• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    गोपालगञ्जमा फेरी एक्कासी भयानक हावाहुरी ८ जनाको मृत्यु, यस्तो छ थप बिबरण

    16.4K
    SHARES

    काठमाडौँ । मौसम परिवर्तन भएसंगै अहिले देश तथा बहिर हावाहुरीले बितण्डा मच्चाइरहेको छ। नेपालमा मात्रै नभएर छिमेकी भारत र नेपालसँगै जाेडिएकाे बिहारमा हावाहुरीकै कारण ठुलाे क्षति भएकाे छ ।

    पूर्वी भारतीय राज्य बिहारमा बिभिन्न भागमा आएको आँधी र चट्याङका कारण् कम्तीमा ८ जनाको मृत्यु भएको छ । आँधी र चट्याङ लागेर अन्य ११ जना घाइते भएका छन् ।

    सोमबार साँझ एक साथ आँधी र चट्याङ आएको बताइएको छ । बिहार राज्यको गोपालगञ्जमा ३, सिओहार १, सितामार्हिमा १ र पूर्वी र पश्चिम चम्पारनमा १–१ जनाको मृत्यु भएको जनाइएको छ । यी जिल्लाहरुमा नै अन्य ११ जना घाइते भएका हुन् ।

    भीषण रुपमा आएको आँधीको कारण कैयो रुख र बिजुलीका पोलहरु ढलेका छन् । आँधी प्रभावित क्षेत्रमा मंगलबारसम्म पनि पूर्ण रुपमा विद्युत आपूर्ति हुन नसकेको जनाइएको छ ।

    यसअघि उत्तर प्रदेशमै बिहीबार आएको हावाहुरीले २८ जनाको ज्यान लिएको छ । राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ ओटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताए ।

    उनले आँधीप्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको पनि जानकारी दिए । आँधीबाट प्रदेशका मैनपुरी, कासगन्ज, एटा, आगरा, रामपुर, बदायु र पिलिभित सबैभन्दा बढी प्रभावित भएका छन् ।

    स्थानीय सन्चारमाध्यमकाअनुसार चट्याङका साथै रुख र पर्खालहरु ढलेर मानिसको मृत्यु भएको छ । स्थानीय प्रशासनले मृतकका परिवारलाई जनही भारतीय रुपैयाँ चार लाख दिने घोषणा गरेको छ ।

    आँधीबाट ठूलो संख्यामा घरपालुवा पशुपक्षी पनि मरेका छन् । आँधीप्रभावित क्षेत्रमा भएको जनधनको क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

    बिहिबार नेपालको सुदुरपश्चिम प्रदेशमा पनि ब्यापक हावाहुरी आएको थियो । कैलाली र कञ्चनपुरका हावाहुरी पीडितको विचल्ली भएको छ । प्रदेश सरकारसहित विभिन्न निकायले राहतको घोषणा गरेको भए पनि पीडितले अझै पाउन सकेका छैनन् ।

    हावाहुरी आएको पांच दिन बितिसक्दा समेत पीडितहरुले आजसम्म राहत पाउन सकेका छैनन् । राहत नपाउंदा यस क्षेत्रका स्थानीय खुल्ला आकास मुनि रात बिताउन बाद्य छन् । हावाहुरी गएको दोस्रो दिन केहि जनप्रतिनिधि आएर घर हेरेपनि राहत दिन कोहि नआएको पीडितको गुनासो छ ।

    हुरीले घर र घरमा रहेका सामान नष्ट गरेपछि पीडित अहिले के खाने र घरको छाना कसरी छाउने भन्ने चिन्तामा छन् । अधिकांश पीडितहरुको अवस्था दयनीय र कहालीलाग्दो छ । झण्डै ४० डिग्रीको गर्मी, त्यसमा वस्न र खान नपाएर छटपटिरहेका पीडितहरुले राहत स्वरुप त्रिपाल मात्रै होईन कुनै खाद्य सामाग्री समेत पाउन सकेका छैनन् ।

    अहिले हावाहुरी पीडित परिवारलाई सांझ विहानको छाक टार्न पनि निकै मुस्किल भईरहेको छ । त्यसमा सर्प किराहरुको डरले समेत पीडित परिवार राम्ररी सुत्न नसकेको गुनासो गर्छन् ।

    यता, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी भने स्थानीय जनप्रतिनिधिले समन्वय नगर्दा पीडितसम्म राहत पु¥याउन समस्या भएको बताए । नयां संरचना अनुसार स्थानीय र प्रदेश सरकार घर आगनै आएको भएपनि कैलाली कञ्चनपुरका हावाहुरी पीडितहरुले अहिलेसम्म त्यसको अनुभुती गर्न पाएका छैनन् ।

    गत विहीवार आएको हावाहुरीले कैलालीमा दुई जनाको मृत्यु भएको थियो भने ८४ जना घाईते भएका थिए । ७ हजार ८ सय ४४ घरधुरी प्रभावित र दुई हजार दुई सय १६ घर पुर्ण रुपमा क्षति भएको जिल्ला आपतकालीन सञ्चालन केन्द्र कैलालीले जनाएको छ ।

    हालसम्म एक हजार तीन सय ४८ थान त्रिपाल मात्रै राहत स्वरुप बाडिएको छ । यस क्षेत्रमा अहिलेसम्म कुनै पनि खाद्य सामाग्री वितरण भएको छैन । वढी क्षति भएका स्थानीय तहले मेस सञ्चालन गरेर खानाको व्यवस्था गर्ने भनेकोमा पीडितहरुलाई खानाको व्यवस्था हुन सकेको छैन ।

    यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात् जुन १० का दिन भित्रिनुपर्नेमा एक साता ढिलोगरी भित्रिने भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए ।

    ‘मनसुन भित्रिनका लागि जुनखालको वातवरण हुनुपर्ने हो, त्यो बनिसकेको छैन, विस्तारै बन्नेक्रममा छ’– उनले भने । मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ । तर, अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

    नेपालमा मनसुन भित्रिनका लागि दक्षिण–पूर्वी बंगालको खाडीबाट वायुमन्डलको तल्लो सतहदेखि करिब ६ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ । तर, अहिले वायुमन्डलको तल्लो सतहमामात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन ।

    जलवाष्युक्त हावाको वायुमन्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन सुरु हुने मौसमविद् आर्यालले जानकारी दिए । मनसुन पूर्णसक्रिय हुनका लागि मनसुनी हावा वायुमन्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यूनचापीय रेखा स्पस्टसँग देखिनुपर्ने हुन्छ ।

    न्यूनचापीय क्षेत्रको विकास भएर न्यूनचापीय रेखा नेपालतिर परेको हुनुपर्छ । यसका साथै उच्चचापीय क्षेत्रको विकास पनि भएको हुनुपर्छ । सामान्यतया नेपालमा मनसुन सुरु हुने समय जुन १० हो । यस वर्ष मनसुन एक साता ढिलोगरी सुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष जुन ८ मा मनसुन सुरु भएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ