• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपा कास्की सेक्रेटरी आक्रोशसहित ९ जनालाई रिहा गर्न अदालतको आदेश, पुनः समात्ने प्रहरीको तयारी

    5.8K
    SHARES

    पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुकबाट गिरफ्तार परेका २२ मध्ये ९ जना नेता कार्यकर्तालाई रिहा गर्न उच्च अदालत कास्कीले आदेश दिएको छ ।

    बिहिबार भएको सुनुवाईमा उच्च अदालत कास्कीले नेकपा कास्कीका सेक्रेटरी आक्रोशसहित अन्य ९ जना विद्यार्थी नेताहरुलाई थुनामा राख्नुपर्ने कुनै प्रयाप्त कारण नदेखिएको भन्दै रिहा गर्न आदेश दिएको छ । सेक्रेटरी आक्रोशसँगै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य द्वय मिलन, काजि गुरुङ त्यस्तै विद्यार्थीकै प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, गगन परियार र परिवर्तनसहित अर्का एकजनालाई रिहा गर्न आदेश दिएको हो ।

    उनीहरुलाई अदालतले छोड्न आदेश दिएसँगै यता प्रहरीले भने पुनः गिरफ्तार गर्ने तयारी गरेको छ । अदालतले उनीहरुलाई रिहा गर्न आदेश दिएलगत्तै अदालतबाहिर भने प्रहरीले पहरा दिइरहेको छ । साथै यो समाचार तयार पार्दासम्म अदालतबाहिर ठुलो संख्यामा प्रहरी परिचालन भएको त्यहाँबाट एकजना प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई बताए ।

    ‘भित्र अदालतले आक्रोश जीसहित ९ जनालाई छोड्न आदेश दिइसकेको छ तर बाहिर प्रहरीले आफ्नो पहरा बढाएको छ । अहिले बाक्लो रुपमा प्रहरी उपस्थित भएको छ । ५ भ्यान सशस्त्र प्रहरीको गाडी बाहिर छ ।’ ति प्रतक्ष्यदर्शीले संचारकेन्द्रसँग टेलिफोनमा भने, -‘यसो हेर्दा प्रहरीले पुनः उहाँहरुलाई समात्ने तयारी गरेको देखिन्छ ।’

    पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल ‘क्रान्तिकारी’ को बैठक बसिरहेका बेला बैठकस्थल नै घेराबन्दीमा पारेर कास्की प्रहरीले सेक्रेटरी आक्रोशसहित २२ जनालाई गत शनिबार गिरफ्तार गरेको थियो ।

    अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा विद्यार्थी सङ्गठनको वैठक बसिरहेकै शनिबार अपरान्ह ४ बजेबाट प्रहरीले वैठकस्थलमा घेराबन्दी गरेको थियो । प्रहरीको नेकपा नेता कार्यकर्तालाई घेरा हालेपछि स्थानीय आमा समूहले प्रतिकार गरेको थियो ।

    तर प्रहरीले सबैलाई गिरफ्तार गरेर हिरासतमा राख्ने धम्की दिएपछि आमा समुह पछि हटेको प्रत्यक्षदर्शीले बताएका थिए । ४ बजेदेखिको घेराबन्दीमा राखेका नेता कार्यकर्तालाई राति १० बजे जिल्ला प्रहरी कार्यालयबाट थप फोर्स मगाएर गिरफ्तार गरेको थियो ।

    यसैबीच नेकपा कास्कीले आफ्ना नेता कार्यकर्ताको गिरफ्तारीप्रति घोर आपत्ति जनाएको छ । आइतबार बिहानै एक विज्ञप्ति जारी गर्दै नेकपा कास्कीका इन्चार्ज रुपेशले हिजो २५ गते कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा न.. ११ उरीस्थित एक आमा समूहको घरमा बसिरहेका बखत दलाल सत्ताका मतियारहरुले बैठकस्थललाई घेरा हाली आतंक मच्चाएर व्यापक गिरफ्तारी गरेको भन्दै घोर भत्सर्ना गरेका छन् ।

    सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकारले गिरफ्तार सबैलाई निःशर्त रिहा नगरेर राजनीतिक स्वतन्त्रताको सुनिश्चितता र जनदमन नरोकेमा थप संघर्षमा जाने समेत उनले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

    ‘संविधानले नै निर्धारण गरेको परिधिमा रही आफ्नो संगठनको बैठक बसरिहेका बेला गरिएको जनदमन र गिरफ्तारीको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । साथै सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकारले गिरफ्तार साथीहरुको निःशर्त रिहाईको माग पनि गर्दछ । यदि राजनीतिक स्वतन्त्रताको सुनिश्चितता र जनदमन नरोकेमा थप संघर्षमा जान समेत बाध्य हुने कुरा समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

    आफ्नो दलाल सत्ता जोगाउन ओली सरकारले संविधानले नै मौलिक हकका रुपमा निधाृरण गरेको “विना हातहतियार भेला भई आफ्नो कुरा जनतामाझ निर्धक्कका साथ राख्न पाउने” अधिकारलाई कुल्चिंदै व्यापक मात्रामा गैरकानूनी धरपकड, गिरफ्तारी र खानतलासीलाई तीब्रता दिईरहेको नेकपाको दावी छ ।

    विज्ञप्तिमा भनिएको छ -‘विदेशी शक्तिको इशारामा सञ्चालित वर्तमान सामाजिक फासविादी दलाल सत्ताले वैज्ञानिक समाजवादी राज्यस्थापनाका लागि देशमा चलिरहेको एकीकृत जनक्रान्तिलाई दमनको माध्यमबाट समाप्त गर्ने दिवास्वप्न देख्दै व्यापक दमनमा उत्रिएको सर्वविदित्रै छ । आफ्नो दलाल सत्ता जोगाउन उसले संविधानले नै मौलिक हकका रुपमा निधाृरण गरेको “विना हातहतियार भेला भई आफ्नो कुरा जनतामाझ निर्धक्कका साथ राख्न पाउने” अधिकारलाई कुल्चिंदै व्यापक मात्रामा गैरकानूनी धरपकड, गिरफ्तारी र खानतलासीलाई तीब्रता दिईरहेको छ ।’

    साथै सबै न्यायप्रेमी देशभक्त, राष्ट्रवादी, उत्पीडित समुदाय, ब्यबसायीहरु, बुद्धिजिवी, पत्रकार, मानवअधिकारवादी संघ संस्था, राष्ट्रसेवक लगायत सवैमा जनदमनको विरोधमा उत्रिन र जनताको राजनीतिक अधिकारको रक्षार्थ भए-गरेका संघर्षहरुमा सहयोग, समर्थन र ऐक्यबद्धता जनाईदिन नेकपाले अनुरोध पनि गरेको छ ।

    ता नेकपाले भने आफ्ना २२ जना नेता कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ तर प्रहरीले भने १८ जनालाई मात्रै नियन्त्रणमा लिएको बताएको छ । २२ नेता कार्यकर्तालाई गिरफ्तार गरेर १८ जना मात्रै भन्नु कुनै षड्यन्त्र हुनसक्ने अन्यलाई बेपत्ता बनाउनसक्ने भन्दै नेकपाले आफ्नो ध्यान केन्द्रित भएको पनि जनाएको छ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ