चेक–रिपब्लिकमा ३८ दशमलब ५ डिग्री तापक्रम रेडर्क गरिएको छ । ती देशमा तापक्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ । फ्रान्स र स्वीजरल्याण्ड लगायतका मुलुकमा बिहिबार ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना छ ।

    मौसमविद्हरुले उत्तर अफ्रिकाबाट तातो हावा बहेको र त्यो युरोपियन हिटवेभमा परिणत भएको जनाएका छन् । फ्रेन्च अधिकारीहरुले गर्मीका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै सर्बसाधारणलाई सचेत गराएका छन् । स्पेनिस अधिकारीहरुले पनि बढ्दो गर्मीले जंगलमा आगो लाग्न सक्ने जनाएका छन् । युरोपेली मुलुकहरुमा बढ्दै गएको तातो साताको असर अन्त्यतिर अझ बढ्न सक्ने मौसमविद्हरुले अनुमान गरेका छन् । जर्मनीमा बुधबार तापक्रम ३८ दशमलब ६ डिग्रीसम्म मापन गरिएको थियो ।

    स्पेनको उत्तर पूर्वी भागमा भोलि शुक्रबार ४५ डिग्री सम्म तापक्रम पुग्ने अनुमान गरिएको छ । गर्मीका कारण फ्रान्सका कतिपय विद्यालयले परीक्षा सारेका छन् । बेलायतमा भने गर्मी केही कम छ । शनिबार त्यहाँको तापक्रम ३० डिग्री पुग्ने अपेक्षा गरिएको छ । जलवायु परिवर्तनका कारण नै युरोपमा यो अवस्था उत्पन्न भएको सम्बद्ध विज्ञहरुको भनाइ रहेको बीबीसीले जनाएको छ ।

    त्यस्तै स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा भागदौड मच्चिदा पूर्वी अफ्रिकी देश म्याडागास्करमा १६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ५९ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित परेड हेर्न महामसिना रंगशालामा हजारौंको संख्यामा सर्वसाधारण उपस्थित थिए । सैनिक परेड सकिएपछि रंगशालामा भागदौड मच्चिएको जनाइएको छ । घटनामा अन्य ७५ जना घाइते भएका छन् ।

    म्याडागास्करका राष्ट्रपति आन्द्रे रजोलिना र आमन्त्रित मुख्य अतिथि रुवान्डाका राष्ट्रपति पल कागामे उक्त समारोहमा उपस्थित थिए । उनीहरु दुबैले राष्ट्रपति निवासमा आयोजित पत्रकार सम्मेलनमा घटनाप्रति दुःख प्रकट गरेका छन् । राष्ट्रपति रजोलिनाले घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । केही महिना पहिले पनि महामसिना रंगशालामा यस्तै भागदौड मच्चिदा केही व्यक्तिको मृत्यु भएको थियो । गत वर्ष सेप्टेम्बर ९ मा यही रंगशालामा आयोजित म्याडागास्कर र सेनेगलबीचको फुटबल प्रतियोगितामा भागदौड मच्चिएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ