• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    पत्रकार महासंघको कार्यक्रममा जाँदै गरेका रसुवाली कवि फेरी गिरफ्तार

    2.7K
    SHARES

    काठमाडौं । ‘रसुवाली कवि’का नामले परिचित कवि तथा पत्रकार ठाकुरप्रसाद तिमिल्सिनालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । उनलाई बुधबार प्रदर्शनी मार्गस्थित नेपाल ल क्याम्पस अगाडिबाट गिरफ्तार गरेको प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई बताए ।

    नेपाल पत्रकार महासंघ केन्द्रीय समितिद्वारा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आज दिउँसो वसन्तपुर डबलीमा आयोजित कार्टुन प्रदर्शनी र कवितावाचन कार्यक्रमका लागि अतिथि कविका रुपमा कार्यक्रमस्थल जाँदै गरेका उनलाई प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडिबाट गिरफ्तार गरेको हो ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा क्रान्तिकारी पत्रकार सङ्गठन नेपालका उपाध्यक्ष जन्मदेव जैसीले रसुवाली कविलाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरे । पत्रकार महासंघजस्तो साझा सङ्गठनको कार्यक्रममा सहभागी हुन गइरहेका पत्रकार तथा कविलाई बिना कारण गिरफ्तार गरेर अनावश्यक दुख दिएको उनले बताए ।

    लामो हिरासत बसाइ र लामो तारिखबाट भर्खरै मुक्त भएर आफ्नो हिरासत बसाइका अनुभूतिहरु लेख्दै आम सर्वसाधारणलाई सुसूचित पारिरहेको समयमा रसुवाली कविलाई सरकारले पुनः गिरफ्तार गरेर आफ्नो अनुदारवादी, फासिस्ट हर्कत पुनः दोहो¥याएको भन्दै सरकारको आलोचना पनि सुरु भएको छ ।

    रसुवाली कवि देशभक्त, क्रान्तिकारी स्रष्टा हुन् । उनी अशल संस्मरणकार र टिप्पणीकार÷समीक्षक पनि हुन् । उनको अघिल्लो गिरफ्तारीको समयमा सयौं स्रष्टा र चिन्तकहरुले बिरोध गरेका थिए । पत्रकार महासङ्घजस्तो साझा सङ्गठन÷संस्थाको आमन्त्रणपछि औपचारिक कार्यक्रममा कविता वाचन गर्न जाँदाजाँदै अपहरणशैलीमा कविलाई पुनः गिरफ्तार गरिएपछि प्रगतिशील कवि, पत्रकार, साहित्यकार आदिले बिरोध जनाएका छन् ।

    यसअघि चिया पिउँदै साहित्यिक बहस गरिरहेका उनलाई बालाजुको हिलेगाउँ क्षेत्रबाट सशस्त्र प्रहरीको सादा पोसाकमा खटिएको एक टोलीले बैशाख २ गते पक्राउ गरेका थियो ।

    उनको गिरफ्तारीको चौतर्फी आलोचना भएपछि बैसाख २६ गते उनी रिहा भएका थिए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेता भएको भन्दै कविलाई पक्राउ गरिएको थियो । पछिल्लोसमय सरकारको आलोचना गर्ने जोकोहीलाई पनि प्रहरीले गिरफ्तार गरेर हिरासतमा राख्न थालेको छ ।

    पत्रकार, साहित्यकार लगायत सरकारको आलोचना गर्ने नेपाली जनतालाई समेत भकाभक गिरफ्तार गरिरहेको सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध नै लगाएको छ । प्रतिबन्धपश्चात उक्त पार्टीका २ जना नेता कार्यकर्ताको प्रहरीले हत्या समेत गरिसकेको छ ।

    रसुवाली कविलाई बिना कारण गिरफ्तार गरिएको भन्दै रिहाइको माग गर्दै सामाजिक सञ्जालमा सरकारको फासिवादी रबैयाको बिरोध भइरहेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ