• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    आकाशमा उडीरहेका दुई विमान एकआपसमा ठोक्किए, के छ अवस्था

    13K
    SHARES

    काठमाडौँ । न्यूजिल्याण्डमा दुईवटा साना विमान आकाशमै एक आपसमा ठोक्किएपछि दुई जनाको ज्यान गएको छ । न्यूजिल्याण्डको उत्तरी टापुस्थित मास्टरटन शहरबाट दक्षिणमा रहेको हुद विमानस्थल नजिक विमान अवतरण गर्ने क्रममा दुई साना विमान एक आससमा ठोक्किएको अधिकारीले जनाएका छन् । विमान एक आपसमा ठोक्किएपछि जमिनमा खसेका थिए । त्यसपछि दुर्घटनाग्रस्त विमानमा आगलागी भएको जनाइएको छ । सोही विमानस्थलमा अवतरण गर्न लागेको अर्को हेलिकोप्टर भने सुरक्षित रहेको जनाइएको छ । विमान दुर्घटना हुनुअघि एउटा विमानमा रहेका चार प्याराशुटरले हाम फालेका थिए । मारिनेमा दुबै विमानका पाइलट रहेको जनाइएको छ । प्रहरीले मृतकको पहिचान सार्वजनिक गरिसकेको छैन । विमान दुर्घटना हुनुको कारणबारे पनि स्पष्ट खुलाइएको छैन ।

    त्यस्तै पाकिस्तानमा राज्यस्तरका एकजना नेताले फेसबुकमार्फत् पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गर्दा ‘क्याट फिल्टर’ अफ गर्न बिर्सेपछि हासोको पात्र बनेका छन् । पाकिस्तानको खैबर पख्तुनख्वा राज्यमा सत्तारुढ तहरिक–ए–इन्साफ पाकिस्तान पार्टीका नेता शौकत युसुफजाईले फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनका क्रममा क्याट फिल्टर अफ गर्न बिर्से । फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा उनको अनुहारमा बिरालोकोजस्तो जुँगा र टाउकोमा बिरालोकोजस्तै कान देखिएको थियो । त्यसपछि प्रत्यक्ष हेरिरहेका दर्शकले लाइभ कमेन्टमा उनको राम्रैसँग मजाक उडाएका थिए । उनको त्यस तस्बीर अहिले भाइरल भइरहेको छ ।

    यसैबिच सुडानमा लोकतन्त्रको पक्षमा सैन्य मुख्यालय बाहिर प्रदर्शनमा सहभागी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको छ । राजधानी खार्तुमस्थित सैन्य मुख्यालय बाहिर लोकतन्त्रको माग गर्दै प्रदर्शनमा सहभागीहरु माथि सेनाले गोली चलाएपछि भाग्ने क्रममा एक घरमा छिरेकी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको हो । सेनाले प्रदर्शनमा उत्रिएकाहरुलाई धरपकड गर्दै महिलामाथि हिंसा गरेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् । यद्यपी सेनाले भने यो आरोप अस्वीकार गरेको छ । उनीहरुले प्रदर्शनकारीबिरुद्ध कारबाहीको आदेश पाएको र सोही अनुसार कारबाही गरिए पनि यौन हिंसामा संलग्न नरहेको जनाएका छन् । सुडानी सेनाका प्रवक्ता शम्स अल–दिन कबासीले विपक्षीहरुले निराधार आरोप लगाएर सेनाको बदनाम गर्न खोजेको आरोप लगाएका छन् । यता एम्बुलेन्सका एक चालकले पनि प्रदर्शनकै क्रममा घाइते भएका महिलालाई अस्पताल लग्ने क्रममा सेनाले एम्बुलेन्समै बलात्कार गरेका बताएका छन् । यसैबीच, सुडानको एक ट्रमा सेन्टरमा बलात्कारमा परेका १२ जना महिलाको उपचार भइरहेको बताइएको छ । सुडानमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनका क्रममा एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । कयौं मानिसलाई नदीमा फ्याँकिएको बताइएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ