• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्डलाई चकित पार्दै लोकसेवाको विज्ञापन र गुठी विधेयकबारे प्रधनामन्त्री अ‍ोलीले मुख खोले

    11K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युरोप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।

    ‘म आइसक्या छु सबै कुरा हेरेर सांस्कृतिक र ऐतिहासिक धरोहर, परम्परतामा कुनै कुराले कहीँ पनि जानेररनजानेर घच्चा लागेको रहेछ भने सरकारले सच्याउँछ,’ उनले भने । गुठीका गरिबमाथि शोषण भइराखेको उनले बताए ।

    ‘कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइराखेको छ,’ प्रधानमन्त्रीले भने, ‘साँस्कृतिक धरोहरसँग जोडिएका ठाउँमा कतै धक्का लागेको रहेछ भने सरकारले विचार गर्छ ।’ उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे ।

    ‘केही मान्छेले खुबै मौका पायौं भनेका होला कुनै चान्स छैन,’ उनले भने, ‘यो सरकारले जनताका हितमा काम गर्छ ।’ उनले जनताको भावना र हितविपरीत हुने कुनै पनि कुरा सरकारले नगर्ने पनि बताए । जनतालाई देवता मान्ने, सर्वोपरी मान्ने हित र आदेशअनुसार काम उनको भनाइ छ ।

    ‘जनताप्रति सरकार उत्तरदायी छ । जनताका कुरा सुन्छ । जनताका हितमा काम गर्छ,’ उनले भने, ‘जनता नै सार्वभौम भएकोले अब आन्दोलन गरिराख्नुपर्दैन ।’ उनले कुनै पनि कुरा शतप्रतिशत नहुने भन्दै सरोकारवाला पक्षले कहाँनेर कमजोरी भयो औल्याउनुपर्ने बताए। ‘जनता भड्काउन सकिँदैन जनता के कारणले भड्कन्छ ?,’ उनले भने ।

    उनले आफ्नो नेतृत्वको सरकार जनताको मन हसाउन बनेको बताए । ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन हँसाउन हो,’ उनले भने । प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए ।

    विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा भने, ‘वाइड बडी अनियमितताबारे छानबिन भइराखेको छ, परिणाम नआइकन केही भन्न मिल्दैन।’ उनले दोषीमाथि कारबाही हुने बताए। ‘छानबिन भइराखेको छ। मैले गैरजिम्मेवार ढंगले कोही भ्रष्टाचारी भन्न मिल्दैन,’ उनले भने, ‘छानबिन सकेपछि दोषीमाथि कारबाही हुन्छ।’

    प्रधानमन्त्रीलाई पत्रकारले सोधेको रेल कहिले आउँछ भन्ने प्रश्नमा उनले रेल भारत र चीनबाट ल्याइने बताए। ‘रेल युरोपबाट ल्याउने भनेको छैन। भारत र चीनबाट ल्याउने भन्या हो,’ उनले भने, ‘यसबारे पछि कुरा गरौंला।’

    लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञापन समावेशी नभएको भन्दै विवादित बनेकोमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्रीले लोक सेवा आयोगको उक्त विज्ञापनबारे अहिल्यै केही नबोलौं भनेका हुन्।

    उनी गत जेठ २५ गते भ्रमणमा गएका थिए। प्रधानमन्त्रीकोलाई विमानस्थलमा स्वागत गर्न उपप्रधानमन्त्री ईश्व पोखरेल, सभामुख कृष्णबहादुर महरा,नेकपाका नेताहरुलगायत पुगेका थिए ।

    यता सत्तारुढ नेकपा सांसद विरोध खतिवडाले सरकार र गुठियारबीच वार्ताका लागि हस्तक्षेपकारी भूमिका खेल्न सभामुखलाई आग्रह गरेका छन् । संसदको शुन्य समयमा बोल्दै सांसद खतिवडाले गुठी विधेयकलाई लिएर सरकार र गुठियारको बीचमा ३६ को आँकडा रहेको तर हाम्रो कुरा बुझेन भनेर दुबैले गाना चाहिँ एउटै गाइरहेका बताए ।

    उनले भने, ‘बुझ्नेले कुरा नबुझेपछि, मनमा पिर त पर्ने नै भयो … सरकार गालामा हात लगाएर यो गाना गाइरहेको छ ।’ ‘गुठियारहरु यही गाना गाइरहेका छन् । बुझ्नेले कुरा नबुझेपछि, मनमा पिर नलिएपछि मसाल त समात्नै पर्‍यो’, उनले अघि भने । नेपालको हरेक आन्दोलनमा नेवार समुदायको ठूलो योगदान रहेको भन्दै वार्ताका लागि पहल गर्न सभामुखलाई आग्रह गरे ।

    यस्तै शनिबार मात्रै सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा मागेका छन् ।

    गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै सांसद मानन्धरले भने, ‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।’

    सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । “संचारमन्त्रीजी, कि क्षमा माग्नुस्, कि राजिनामा दिनुस्’ उनले भने । गुुठियारहरुलाई आक्षेप लगाउने र अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु हुने उनको चेतावनी छ ।

    नेकपा सांसद मानन्धरले प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएपछि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडौंमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनी समेत दिएका छन् । रिपोर्टर्स क्लब नेपालको कार्यक्रममा उनले भने, ‘म यहीँबाट भन्न चाहन्छु, यदि प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ ।’

    बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाईसरकारले मास्न खोजेको उनको आरोप छ । कांग्रेस सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए । सञ्चारमन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको उनको टिप्पणी छ ।

    पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए । ‘गुठी भनेका हाम्रा पुर्वजहरुले गुठियारहरुलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो’ उनले भने ।

    प्रतिक्रिया