• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष

    काठमाडौँ बम विस्फोटका घाइतेलाई प्रहरीले आईसीयूमै टर्चर दियो, आफन्तले यसरी गरे पर्दाफास

    6.4K
    SHARES

    काठमाडौँ । गत जेठ १२ गते कथ्मंदुमा भएको शृंखलाबद्ध बम बिस्फोटमा परी घाइते भएकाहरुलाई प्रहरीले अस्पतालामी “टर्चर” दिएको आरोप लगाएको छ । आइतवार घाइतेका आफन्तहरुले काठमाडौँको ओम अस्पताल परिसरमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् ।

    विस्फोटका परी घाइते भएका हरुका परिवारले आफूहरु र उपचाररत घाइते तथा अस्पतालका डाक्टरलाई समेत प्रहरीले मानसिक तनाव दिइरहेको अरोप लगाएका छन्। घाइतेका आफन्तले उपचार गर्न पाउने संविधान प्रदत्त अधिरका समेत हनन् गर्दै प्रहरीले अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मै गएर ‘टर्चर’ दिइरहेको गुनासो घाइतेका आफन्तहरुले गरेका हुन्।

    उनीहरुले घाइतेलाई मात्रै नभई आफूहरुलाई समेत बिनाकारण विप्लव नेतृत्वको नेकपासँग जोडेर मानसिक तनाव दिइरहेको गुनासो पत्रकार सम्मेलनमा गरेका छन्। पत्रकार सम्मेलनमा विस्फोटमा घाइते भएका हरिबहादुर खड्काका छोरा जीवन खड्का र हरिबहादुर श्रीमती राधिकाले बिना कारण आफ्नो घाइतेलाई विप्लवको कार्यकर्ता भनेको र आमा छोरालाई प्रहरीले पटक-पटक मानसिक तनाव दिइरहेको गुनासो गरेका छन्।

    प्रहरीले आफूलाई पनि सोधखोज गरेको र छोरालाई राति-राति बोलाएर दुःख दिइरहेको गुनासो पोख्दै राधिका भन्छिन्, ‘प्रहरीले मलाई पनि धेरै सोधखोज गरे। मेरो छोरालाई पनि राती लाने गरेर धेरै दुःख दिइरहेको छ। छोराको कार्ड पनि लिएर गएका छन्। तँ पनि त्यही संलग्न भएको रहेछस्, हामी घटना भएको स्थलमा भेटेको भनेर मेरो जेठो छोरालाई धेरै तनाव दिएका छन्।’

    सुकेधारको विस्फोटमा परेर घाइते भएका खड्काको एउटा खुट्टाको हड्डी र एउटा हातको औंला पनि भाँचिएको चुडालिएको छ । थानकोट विस्फोटमा परी घाइते भएका विक्रम लामाकी श्रीमति सन्तोषी श्रेष्ठ घाइते श्रीमान् र आफूलाई विप्लवको मान्छे भन्दै प्रहरीले दुःख दिइरहको गुनासो गरेकी छन्। विस्फोटले आँखामा क्षति पुगेका लामाको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो।

    उपचारकै क्रममा प्रहरीले आईसीयूमै गएर टर्चर दिएको र उपचार पुरा भइनसक्दै प्रहरीले डाक्टरलाई बिरामी डिस्चार्ज गर्न दवाव दिइरहेको आरोप लगाइन्। शन्तोशिले भनिन्- ‘प्रहरी प्रशासनले मेरो घाइते श्रीमान र उपचार गर्ने डाक्टरलाई पनि “टर्चर” दियाे। हामी अनुसन्धानबाट भागेका पनि छैनौं, उहाँहरुले मजाले अनुसन्धान गरे हुन्छ। तर, मेरो माग यत्ति हो कि पूर्णरुपले घाइतेलाई निको हुन दिनुपर्ने। उपचार पूर्णरुपमा नहुँदै आईसीयूमै गएर प्रहरीले आजै लैजान्छु, भोली लैजान्छु भन्दा विरामीको समस्या झन् विग्रेको छ।’

    प्रहरीले आफूहरुलाई विप्लवको विल्ला भिराएपछि घरबेटीले समेत डेरा छोड्न दवाव दिइरहेको उनको गुनासो छ। ‘हाम्रो पसल छ, त्यसको सामान ल्याउँछु भनेर जानु भएको थियो, त्यो घटना भएको मलाई थाहा पनि थिएन, प्रहरीले भनेपछि मात्रै थाहा भयो। हामी भाडाको कोठमा बस्छौं। प्रहरीले घरबेटीलाई मान्छे हेरेर मात्रै राख्नु पर्दैन भन्यो। त्यसपछि घरबेटीले घर छोड्न दवाव दिइरहेका छन्।’

    प्रहरीले घाइतेलाई आफ्नो निगरानीमा राखेकाले उपचार खर्च पनि सरकारले नै व्यहोर्नुपर्ने आफन्तहरुको माग छ। गत जेठ १२ गते काठमाडौँ उपत्यकामा भएका शृंखलावद्ध विस्फोटमा परी सुकेधारा, घट्टेकुलो र थानकोटमा गरी ५ जनाको ज्यान गइसकेको छ ।

    विस्फोटमा विभुराम विक, निरन्तर मल्ल, गोकुल रानामगर, प्रज्वल शाही र राम कुमार श्रेष्ठको मृत्यु भएको छ। त्यस्तै बिष्फोटमा परी ५ जना घाइते भएका छन् । घट्टेकुलोमा भएको विस्फोटमा परी रुकुम घर भई त्रिचन्द्र कलेज पढ्ने रविन केसी घाइते भएका थिए। उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको थियो।

    सुकेधाराको ढलाने पुल नजिक भएको विस्फोटमा परी काठमाडौँ, कपनका हरि खड्का, बूढानीलकण्ठका सुरेन्द्र महर्जन, महोत्तरी घर भएका छोटु ठाकुर घाइते भएका छन् । उनीहरुको ओम अस्पतालमा उपचार भइरहेको छ। थानकोटमा विक्रम लामा घाइते भएका थिए। उनको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो।

    अनामनगरको घाइते रविन केसी र थानकोट बिस्फोटका घाइते बुद्ध लामालाई प्रहरीले अस्पतालको बेडबाटै गिरफ्तार गरिसकेको छ । घटनाको नेपाल कम्युनिस्ट पार्टीले जिम्मा लिँदै मृतकलाई सहिद घोषणा गरिसकेको छ ।

    प्रतिक्रिया