• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    प्रहरी चौकीमै काँग्रेस र सत्तारुढ दलका कार्यकर्ताबीच भयानक झडप, ४ जनाको मृत्यु

    67K
    SHARES

    काठमाडौं । भारतमा शनिबार भएको राजनीतिक हिंसामा परी चार जनाको मृत्यु भएको छ। पश्चिम बंगाल राज्यको बासिरहातमा मुख्यमन्त्री ममता बेनर्जीको तृणमूल कंग्रेस र केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीका कार्यकर्ताबीच शनिबार साँझ हिंसा भएका थियो।

    पार्टीका झन्डा हटाउने विषयमा प्रहरी चौकीमा दुई पार्टीका कार्यकर्ताबीच विवाद सुरू भएको थियो। त्यसपछि भएको हिंसामा तृणमूलले आफ्ना एक जना र भाजपाले तीन जना कार्यकर्ताको मृत्यु भएको जनाएका छन्। दुबै पार्टीले एकअर्काले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन्।

    यस्तै पाकिस्तानले कस्मिरलगायतका विवादित विषयमा वार्ता गर्न भारतसमक्ष प्रस्ताव गरेको छ ।पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पत्र लेख्दै वार्ताको प्रस्ताव गरेका हुन् ।

    खानले मोदीलाई पठाएको पत्रमा कस्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको उल्लेख छ ।मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय भएको बताएका छन् ।

    यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । मोदी भारतमा पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो ।

    यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन । यसैबीच भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल अन्तर्गत नयाँ मन्त्रिरिषद्को पहिलो बैठक आगामी बुधबार बस्ने भएको छ ।

    मोदीको नयाँ कार्यकालको पहिलो बैठक जुन १२ अर्थात् आगामी बुधबार बस्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिलो बैठकमा नयाँ सरकारले आगामी पाँच वर्षे कार्यकालको लक्ष्य निर्धारण गरी योजना अघि सार्ने जनाइएको छ ।

    यसअघि नै मन्त्रीहरुलाई आगामी पाँच वर्षसम्म आफुले गर्ने प्रमुख कामको प्रारम्भीक योजना बनाउन निर्देशन दिइएको थियो । भारी बहुमतबाट दोश्रो कार्यकालका लागि निर्वाचित भएका प्रधानमन्त्री नरेन्द्र मोदीले गत मे ३० का दिन सपथ ग्रहण गरेका थिए । सपथ ग्रहणको भोलिपल्टै उनले आफ्ना मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

    यता भारतको राजधानी शहरमा झण्डै दश लाख महिलालाई सार्वजनिक यातायात सेवा निःशुल्क प्रदान गरिने भएको नयाँ दिल्लीको सरकारले सोमबार जानकारी गराएको छ ।

    नयाँ दिल्लीमा सन् २०१२ मा एउटा निजी बसमा विद्यालयबाट घर फर्किरहेका समय एक छात्रामाथि सामूहिक बलात्कारपछि हत्या गरिएपछि यसलाई महिलाको सुरक्षाका दृष्टिकोणले असुरक्षित भएको महशुस गरिँदै आएको थियो ।

    सन् २०१२ को उक्त घटनालाई लिएर भारतभर विरोध भएका थिए । राज्य सरकारले ल्याएको उक्त योजना अन्तर्गत आगामी दुईदेखि तीन महिनाभित्रमा करिब आठ लाख ५० हजार महिलालाई सेवा दिने गरी अघि सारिएको हो ।

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने, ‘राज्य सरकारले ल्याएको महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्दा निशुल्क सेवा प्रदान गर्न बार्षिक एक अर्ब १५ करोड रूपैँया खर्च लाग्नेछ ।’

    ‘सरकारले ल्याएको यो योजना अन्तर्गत केही समयभित्र करिब एक लाख ५० हजार सार्वजनिक यातायातमा सीसीटीभी क्यामेरा जडान गरिने छ जसका कारण ती यातायातका साधनमा यात्रा गर्दा उनीहरूले सुरक्षित महशुस गर्नेछन्।’

    सरकारले यस कार्यक्रममा साना तथा पूराना गाडीलाई विस्थापित गरी ठूला तथा नयाँ गाडी भित्र्याउने र यसबाट दिल्लीको ट्राफिक प्रदुषणलाई पनि कटौती गर्न मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् ।

    संयुक्त राष्ट्रसंघको वातावरण मामिला हेर्ने एक संस्थाको अध्ययन अनुसार झण्डै दुई करोड व्यक्तिको बसोबास रहेको नयाँ दिल्लीलाई प्रदुषणका हिसाबले विश्वका केही समस्याग्रस्त शहरका रूपमा हेरिने गरेको छ ।

    योजनाबारे सोमबार पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केजरीवालले भने, ‘नयाँ दिल्लीमा सार्वजनिक यातायात प्रणाली र शहरी क्षेत्रका सवारीसाधनले लिने भाडाका कारण कैयौँ दिल्लीवासी कठिन पैदल यात्रा गर्न बाध्य भएका छन् । योजनाबाट उनीहरूले सुरक्षित तथा सहज यातायातको सुविधा लिन पाउने छन् ।’

    नयाँ दिल्लीमा विशेष प्रभाव रहेको सानो आम आदमी पार्टीले आफ्नो गिर्दो साखलाई उठाउँदै आगामी जनवरीमा हुने विश्वास गरिएको विधान सभा चुनावमा मतदातालाई प्रभावित पार्न यो योजना ल्याएको केजरीवालका आलोचकहरूले आरोप लगाएका छन् ।

    सन् २०१५ को राज्य निर्वाचनमा केजरीवालको दलले निःशुल्क खानेपानी, विद्युत शुल्कमा छुट, आकर्षक स्वास्थ्य उपचार सेवा, तथा शिक्षामा सुधारको योजनाको घोषणा गर्दै भारी बहुमत ल्याउन सफल बनेको थियो ।

    उसले सन् २०१२ को सामूहिक वलात्कार र हत्याको घटनापछि दिल्लीमा महिलाको सुरक्षालाई सुधार गर्ने प्रतिवद्धता गरेको थियो ।

    तर अप्रिल र मे महिनामा भएको राष्ट्रिय (लोकसभा) निर्वाचनमा आफ्नो पूरानो साख बचाउन असफल भएको थियो । जबकी भारतीय राजनीतिमा अनुदारवादी मानिने प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले भने दिल्ली लगायत भारतभर दोस्रो पटक पनि उल्लेखनीय जनमत ल्याउन सफल भए।

    विधान सभामा नयाँ दिल्लीमा भाजपाको अगाडि केजरीवालको आम आदमी पार्टीले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने अपेक्षा धेरै भारतीय विश्लेषकहरूले गरेका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ