• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    मनसुन सुरुभएलगत्तै एक्कासी फेरी आयो भयानक हावाहुरी, १४ जनाको मृत्यु, यस्तो छ थप बिबरण

    14.2K
    SHARES

    एजेन्सी । मनसुन सुरु भएलगत्तै छिमेकी देश भारतमा भयानक आंधी आएको छ । उक्त आँधीमा परी १४ जनाले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन् ।

    रामकथा वाचन चलिरहेको राजस्थानको बाण्डमेरमा एक्कासी आएको आँधी र वर्षाले ठूलो जनधनको क्षति भएको हो । आँधिमा परि १४ जना श्रद्धालुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आँधीमा परि ७० भन्दा बढि घाईते भएको जनाइएको छ ।

    रामकथा वाचन कार्यक्रम चलिरहँदा एक्कासि ८० देखि १०० किमि/प्रतिघण्टाको रफ्तारमा आएको आँधीले कार्यक्रमको लागि बनाइएको त्रिपाललाई उडाएको थियो । त्रिपाल र त्रिपाल गाड्न प्रयोग भएको खम्बाले लाग्दा धेरैको ज्यान गएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

    राजस्थान राज्य सरकारले घटनाको बारे छानविन गर्न मुख्य सचिव सहितको उच्च अधिकारको समिति नै गठन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री अशोक गहलोतले मृतकलाई ५/५ लाख र घाईतेलाई २ लाखसम्मको सहयोग गर्ने घोषणा गरेका छन् ।

    घटनाको एक भिडियो अहिले भाइरल भइरहेको छ । जसमा कथावाचक मुरलीधरले मानिसहरुलाई त्रिपाल खाली गर्न भनिरहेका छन् । जसको केहि समयमा नै पुरै त्रिपालसहितको स्टेज नै भत्किन्छ । राज्यका विपद् व्यवस्थापन तथा राहत मन्त्री भँवरलाल मेघवालले पानी परेको प्रतिकूल परिस्थितिमा आयोजकले विद्युत् आपूर्ति बन्द नगरेकोमा आश्चर्य प्रकट गरेका छन्।

    घटनाबारे छानबिन सुरु भएको बताइएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनालाई दुर्भाग्यपूर्ण भन्दै शोकमा परेका परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।

    प्रहरीका अनुसार जसोल गाउँमा आइतवार रामकथा वाचन गर्न ठूलो पाल बनाइएको थियो। त्यहाँ झन्डै तीन सय मानिस भेला भएका थिए। दिउँसो हावाहुरी र पानीका कारण पालको एउटा भाग भत्कियो र भक्तजनमा हाहाकार मच्चियो। केही व्यक्तिलाई पालको संरचनाले किच्यो भने केहीलाई नाङ्गो तारबाट करेन्ट लाग्यो।

    त्यतिबेला पालभित्र झन्डै सय जना मानिस थिए। तीमध्ये १४ जनाको मृत्यु भएको पुष्टि भएको छ। घाइतेहरूलाई अस्पताल लगिएको छ। राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेलाई दुई लाख रुपयाँ दिने घोषणा गरेका छन्।

    यसअघि उत्तर प्रदेशकाे मैनापुरी मौसम परिवर्तन भई एक्कासी डरलाग्दो हावाहुरी चल्दा १८ जनाले ज्यान गुमाएका थिए । २ हप्ताअघि मात्रै उक्त भीषण हावाहुरीले भारतको उत्तर प्रदेशमा आएको हावाहुरीसहितको वर्षा र चट्याङका कारण १८ जनाको मृत्यु भएको थियो।

    मृत्यु हुनेमा मैनापुरीमा ६ जना, एटा र कासगंजमा ३–३ जना तथा मुरादाबाद, महोबा, हमीरपुर, फरुखाबाद, जालौन र बदायुंमा १–१ जना रहेका छन्। बिहीबार दिनभर प्रचण्ड गर्मी भएको भारतीय अधिकारीले जनाएका छन्। कतिपय ठाउँमा असिना परेको छ। हावाहुरीपछि धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ। हावाहुरीका कारण घरहरु भत्किँदा ५० जना भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन्।

    उता एक महिलाले आफू चढेर आएको एअर क्यानडाको विमानमा आफूलाई एक्लै छोडिएको बताएकी छन्। उडानका बेला निदाएकी उनलाई विमान अवतरण गरेपछि कसैले पनि बिउँझाएन। गत जुन ९ मा टिफनी एडम्स नाम गरेकी ती महिला क्युबेकबाट टोरन्टो जान विमान चढेकी थिइन्। उडानका बेला उनी निदाइन् र बिउँझिदा सीटमा पेटी बाँधेकै अवस्थामा थिइन्।

    विमानस्थलमा पार्क गरिएको विमानभित्र कठ्याङ्ग्रिने जाडो थियो र बाहिर निस्पट्ट अन्धकार। त्यो घटनापछि आफूलाई राति धेरै डर लाग्न थालेको उनले बताएकी छन्। एअर क्यानडाले अवतरण गरेपछि विमानभित्र यात्रु छुटेको घटनाको पुष्टि गर्दै त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ।

    विमान अवतरण गरेको केही घण्टापछि मध्यराततिर आफू बिउँझिएको र त्यतिबेला एकदमै जाडो र निस्पट्ट अन्धकार भएको विवरण एडम्सले फेसबुकमा लेखेकी छन्। उनका अनुसार त्यो “डरलाग्दो” अनुभव थियो।

    फोनबाट साथीलाई आफ्नो परिस्थितिबारे जानकारी दिँदै गर्दा एक मिनेट पनि नभई उनको फोनको ब्याट्री सकियो। विमान पूरै बन्द भएकाले उनले फोन चार्ज पनि गर्न पाइनन्। तर एडम्सकी साथीले विमानस्थललाई फोन गरेर एडम्स विमानभित्र अलपत्र परेको जानकारी गराइन्।

    एडम्सले विमानको ककपिटमा भेटिएको एउटा टर्च बालेर अरूको ध्यानाकर्षित गर्ने प्रयास गरेकी थिइन्। विमानबाट सामान ओसार्ने एक कर्मचारीले उनलाई देखे र आश्चर्यचकित भए। एडम्सका अनुसार उद्धार गर्न आएका एअर क्यानडा विमानसेवाका कर्मचारीले उनलाई गाडी र होटलको व्यवस्था गर्ने बताएका थिए।

    तर उनले त्यो प्रस्ताव अस्वीकार गर्दै यथाशीघ्र घर फर्किने इच्छा व्यक्त गरिन्। विमानसेवाका प्रतिनिधिहरूले अनुसन्धानका क्रममा आफूलाई दुईचोटि फोन गरेको र क्षमा मागेको उनले बताइन्। बीबीसी नेपाली

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ