• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डलाई फेरी लाग्यो झट्का, ओली नेपाल आएलगत्तै भट्टराईले राखे यस्तो प्रस्ताव, अब के हुन्छ

    26.1K
    SHARES

    काठमाडौं । सरकारप्रति नेपाली जनता निराश हुदै गएको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पछिल्लोसमय पार्टी एकतासँगै अन्य विषयमा पनि रडाको मच्चिएको छ ।

    पार्ओयी अध्लीयक्ष द्वय केपी ओली र चण्डबीच  पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने सहमति बाहिरिएसँगै भिभाजित भएका नेताहरु अहिले अन्य विषयमा पनि बाझिन थालेका छन् । मिडिया काउन्सिलबिरुद्ध सत्तारुढ दलनिकटका पत्रकार बाहेक अन्य आम पत्रकारहरु आन्दोलनमा भएको बेला गुठीसम्बन्धि विधेयकले सडक र सदन तातेको छ ।

    गुठी विधेयकबारे प्रधानमन्त्री ओली आएपछि संशोधनसहित अघि बढ्ने बचन दिएका प्रचण्डले ओलीलाई भेट्न नपाउदै नेकपाकै सांसद योगेश भट्टराईले गुठी विधेयक स्थगित गर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराई यस्तो प्रस्ताव गरेका हुन् ।

    उनले सत्तापक्षले गुठी विधेयक सम्बन्धित पक्षलाई बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्ने कोशिस नै नगरेको बताएका छन् । केही गलत पक्षले गुठी विधेयकको आन्दोलनमार्फत साम्प्रदायिक सद्भावमाथि धावा बोल्न खोजेको उनको आरोप छ ।

    ‘बुझाउनु पर्नेले बुझाउन सकेनन्, बुझ्नु पर्नेले बुझ्न् कोशिस नै गरेनन्’, सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले लेलेका छन्, ‘आगोमा रोटी सेक्न अवान्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले । प्रधानमन्त्री स्वदेश फर्कनु भयो । अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू ।’

    प्रचण्डले गुठी विधेयकको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने तयारीमा रहेकाबेला भट्टराईले गुठी विधेयक स्थगित गर्ने नयाँ प्रस्ताव अघि सारेपछि फेरी नेकपाभित्र अर्को चर्काचर्की सुरु भएको छ ।

    आठ दिने युरोप भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विधेयकमा भएका कमजोरी सच्याउन सकिने बताएका थिए ।

    पत्रकारहरुलाई प्रधानमन्त्री ओलीले दिएको जवाफ जस्ताको तस्तै :

    मैले एक दुईवटा कुरा मात्रै भन्छु । केही कुराहरु हाम्रो वक्तव्यमा उल्लेख नभएका जस्तो, हामीले मैले टर्कीका उपराष्ट्रपतिसँग पनि भेटघाट गरेको थियौँ । आइएलओका डाइरेक्टरले दिनु भएको भोजमा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष, दक्षिण अफ्रिकाका राष्ट्रपति लगायत नर्वेका प्रधानमन्त्री अनेक नेताहरुसँग साइडलाईनमा वा अनेक ढंगले वाञ्छित कुराकानी भएको छ ।

    र, त्यसले ती देशहरुसँगको हाम्रो सम्बन्ध, हाम्रो आर्थिक गतिविधि, बहुआयामिक सम्बन्धलाई अगाडि बढाउन मद्दत पुर्याएको छ । अर्को, एउटा कुरा केही मानिसहरुले नबुझेको कुरा के छ भने अबको समय नेपालको आवेश, उत्तेजना, द्वन्द्व, आन्दोलनको समय होइन ।

    अबको समय संवाद सहमति, सहकार्य र अग्रगमनको समय हो । हिजो एउटा समय थियो, जतिबेला आधारभूत प्रश्नमा नै हामीले अधिकार प्राप्त गरेका थिएनौं । राजनीतिक अधिकार नै थिएन । त्यसकारण हामीले आन्दोलन गर्नु पर्दथ्यो । जनता सार्वभौमसत्ता सम्पन्न थिएनन् । त्यसकारण आन्दोलन गर्नु पर्दथ्यो ।

    अहिले दुईओटा कुरा नबुझेको हो । एउटा–जनता नै सार्वभौसत्ता सम्पन्न भइसकेको छ । तसर्थ जनताको इच्छा, भावना र हितविपरित कुनै पनि कुरा हुदैन । त्यो अर्को कुरा के हो भने अहिले जनतालाई देवता मान्ने, जनतालाई सर्वोपरी मान्ने, जनताको इच्छा, आकांक्षा, हित र आदेश अनुसार काम गर्ने जनताप्रति उत्तरदायी सरकार छ ।

    त्यसकारण जनताका कुरा सुन्छ । र, जनताको हितमा काम गर्छ । अर्को कुरा कुनै पनि कुरा शतप्रतिशत परफेक्ट नहुनपनि सक्छ । त्यस्तो भयो भने सरोकारवाला पक्षले, जनताको कुनै पक्षले यहाँनिर यस्तो भयो है भन्ने बित्तिकै त्यो विरोधको भावना बेस्सरी उछालेर कहाँ पुग्छु भन्ने त्यो भावना नराख्दा पनि हुने हो ।

    त्यो विरोध केही उछालिनेवाला पनि छैन । जनता भड्काउन सकिन्छ कि भन्ने नसोचे पनि हुन्थ्यो । भड्काउन सकिनेवाला पनि छैन । जनताका लागि काम गर्ने सरकार छ । अनि जनता के कारणले भड्किन्छ ? कुनै कमी कहीँ देखियो भने त त्यो सरकारले सच्चाइहाल्छ ।

    त्यसकारण जनताको इच्छा अनुसार काम गर्ने जनताको सरकार भएको हुनाले जनतालाई दमन गरेर आएको सरकार होइन यो । जनताको अभिमतबाट जनताप्रति प्रतिवद्ध रहेर, जनताप्रति प्रतिवद्धता जनाएर, त्यो प्रतिवद्धताका साथ र देशलाई अगाडि बढाउने संकल्पसाथ आएको सरकार हो । त्यसकारण यो सानातिना कुराहरुमा नअल्झिए हुन्थ्यो । अल्झिरहनु पर्ने आवश्यकतै थिएन ।

    गुठीका नाममा
    ठीसम्बन्धी कतिपय ठाउँमा गुठीका नाममा जनतामाथि, गरिबहरुमाथि शोषण भइरहेको छ । जमिन सबै कुरा एकै ठाउँ ‘टकासार भाजि टकासार खाजा’ भन्छ हिन्दीमा । त्यो हुँदैन । बैली, बहल, धार्मिक गुठी, यहाँका यस्ता ऐतिहासिक गुठीहरु, हाम्रा संस्कृतिसँग, साँंस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका साँस्कृतिक धरोहरसँग जोडिएका गुठीहरुको कुरा बेग्लै हो । यदि यस विधयकले कहीँकतै त्यस प्रकारका गुठीहरुमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ ।

    अब केहीमा निसहरुले खुबै मौका पायौँ भन्ठानेको होला । कुनै चान्स आउनेवाला छैन । चान्स छैन । किनभने यो सरकार जनताका लागि, जनताले भने अनुसार काम गर्छ, । जनताको हितमा काम गर्छ र यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरु, हाम्रा पुरातात्विक महत्वका धरोहरहरु, पुरातात्विक महत्वका धरोहर भन्दा घर मात्रै बुझिदैन ।

    घरसँग जोडिएका हाम्रा संस्कृति बुझिन्छ । मच्छेन्द्रनाथको रथ यात्रा आफैमा एउटा धरोहर हो । इन्द्रजात्रा आफैमा एउटा धरोहर हो । कुमारी जात्रा आफैमा एउटा धरोहर हो । त्यसकारण भवन, घर, कुदिएको कला मात्रै होइन । साँस्कृतिक लाजो झन् राम्ररी कुदिएको छ । त्यो पनि हो । त्यसकारण यसमा कुनै भ्रम राख्नु पर्ने आवश्यकता म देख्दिनँ ।

    अब म आइसक्या छु । यो सबै कुरा हामी हेरेर कुनैपनि हाम्रो साँंस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड रीतितिथिसँग कुनै कुराले कहिँनेरी अलिकति पनि प्रतिकुल असर वा घच्चा जानेर वा नजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ । यो सरकार बनेको जनताको मन दुखाउन होइन । यो सरकार बनेको जनताको मन हसाँउन हो ।

    त्यसकारण कहिँकतै केही नपुगेको देख्दा वा कहिँकतै केही भुलबस् कतै गएको देख्दा त्यो मौका आयो कि भन्ठान्नु बेकार हो । म त्यति भन्न चाहन्छु यस सन्दर्भमा । अर्को हाम्रा जहाजहरु युरोपियन आकाशमा पनि उड्ने छन्, विश्वका जुनसुकै आकाशमा उड्ने छन् । त्यो उड्ने प्रवन्धका लागि हामी तयारी गर्दैछौँ । यसपल्ट पनि हामीले गम्भिरताका साथ कुरा उठाएका छौँ ।

    सन् १९४७ को सम्झौतालाई त्रिपक्षीय राख्नु जरुरी छैन
    अर्को सन् १९४७ को त्रिपक्षीय सम्झौता त्यो धेरै पुरानो भयो, त्यो साँचो हो । त्यसले आजका हाम्रा आवश्यकतालाई त्यसले निर्देशित गर्न, नियन्त्रित गर्न सक्ने अवस्था छैन । त्यसकारण स्वभाविक हो यो कुनै आवेश उत्तेजनाको विषय होइन । १९४७ को त्रिपक्षीय सन्धी त्यो भारतबाट व्रिटिस गोर्खा भनिएका हाम्रा दाजुभाइहरु रेजिमेन्ट मारिएका बेलाको कुरा हो ।

    त्यसकारण त्यस कुरालाई त्रिपक्षीय नै राख्नुपर्ने आवश्यकता छैन । आज हामी दुई पक्षीय सहमतिमा जान सक्छौँ । त्यसका लागि पुनरावलोकन गर्नु पर्छ । समग्र पुनरावलोकनको पक्षमा हामी छौँ । कसरी अगाडि बढ्ने भन्ने कुरा । यो कुनै भन्न नहुने कुरा वा लुकाएको कुरा होइन ।

    मैले युकेमा त्यहाँ प्रधानमन्त्री थेरेसा मेरी मेसँग पनि यो कुरा गरेँ र हाम्रो विचार हो यो । हाम्रो सोच हो भनेर भनेँ । तर, त्यो कुरा मात्रै संयुक्त वक्तव्यमा आउँछ जो दुवै पक्षलाई उत्तिकै सजिलोसँग स्वीकार्य हुन्छ । त्यो नभइसकेको अवस्थामा त्यो दुई पक्षीय संयुक्त वक्तव्यमा आउदैन त्यो, स्वभाविक हो । अहिले हामीले उठाएका हौँ त्रिक्षीय सम्झौता अब आवधिक रहेन, यसको पुनरावलोकन गर्नु पर्छ भन्ने कुरा हामीले उठाएका हौँ ।

    भ्रमण फलदायी रह्यो
    भ्रमण संक्षिप्तमा अत्यन्तै फलदायी रह्यो । हामी अत्यन्त सक्रिय पनि रह्यौँ । हामीले हाम्रा नीतिहरु, उपलब्धिहरु, आवश्यकताहरु, आंकाक्षाहरु यी सबै कुराहरुलाई सबै ठाउँमा सान्दर्भिक ढंगले, सान्दर्भिक ठाउँहरुमा उठाएका छौँ, अगाडि बढाएका छौँ ।

    छानविन भइरहका कुरामा नबोलौं
    वाईडबडी चाहिँ त्यसमा छानविन हुँदै छ । छानविन भइरहेका कुरामा मैले धेरै केही नबोलौँ । अब गैर जवाफदेही पाराले फलानो भ्रष्टाचार, फलानोले खायो भन्दिन मिल्छ तर, मैले परिणाम नआइकन कसैको बारेमा भन्न मिल्दैन । छानविन हुँदैछ–जो दोषी छ उम्किन पाउँदैन । दोषीमाथि कारवाही हुन्छ ।

    वाइडबडी अहिलेसम्म उडेन । किनभने पहिले त तयारी नै भएको थिएन त्यसको । अब बिस्तारै उड्छ । अब सरकारको त्यसमा ध्यान गएको छ । लोकसेवा आयोगको विज्ञापन सम्बन्धी मुद्दा अदालतमा चलिराख्या छ क्यार, सबजुडिस केसमा धेरै केही नबोलौँ, धन्यवाद !

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ