• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    सञ्चारकेन्द्रकर्मी घिमिरे पोखराबाट गिरफ्तार

    3.6K
    SHARES

    पोखरा । सञ्चारकेन्द्र डटकमका पोखरा संवाददाता राजा कुमार घिमिरेलाई प्रहरीले बिना कारण गिरफतार गरेको छ । बुधबार १२ बजेतिर घिमिरेलाई पोखराको उच्च अदालत परिसरबाट गिरफ्तार गरेको सहकर्मी माधब पनेरुले जनाकारी दिएका छन् ।

    गत जेठ २५ गते कास्कीको घान्द्रुकबाट बैठक बसिरहेका बेला गिरफ्तार परेका नेकपाका नेता कार्यर्क्तालाई मंगलबार उच्च अदालतले रिहा गर्न आदेश दिएपछि प्रहरीले पुनः गिरफ्तार गरेर तनहुँ लैजाने तयारी गरेको सुचना पाएलगत्तै समाचार संकलन गर्न गएका बेला उनलाई गिरफ्तार गरेको हो ।

    सहकर्मी घिमिरेसंगै नेकपाका एक जना युवा पनि पक्राउ परेको जनाइएको छ । नेकपाका नेताकार्यकर्तासंगै सञ्चारकर्मी घिमिरेलाई प्रहरीले किन पक्राउ गरेको हो भन्नेबारेमा यो समाचार पार्दासम्म कास्कीले प्रहरी बोलेको छैन ।

    सञ्चारकेन्द्रसंग कुरा गर्दै कास्कीका प्रहरी प्रबक्ता डिएसपी राज कुमार केसीले आफुलाई पत्रकार घिमिरे गिरफ्तार भएकोबारे कुनै जानकारी नभएको बताएका छन् । उनले तत्काल बुझेर घिमिरेलाई रिहा गर्न पहल गर्ने बताएपनि अहिलेसम्म त्यसको केहि परिणाम आएको छैन ।

    पछिल्लोपटक देशभर विभिन्न सञ्चार गृहमा कार्यरत पत्रकारलाई प्रहरीले गिरफ्तार गर्ने, धरपकड गर्ने र दुख दिने कार्य गरिरहेको छ । केहि महिनाअघि समाचार लेखेकै आरोपमा कास्कीका पत्रकार अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।

    यस्तै अखिल क्रान्तिकारीले पिएन क्याम्पसमा आयोजना गरेको कार्यक्रमको समाचार संकलन गर्न गएका बेला क्रान्तिकारी पत्रकार संगठन नेपलाका केन्द्रीय सचिव एबं डन न्युजका सम्पादक राजेन्द्र अधिकारीलाई पनि गिरफ्तार गरेर हिरासतमा लिएको थियो ।

    नेकपाले गर्ने गतिबिधि र नेकपाका नेता कार्यकर्ता गिरफ्तार पर्दा सञ्चार गृहले सम्प्रेषण गर्ने समाचारको बिषयलाई लिएर पत्रकारलाई समेत नेकपाको कार्यकर्ता भएको आशंकामा कास्की प्रहरीले गिरफ्तार गर्ने र स्वतन्त्र प्रेसमाथि हमला गर्ने गरेको छ ।

    एकातिर सरकरले प्रेसलाई नियन्त्रण गर्ने खालको मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै पत्रकारहरु देशभर आन्दोलित भइरहेका छन् भने अर्कोतिर पत्रकारहरुमाथि प्रहरीले लगातार दमन गरेर प्रेस जगतमाथि हस्तक्षेप गरिरहेको छ ।

    यता इमान्दार मिडिया प्रालिका अध्यक्ष तथा सञ्चारकेन्द्र डटकमका सञ्चालक कमल बुढाले आफ्नो मिडिया हाउसका सञ्चारकर्मीलाई गणतान्त्रिक देशको प्रहरीले राणाकालिन शैलीमा गिरफ्तार गरेर फासिवादी चरित्र देखाएको भन्दै यस्तो हर्कत नदोहोर्याउन सरकारसँग अनुरोध गर्दै रिहा गर्न समेत माग गरेका छन् ।

    सञ्चार केन्द्र डटकम प्रेममाथि हुने यस्ता दमन र धरपकडको घोर निन्दा एवंम् भत्र्सना गर्दै गिरफ्तार सहकर्मी राजकुमार घिमिरेलाई तत्काल रिहा गर्न कास्की प्रहरीलाई अनुरोध गर्दछ ।

    प्रतिक्रिया