• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पूर्वी भेगमा गयो ७.३ म्याग्निच्यूडको ठुलो शक्तिशाली भूकम्प, के छ क्षतिको अवस्था

    24.4K
    SHARES

    काठमाडौं । पूर्वी भेगमा सोमबार ७.३ म्याग्निच्यूडको ठुलो शक्तिशाली भूकम्प गएको  भौगर्भिक सर्भेले जनाएको छ । निकै नै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

    इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर भूकम्पको धक्का अस्ट्रेलियासम्म महसुस गरिएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको थियो । जमिनको सतहबाट करिब २०८ किलोमिटर मुनि उक्त भूकम्पको केन्द्र रहेकाले पनि जमिनको सतहमा खासै क्षति नपुगेको सर्भेले जनाएको छ ।

    प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पनि जमिनमुनि निकै गहिराईमा भूकम्प गएका कारण सुनामीको चेतावनी नदिएको जनाएको छ । पपुवामा ६.१ म्याग्निच्यूडको भूकम्प गएको केही घण्टाभित्रै इन्डोनेसियाको अम्बोनमा भूकम्प गएको हो । पपुवाको भूकम्प भने जमिनको सतहबाट २१ किलोमिटर गहिराईमा मात्र गएको थियो । भूकम्पीय दृष्टिबाट इन्डोनेसिया निकै जोखिममा रहेको छ ।

    यहाँ बर्सेनि ठुल्ठूला भूकम्प जाने र जनधनको ठूलो क्षति हुने गरेको छ । गत वर्ष ७.५ म्याग्निच्यूडको भूकम्पका कारण दुई हजार २०० भन्दा बढीको मृत्यु भएको थियो । सन् २००४ को डिसेम्बर २६ मा आचेह प्रान्तमा आएको ९.१ म्याग्निच्यूडको भूकम्पका कारण सिर्जित सुनामीबाट एक लाख ७० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

    त्यस्तै उत्तरपूर्वी बंगलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १०० भन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् । बंगलादेशको राजधानी ढाकाबाट २०३ किलोमिटर टाढा रहेको माउल्भिबजार जिल्लामा सो दुर्घटना भएको छ ।

    स्थानीय समायानुसार आइतबार राति ११ः५० बजे सो दुर्घटना भएको अग्नि नियन्त्रण सेनाका एक अधिकारी नुर्नु नाबीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

    राजधानी ढाकातर्फ गइरेहको सो रेल डिब्बा पटरीबाट छुट्टिएर सो घटना भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उद्धारकार्य जारी रहेको र मृतकहको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । यस दुर्घटनाको कारण अनुसन्धानरत् रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

    उता युरोपेली मुलुक चेक रिपब्लिकमा प्रधानमन्त्री आन्डे«ज बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन भएको छ । मिलियन मोमेन्ट्स अफ डेमोक्रेसी ग्रुप’ ले आपराधिक गतिविधिमा संलग्न भएको र राष्ट्रघात गरेको आरोप लगाउँदै प्रधानमन्त्री बाबिसको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको हो ।

    राजधानी प्रागमा भएको प्रदर्शनमा २ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका छन् । प्रदर्शनकारीहरुले आपराधिक गतिविधिमा संलग्न र राष्ट्रघातको आरोप लागेका व्यक्ति पदमा बस्न नहुने भन्दै राजीनामा माग गरेका छन् ।

    चेक रिपब्लिकमा भएको प्रदर्शन सन् १९८९ पछिकै विशाल भएको बताइएको छ । प्रधानमन्त्री बाबिसमाथि युरोपियन युनियनले दिएको २ मिलियन युरो अनुदान हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

    उनले सो रकम आफू सत्तामा आउनु अघि सन् २०१७ मा दुइवटा कोषमा ट्रान्सफर गरेका थिए । यद्यपी प्रधानमन्त्रीले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । प्रदर्शनकारीहरुले भने प्रधानमन्त्रीले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया