• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओलीलाई आयो सरकार ढाल्ने चेतावनी, अब के गर्लान प्रचण्ड ?

    25.6K
    SHARES

    काठमाडौं । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ ।

    काठमाडौंको बसन्तपुरबाट ज्यापु महागुठीलगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक संघ–संस्थाले गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले सरकारले धार्मिक, सांस्कृतिक र परम्परामाथि हस्तक्षेप गरेको भन्दै विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    उनीहरुले सरकार जनविरोधी गतिविधिमा संलग्न भएको, गुठी कब्जा गरेर कार्यकर्ताको पालनपोषणमा लागेको र भूमाफियाको बचाउ गरेको भन्दै विधेयक फिर्ता नगरे सरकार ढाल्नेसमेत चेतावनी दिएका छन् । वसन्तपुरबाट सुरु भएको विरोध प्रदर्शन न्यूरोड, टेकु, ठमेल, दरबारमार्ग, रत्नपार्क, शहिदगेट हुँदै पुनः बसन्तपुर पुगेर समापन भएको थियो ।

    ओलीलाई सरकार ढाल्ने चेतावनी आएपछि प्रचण्डले कस्तो प्रतिक्रिया देलान भन्ने चासो सर्बत्र भएको छ । यसैबीच ‘गुठी विधेयक खारेजी अभियान’ले विधेयक खारेजीको माग गर्दै वसन्तपुरमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ । अभियानका संयोजक तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अगुवाइमा धर्ना दिइएको हो ।

    जोशीले विधेयक खारेज नभएसम्म धर्ना जारी रहने बताए । गुठी विधेयकले धर्म, परम्परा र संस्कृतिमाथि ठाडो हस्तक्षेप गरेको, ऐतिहासिक सम्पदा सरकारले कब्जा गर्न खोजेको भन्दै धर्नामा सहभागीहरुले सम्पदा बचाउ अभियानमा सहभागी हुन आह्वानसमेत गरेका छन् ।

    यता पूर्वराजा ज्ञानेन्द्र शाहले गुठी विधयेकबाट मुलुकमा उत्पन्न परिस्थितिबारे गहिरो चासो र चिन्ता व्यक्त गरेका छन् । हाल थाइल्याण्डको राजधानी बैंककमा रहेका पूर्वराजा शाहले शुक्रबार केही नेपालीहरूसँगको अनौपचारिक भेटघाटका क्रममा आफ्नो चासो र चिन्ता व्यक्त गरिएको बुझिएको छ ।

    उक्त भेटघाटमा सहभागी तर नाम सार्वजनिक गर्न नचाहने एक व्यक्तिका अनुसार पूर्वराजाले मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाज र तिनीहरूसँग जोडिएका संस्थाहरू सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो आधार हुन्न भन्ने कुरालाई मनन गर्दै तिनीहरुलाई कुनै पनि रुपमा खल्बल्याउन नहुने विचार व्यक्त गरेका थिए ।

    उनका अनुसार यस्तो संवेदनशील विषयमा आवश्यक सुधार र परिमार्जनको दायित्व पनि सम्बन्धित गुठीहरुकै भएको धारणा पनि पूर्वराजाले व्यक्त गरेका थिए ।

    सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले गुठी परम्परा सामन्तवादको अवशेष रहेकोले यसलाई समाप्त गर्न सरकार दृढ रहेको बताएका छन् भने ८० भन्दा बढी गुठीरूले संयुक्त संघर्ष समिति गठन गरी विगत ६ दिनदेखि राजधानीमा विरोध प्रदर्शन गर्दै आएका छन् ।

    यता कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आम नागरिकको भावनाविपरीत हुने गरी गुठी विधेयक पारित नहुने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले गुठी विधेयक बहसमा मात्रै आएकाले कानुन नै बने जसरी नबुझ्न आग्रह गरे।

    ‘हामी जनताको भावनाविपरीत कुनै काम गर्दैनौं, यदि आम नागरिकको सामाजिक र साँस्कृतिक भावनाविपरीत विधेयक देखियो भने त्यसलाई पारित गर्दैनौं,’पोखरेलले भने, ‘विधेयक छलफलका क्रममा आउने वित्तिकै कोही पनि आत्तिनुपदैन, अहिले नै कुनै कानुन बनेको होइन।’

    सरकारले जनताको भावनाविपरीत कुनै काम नगर्ने बताउँदै संसदमा छलफलका क्रममा आएको विधेयककै कारण उत्पातै भयो भनेर नबुझ्न समेत उनले आग्रह गरे। जनताको भावना बुझेर मात्रै काम गर्ने भन्दै पोखरेलले सरकार जनताको हितविरूद्ध कहिल्यै नजाने दाबी गरे।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ