• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चालकले नियन्त्रण गुमाउँदा फेरी भयानक बस दुर्घटना, ४४ जनाको मृत्यु, यस्तो छ थप बिबरण

    23.5K
    SHARES

    काठमाडौँ । पछिल्लो समय जिप,बस तथा अन्य सवारीका साधनहरुको दुर्घट्नाको क्रम बढ्दै गईरहेको छ। यस्ता भयाक दुर्घट्नाले कतिपय मानिसहरुले आकालमै ज्यान गुमाउन बाध्य छन । प्रहरीले यस्ता ठुला-ठुला दुर्घटनाका ठोस कारण पत्ता लगाउन सकेको छैन।

    यस्ता-यस्तै डरलाग्दा समाचार बाहिर आइरहेका बेला फेरी  प्रदेशस्थित कुल्लु जिल्लामा एउटा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन् ।

    पहाडी क्षेत्रको सडकमा चालकले नियन्त्रण गुमाउँदा बस भीरबाट तल खसेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बस सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

    दुर्घटनालगत्तै स्थानीयबासी उद्धारमा जुटेका थिए । बसमा क्षमताभन्दा निकै बढी यात्रु सवार रहेका कारण दुर्घटना भएको बताइएको छ । उकालो र घुमाउरो बाटोमा ‘ओभर लोड’का कारण बस नियन्त्रण गुमाएर भीरबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्थानीय अधिकारीको भनाइ छ ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी लगायतदे उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    यस्तै जादु देखाउनका लागि आफूलाई पिँजडामा थुनेर नदीमा डुबेका जादुगर बेपत्ता भएका छन् । समाचार एजेन्सीहरुका अनुसार भारतको पश्चिम बंगाल राज्यस्थित सोनारपुर निवासी जादुगर चञ्चल लाहिडी आइतबार हुगली नदीमा बेपत्ता भएका हुन् । उनी तालासहितको पिँजडामा थुनिएर नदीमा डुबेको अवस्थामा सकुशल बाहिर निस्कने जादु देखाउने अभियानमा थिए ।

    ४१ वर्षीय लाहिडीले यस प्रकारको कला यसअघि नै सफलतापूर्वक देखाइसकेको बताइन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले आइतबार हावडा पुल मुनी उक्त कला देखाउने योजना बनाएका थिए । प्रहरीले अनुमति नदिएका कारण उनी केही पर गएर आफ्नो कला देखाउने अभियानमा थिए ।

    उनलाई सहयोगीहरुले हातखुट्टा बाँधेर पिँजडामा थुनिदिएका थिए । उक्त पिँजडामा ताला लगाएर क्रेनको मद्दतमा सो पिँजडासहित उनलाई नदीमा डुबाइएको थियो ।

    उपस्थित दर्शकहरु उनी सो पिँजडाबाट बाहिर निस्किएको दृष्य हेर्न आतुर थिए । लामो समयसम्म पनि ‘जादु’ कै कारण उनी अन्यत्र पुगेर निस्किएको हुन सक्ने भन्दै दर्शकहरु उनको प्रतीक्षामा बसिरहे ।

    अन्ततः उनी आएनन् । त्यसपछि गोताखोर र उद्धारकर्मीसहितको टोलीले उनको खोजतलास सुरु गरेको बताइन्छ । उनको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

    प्रतिक्रिया