• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    यातायातमन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुब्यो, केछ मन्त्रीको अवस्था ?

    14.8K
    SHARES

    स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सवार गाडी स्याङजा जिल्लाको एउटा खोलामा डुबेर अडकिएको छ । सोमबार मन्त्री महासेठको गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको हो । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको थियो ।

    बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो । खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहनु भएको छ । त्यस्तै खोलामा डुबेको सवारी साधन क्रेनको सहयोगमा बाहिर निकालिएको छ ।

    प्रहरी नायब उपरीक्षक नवीन भण्डारीका अनुसार मन्त्री महासेठ शिलान्यास गर्न जाँदा अर्कै बाटोबाट गएका थिए। फर्किने क्रममा पुल शिलान्यास भएकै खोलामा गाडी फसेको थियो।

    तर, भण्डारीले घटना सामान्य भएको भन्दै यसबारे विस्तृत जानकारी दिएनन्। मन्त्री महासेठको अघिपछि अन्य थुप्रै गाडीको लस्कर र सुरक्षाकर्मी पनि थिए। मन्त्री महासेठले शिलान्यास गरेर फर्किंदा सामान्य घटना भएको र गाडीमा कुनै पनि क्षति नभएको बताए।

    ‘खोलामा गाडी सामान्य रुपमा फसेको हो, केही पनि चोटपटक लागेन, गाडीमा क्षति पनि भएन,’ मन्त्री महासेठले भने। गाडी डुबेपछि अर्कै गाडीले सदरमुकामसम्म ल्याएकाले कसरी फसेको गाडी निकालियो आफूलाई जानकारी नभएकाे उनले बताए। पुल शिलान्यास भएको ठाउँ स्याङ्जा सदरमुकामबाट करिब २२ किलोमिटर टाढा पर्छ।

    पछिल्लोसमय काठमाडौंसहित देशभर भइरहेको बर्षातका कारण खोलाहरुमा पानीको सतह ह्वात्तै बह्देको छ । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात् जुन १० का दिन भित्रिनुपर्नेमा एक साता ढिलोगरी भित्रिने भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए ।

    ‘मनसुन भित्रिनका लागि जुनखालको वातवरण हुनुपर्ने हो, त्यो बनिसकेको छैन, विस्तारै बन्नेक्रममा छ’– उनले भने । मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ । तर, अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

    नेपालमा मनसुन भित्रिनका लागि दक्षिण–पूर्वी बंगालको खाडीबाट वायुमन्डलको तल्लो सतहदेखि करिब ६ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ । तर, अहिले वायुमन्डलको तल्लो सतहमामात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन ।

    जलवाष्युक्त हावाको वायुमन्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन सुरु हुने मौसमविद् आर्यालले जानकारी दिए । मनसुन पूर्णसक्रिय हुनका लागि मनसुनी हावा वायुमन्डलको तल्लो सतहदेखि माथिलो सतहसम्म रही त्यसको प्रवेश राम्रोसँग देखिन न्यूनचापीय रेखा स्पस्टसँग देखिनुपर्ने हुन्छ ।

    न्यूनचापीय क्षेत्रको विकास भएर न्यूनचापीय रेखा नेपालतिर परेको हुनुपर्छ । यसका साथै उच्चचापीय क्षेत्रको विकास पनि भएको हुनुपर्छ । सामान्यतया नेपालमा मनसुन सुरु हुने समय जुन १० हो । यस वर्ष मनसुन एक साता ढिलोगरी सुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष जुन ८ मा मनसुन सुरु भएको थियो ।

    यसैबीच उता कर्णाली प्रदेश सरकारले प्रदेशको आफ्नै वायुसेवा सञ्चालनको अवधारणा पुनः अगाडि सारेको छ । प्रदेशको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा कर्णाली हवाई सेवा सञ्चालनको योजना दोस्रोपटक समेटिएको हो ।

    कर्णाली सरकारले चालु आवको नीति तथा कार्यक्रम बनाउने बेला पनि यो अवधारणा ल्याएको थियो । तर, बजेटमा पर्न सकेन । यसपाली बने बजेटमा यो योजनाले स्थान पाउने बुझिएको छ ।

    निजी क्षेत्रसँगको साझेदारीमा यो योजना सफल हुने निष्कर्षमा सरकार पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सन्तबहादुर सुनारले बताए ।

    ‘हामी आफैले कम्पनी खडा गरेर हवाईजहाज चलाउनसक्ने अवस्था छैन, तर यहाँ हवाई सेवालाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यस अवस्थामा अब निजी क्षेत्रसँगको सहकार्यमा हामी वायुसेवा सञ्चालनको कार्यक्रम ल्याउँदैछौं ।’

    कर्णाली प्रदेश अहिले बजेट निर्माणमा जुटेको छ । नीति तथा कार्यक्रमसँग मेल खाने गरी बजेट निर्माण भइरहेको र त्यसका माध्यमबाट ठोस योजनासहित कार्यान्वयनमा जाने सचिव सुनारले बताए ।

    उता, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधान पनि आगामी आवको बजेटमार्फत कर्णालीलाई प्राथमिकता दिएर उडान गर्ने वायुसेवा सञ्चालन हुने बताउँछन् । ‘गत वर्ष बजेटमा परेन, यो वर्ष सायद बजेटले समेट्ने छ’, उनले भने ‘कर्णालीका जनतालाई ध्यानमा राख्दै वायुसेवा सञ्चालनको वातावरण बनाउँछौं ।’

    यस्तो कम्पनी नयाँ नै स्थापना गर्ने वा भइरहेकै कम्पनीलाई दूर्गम क्षेत्रमा उडान गर्न प्रोत्साहन गर्न सकिने सचिव सुनारले जानकारी दिए । ‘कम्पनीले उडानमा कर्णालीलाई केन्द्रमा राखोस भन्ने चाहेका हौं,’ उनले भने, ‘त्यस्तो मतलव नयाँ कम्पनी खोलेर, नयाँ जहाज नै किन्ने भन्ने पनि होइन ।’

    नेपाल सरकारसँग समन्वय गरी दूर्गम सेवा कोषको रकम सदूपयोग गर्ने योजना पनि प्रदेश सरकारले बनाएको छ । उक्त कोषबाट उडान अनुमति प्राप्त गरी सुर्खेतबाट प्रदेशका जिल्ला सरमुकाम तथा संघीय राजधानीसम्म नियमित जहाज उड्ने वातावरण बनाउने योजना प्रदेश सरकारको रहेको छ ।

    प्रतिक्रिया