• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अवतरण गराउने क्रममा फेरी भयानक हेलिकोप्टर दुर्घटना, पाइलटको मृत्यु, यस्तो छ थप बिबरण

    18.2K
    SHARES

    एजेन्सी । देश भित्र तथा बाहिर ठुला – ठुला मानवीय क्षति हुने दुर्घटनाका समाचार बाहिर आईरहेका बेला फेरी न्यूयोर्क शहरको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर अवतरण गराउने क्रममा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।

    दुर्घटनामा पाइलट टिम म्याकोर्माकको मृत्यु भएको हो । ‘अगष्टा ए १०९ ई’ हेलिकोप्टर दुर्घटनापछि भवनको माथिल्लो भागमा आगलागीसमेत भएको थियो । भवनको छतमै हेलिकोप्टर दुर्घटना भएर आगलागी भएपछि भागाभाग भएको थियो । अग्नी नियन्त्रकहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए ।

    घटनामा कोही पनि घाइते नभएको न्यूयोर्कका गभर्नरले जनाएका छन् । टाइम्स स्क्वायर नजिकै रहेको भवनमा उक्त घटना भएको हो । प्रारम्भिक अनुसन्धानमा घटना कुनै खराब नियतका कारण भएको जस्तो नदेखिएको अधिकारीहरुले बताएका छन् ।

    यस्तै एक साता अघि  ८ जना क्रु सदस्य र ५ जनासहित १३ जना लिएर उडेको भारतीय वायुसेवाको एएन–३२ अझै फेला परेको छैन । विमान आसामको जोरहाटबाट अरुणाचल प्रदेशका लागि उडेको थियो । सोमवार दिउँसो १ बजे पछि विमानसँग सम्पर्क हुन नसकेको भारतीय सञ्चारमाध्यमहरले जनाएका छन् ।

    विमान हराएको एक साता वितेको छ र विमानको खोजी अझै जारी छ । हराएको विमानमा आधुनिक एवियोनिक्स, रडार या आपातकालीन लोकेटर ट्रान्समीटर ईएलटीथिएन ।

    विमानको अन्तिम लोकेशन अरुणाचल प्रदेश को पश्चिम सिन्याग जिल्लामा चीनको सीमा नजिक फेला परेको थियो । यो विमान यही क्षेत्र आसपास रहेको हुनसक्ने अनुमान गर्दै खोजी कार्य गरिएको भए पनि विमान फेला परेको छैन ।

    भारतीय वायु सेनाको एन्टोनोभ एन् ३२ विमान त्यसको ३५ मिनेटपछि सम्पर्कविहीन हुन पुग्यो। चीनको सिमाना नजिक रहेको अरुणाचलको मेचुका विमानस्थलका लागि उडेको उक्त मालवाहक विमानमा चालक दलका ८ सदस्यसहित अन्य पाँच यात्रु सवार थिए।

    रूसमा निर्मित दुइटा इन्जिन भएको ट्रबोप्राप उक्त जहाज भारतीय सेनाले विशेष गरी सेना र मालसामान ढुवानीका लागि प्रयोग गर्दै आएको थियो। विमान हराइरहेको क्षेत्र भौगोलिक हिसाबले कठिन हुनुका साथै घना जंगल रहेको बताइन्छ।

    जहाज खोजीका लागि भारतीय सेनाले भएभरको संयन्त्र प्रयोग गरेको दाबी गर्दै आए पनि अहिलेसम्म विमान र त्यसमा रहेका यात्रुका बारेमा कुनै पनि सूचना प्राप्त गर्न सकेको छैन।

    यद्यपि सेनाले भने ट्वीटरमार्फत जहाजको खोजीका लागि हरसम्भव प्रयास गरिहेको बताउँदै आएको छ। खोजी कार्यको पछिल्लो अवस्था बुझन भारतीय वायु सेनाका प्रमुख करमवीर सिंह आफैं शनिबार जोरहाट पुगेका थिए।

    यसैबीच खोजी कार्यक्रममा ठोस प्रगति नभएपछि भारतीय वायु सेनाले शनिबार बेपत्ता विमानका बारेमा भरपर्दो सूचना दिनेलाई ५ लाख भारु नगद पुरस्कार दिने घोषणा गरेको छ।

    त्यस्तै भारतको जम्मु–कस्मिरमा डेढ वर्षअघि एक ८ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारपछिको हत्याकान्डमा संलग्न ६ जनालाई अदालतले दोषी ठहर गरेको छ । पन्जाबको पठानकोट अदालतले सोमबार फैसला गर्दै ६ जनालाई दोषी ठहर गरेको हो ।

    सन् २०१८ को जनवरी १० मा ८ वर्षीया बालिकालाई नियन्त्रणमा लिइ लागुऔषध सेवन गराइ सामूहिक बलात्कारपश्चात् हत्या गरेको अभियोगमा अदालतले फैसला सुनाएको हो । अभियुक्तहरुले बालिकाको सामूहिक बलात्कार गरी हत्या गरेको स्वीकारेपछि दोषी ठहर गरिएको हो ।

    घटनाका ‘मास्टरमाइन्ड’ पूर्वसरकारी अधिकारी साँझी राम, प्रहरी अधिकृत दीपक खजुरिया र प्रवेश कुमार गरी तीनजनालाई आजीवन कैद सजाय सुनाइएको छ । उनीहरुलाई एक/एक लाख भारु जरिवाना पनि गरिएको छ ।

    अरु तीन अभियुक्तलाई पाँच/पाँच वर्षको जेल सजाय सुनाइएको छ । प्रमाणको अभावमा मास्टरमाइन्ड रामका छोरा विशाललाई भने अदालतले सफाइ दिएको छ ।

    दुई विशेष प्रहरी अधिकारी दीपक खजुरिया र सुरेन्द्र वर्मा, प्रमुख कन्स्टेबल तीलक राज र सबइन्स्पेक्टर आनन्द दत्तालाई प्रमाण नस्ट गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो । आजीवन कारावासको सजाय सुनाइएका प्रवेश कुमार भने साँझी रामका साथी हुन् ।

    गत वर्षको अप्रिलमा प्रहरीले मुद्दा चलाएका ८ जनामध्ये एक नाबालकको भने जम्मु–कस्मिरस्थित उच्च अदालतमा मुद्दा चलिरहेको छ ।

    अल्पसंख्यक बकरवाल समुदायकी ती ८ वर्षीया बालिकालाई अपहरणपछि अपराधीहरुले गाउँको एक मन्दिरमा बन्धक बनाएर राखी कयौं दिनसम्म बलात्कार गरी टाउको कुल्चेर मारेका थिए । उनको शव जनवरी १७ मा क्षतविक्षत अवस्थामा जंगलमा भेटिएको थियो ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले सो हत्याकान्डलाई दर्दनाक घटना भन्दै उचित छानबिनको माग गरेका थिए ।

    उता अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा करिब १ सय मानिसको मृत्यु भएको छ ।सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामी डामा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।

    करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा आएका हतियारधारी समूहले गाउँमा आक्रमण गरेका हुन् । उनीहरु महिला र बालबालिकालाई समेत निशाना बनाएका थिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।

    आक्रमणमा परेर मारिएका ९५ जनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन् । फेला पारिएका अधिकांश शव जलेको अवस्थामा भेटिएका थिए । आक्रमणमा परेका १९ जना अझै हराइरहेका छन् ।

    उनीहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । पछिल्ला केही महिनायता मालीमा यस्तै खालका आक्रमणहरु हुने गरेका छन् ।

    यस्ता आक्रमणमा केही जातीय समुदायको संलग्नता रहेको बताइएको छ । मालीको सरकारले शंकास्पद आतंककारीहरुले गाउँमा आक्रमण गरेको जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ